Jump to content

Page:Shakuntala.pdf/208: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
लाली जो शरम छिटो थियो अगाडि ।
::ऊषा झैं मृदु मुखबीच स्वर्ग छाडी ॥
त्यो थोरै अब पतला छ सुस्त सुस्त ।
::बानीले विजय हने स्वभावतुल्य ॥
{{pcn|(५)}}


जो रेखा किसलयका प्रवाल बन्द ।
::मोतीका लहर हुने सफा अमूल्य ॥
वन्य श्री जललहरी छिनो परेको ।
::छोप्ने ती अधर खुलेर मन्द चल्छन्‌ ॥
{{pcn|(६)}}
आँखाको चमक बनेर शब्द झर्थे ।
::ती टिप्दा दृग ,नृपका गमक्क पर्थे ॥
ती भाषा गति-चपला सिँगारदार ।
::झल्काले विवरणसाथ अर्थ लिन्छन्‌ ॥
{{pcn|(७)}}
बोल्नैको रहर छिटो छ भित्र भित्र ।
::बाधाले दिल तर रोकिने विचित्र ॥
ज्यादै नै मृदु दिलका मिहीन भाव-
::लाई के प्रकृति अरू दिऊन्‌ र हाय !
{{pcn|(८)}}
दोटै छन्‌ लवज छ कोयलीसमान ।
::आच्छन्ना किसलयमा वसन्त चारु ॥
बोल्दा ती मधुमय वन्य भाव सारा ।
::गर्दी ती मुखरित छन्‌ मिठासद्वारा ॥
{{pcn|(९)}}
थोरै नै समयपछाडि ती उज्याली ।
::जो बोल्थिन्‌ मनको मिठास चारु हाली ॥
पातैका मधुर रसनाहरू मिलेर ।
::बैंसालु प्रकृत मुहारतुल्य हेर ॥
{{pcn|(१०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:17, 16 May 2025

This page has been proofread

लाली जो शरम छिटो थियो अगाडि ।
ऊषा झैं मृदु मुखबीच स्वर्ग छाडी ॥
त्यो थोरै अब पतला छ सुस्त सुस्त ।
बानीले विजय हने स्वभावतुल्य ॥
(५)

जो रेखा किसलयका प्रवाल बन्द ।
मोतीका लहर हुने सफा अमूल्य ॥
वन्य श्री जललहरी छिनो परेको ।
छोप्ने ती अधर खुलेर मन्द चल्छन्‌ ॥
(६)

आँखाको चमक बनेर शब्द झर्थे ।
ती टिप्दा दृग ,नृपका गमक्क पर्थे ॥
ती भाषा गति-चपला सिँगारदार ।
झल्काले विवरणसाथ अर्थ लिन्छन्‌ ॥
(७)

बोल्नैको रहर छिटो छ भित्र भित्र ।
बाधाले दिल तर रोकिने विचित्र ॥
ज्यादै नै मृदु दिलका मिहीन भाव-
लाई के प्रकृति अरू दिऊन्‌ र हाय !
(८)

दोटै छन्‌ लवज छ कोयलीसमान ।
आच्छन्ना किसलयमा वसन्त चारु ॥
बोल्दा ती मधुमय वन्य भाव सारा ।
गर्दी ती मुखरित छन्‌ मिठासद्वारा ॥
(९)

थोरै नै समयपछाडि ती उज्याली ।
जो बोल्थिन्‌ मनको मिठास चारु हाली ॥
पातैका मधुर रसनाहरू मिलेर ।
बैंसालु प्रकृत मुहारतुल्य हेर ॥
(१०)