Page:Laxmi nibandhasangraha.pdf/33: Difference between revisions
→Not proofread: Created page with "भारतका शिशुकालका मीठा कथाहरू सत्य झैं झल्किएर पहाडी छातीमा भुलभुलावट लिएर बाला-नाला झैं गुनगुनाए । भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई बनी, हामीलाई केटाकेटी..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई | भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई | ||
बनी, हामीलाई केटाकेटी बनाएर काखमा हल्लाएर कथा सुनाउनको | बनी, हामीलाई केटाकेटी बनाएर काखमा हल्लाएर कथा सुनाउनको | ||
लागि । रामचन्द्र जाग्नुभयो, फेरि वनवास जानुभयो, फेरि हामी रोयौं, | लागि । रामचन्द्र जाग्नुभयो, फेरि वनवास जानुभयो, फेरि हामी रोयौं, | ||
फेरि सीता हरिनुभयो, फेरि रावण मारियो | फेरि सीता हरिनुभयो, फेरि रावण मारियो । हामीले झोलुङ्गाको भाषामा | ||
नवरस चाख्यौं । भारतको आत्मा अक्षरारम्भसँग खुल्यो । सच्चा पहाडी | नवरस चाख्यौं । भारतको आत्मा अक्षरारम्भसँग खुल्यो । सच्चा पहाडी | ||
आत्माहरूको पढ्दा-पढ्दै कोही हनुमान् लागेर उठ्ने भए । अपठितले | आत्माहरूको पढ्दा-पढ्दै कोही हनुमान् लागेर उठ्ने भए । अपठितले | ||
पनि आँसु र हृदयको रोमाञ्चसँगै नयाँ पाठशालामा प्रवेश गरे । नेपालीले | पनि आँसु र हृदयको रोमाञ्चसँगै नयाँ पाठशालामा प्रवेश गरे । नेपालीले | ||
आफ्ना पुरुखा चिने, श्रम र सत्यले छोइएर बराबर झल्किदै उनका राम्रा | |||
आफ्ना पुरुखा चिने, श्रम र सत्यले छोइएर बराबर | क्षणमा सपना देख्न लागे । यहाँ केही थियो–जो अघि थिएन–केही | ||
क्षणमा सपना देख्न लागे । यहाँ केही थियो | |||
खँदिलो प्राप्ति । नेपाली सभ्यतालाई रामायणका जराहरूबाट नयाँ टुसा | खँदिलो प्राप्ति । नेपाली सभ्यतालाई रामायणका जराहरूबाट नयाँ टुसा | ||
हाल्नु थियो । धेरैका हृदय कवि भएर अनौठो छविमय छन्द र लयमा | हाल्नु थियो । धेरैका हृदय कवि भएर अनौठो छविमय छन्द र लयमा | ||
प्राचीनको स्पर्शले मुखरित हुन लागे । यहाँ एउटा बस्ती थियो-देवता र | प्राचीनको स्पर्शले मुखरित हुन लागे । यहाँ एउटा बस्ती थियो-देवता र | ||
दिव्यताको भारतको रस निचोरिएको थियो । नेपालको बारीमा एउटा | |||
दिव्यताको भारतको रस निचोरिएको थियो | |||
सानो कल्पद्रुम रोपियो, जहाँ हाम्रा सर्वोच्च भावना र कल्पनाहरू हामी | सानो कल्पद्रुम रोपियो, जहाँ हाम्रा सर्वोच्च भावना र कल्पनाहरू हामी | ||
फुलेका र फलेका पाउँथ्यौं । डाँडाको छातीमा उनको भाषा टक्कराउन | फुलेका र फलेका पाउँथ्यौं । डाँडाको छातीमा उनको भाषा टक्कराउन | ||
लाग्यो, नालाको लोलीसँग लोलिन लाग्यो । घर-घरमा नयाँ दीपावली | लाग्यो, नालाको लोलीसँग लोलिन लाग्यो । घर-घरमा नयाँ दीपावली | ||
बले र हामी आधुनिकतारूढ, कृत्रिमताभिभूत, यन्त्रयुगी, शून्यहृदयी, | बले र हामी आधुनिकतारूढ, कृत्रिमताभिभूत, यन्त्रयुगी, शून्यहृदयी, | ||
प्रश्नयुगी, वैज्ञानिक प्रवृत्तिपरिकीर्ण आडम्बरपण्डित, मण्डूकगणहरू यी | |||
उनको विशाल प्रदानका महत्त्व दूरातिक्रमण बुझ्नदेखि सदा टाढा छौं । | |||
साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा सबभन्दा | |||
तीव्र भएर बस्तछ । भानुभक्त सदाचारी मात्र होइनन्, नेपाली हृदयको | |||
साहित्यमा | |||
श्रद्धालु थिए । हामीलाई उनै एउटा बूढो केटाकेटी जस्तो लाग्छ, जसमा | श्रद्धालु थिए । हामीलाई उनै एउटा बूढो केटाकेटी जस्तो लाग्छ, जसमा | ||
तोतेबोलीको माधुर्य र हृदयको सरलता थियो । उनी संसारको कारागारमा | तोतेबोलीको माधुर्य र हृदयको सरलता थियो । उनी संसारको कारागारमा | ||
रामायण लेख्थे, तर उनको आत्मा जेलबाहिर थियो । उनको माधुर्य | |||
रामायण लेख्थे, तर उनको | सरलतामा छ–त्यो सरलता जो श्रद्धालु हृदयमा र बालकको विश्वासमा | ||
आत्मा जेलबाहिर थियो । उनको माधुर्य | |||
सरलतामा छ | |||
हुन्छ । उनको महत्त्व नै उनको सीधापन हो । उनी आडम्बरबाट त्यति | हुन्छ । उनको महत्त्व नै उनको सीधापन हो । उनी आडम्बरबाट त्यति | ||
टाढा थिए, जति एक | टाढा थिए, जति एक ध्रुवबाट अर्को ध्रुव । उनी सच्चा ब्राहमण थिएर | ||
उनलाई सब नेपालीको घरमा सत्कार छ । उनले जानेनन् उनी के | उनलाई सब नेपालीको घरमा सत्कार छ । उनले जानेनन् उनी के | ||
गरिरहेथे, तर हामी जान्दछौं | गरिरहेथे, तर हामी जान्दछौं–उनीले हाम्रा निमित्त के गरेर गए । उनको | ||
Latest revision as of 14:26, 3 February 2025
भारतका शिशुकालका मीठा कथाहरू सत्य झैं झल्किएर पहाडी छातीमा भुलभुलावट लिएर बाला-नाला झैं गुनगुनाए ।
भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई बनी, हामीलाई केटाकेटी बनाएर काखमा हल्लाएर कथा सुनाउनको लागि । रामचन्द्र जाग्नुभयो, फेरि वनवास जानुभयो, फेरि हामी रोयौं, फेरि सीता हरिनुभयो, फेरि रावण मारियो । हामीले झोलुङ्गाको भाषामा नवरस चाख्यौं । भारतको आत्मा अक्षरारम्भसँग खुल्यो । सच्चा पहाडी आत्माहरूको पढ्दा-पढ्दै कोही हनुमान् लागेर उठ्ने भए । अपठितले पनि आँसु र हृदयको रोमाञ्चसँगै नयाँ पाठशालामा प्रवेश गरे । नेपालीले आफ्ना पुरुखा चिने, श्रम र सत्यले छोइएर बराबर झल्किदै उनका राम्रा क्षणमा सपना देख्न लागे । यहाँ केही थियो–जो अघि थिएन–केही खँदिलो प्राप्ति । नेपाली सभ्यतालाई रामायणका जराहरूबाट नयाँ टुसा हाल्नु थियो । धेरैका हृदय कवि भएर अनौठो छविमय छन्द र लयमा प्राचीनको स्पर्शले मुखरित हुन लागे । यहाँ एउटा बस्ती थियो-देवता र दिव्यताको भारतको रस निचोरिएको थियो । नेपालको बारीमा एउटा सानो कल्पद्रुम रोपियो, जहाँ हाम्रा सर्वोच्च भावना र कल्पनाहरू हामी फुलेका र फलेका पाउँथ्यौं । डाँडाको छातीमा उनको भाषा टक्कराउन लाग्यो, नालाको लोलीसँग लोलिन लाग्यो । घर-घरमा नयाँ दीपावली बले र हामी आधुनिकतारूढ, कृत्रिमताभिभूत, यन्त्रयुगी, शून्यहृदयी, प्रश्नयुगी, वैज्ञानिक प्रवृत्तिपरिकीर्ण आडम्बरपण्डित, मण्डूकगणहरू यी उनको विशाल प्रदानका महत्त्व दूरातिक्रमण बुझ्नदेखि सदा टाढा छौं ।
साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा सबभन्दा तीव्र भएर बस्तछ । भानुभक्त सदाचारी मात्र होइनन्, नेपाली हृदयको श्रद्धालु थिए । हामीलाई उनै एउटा बूढो केटाकेटी जस्तो लाग्छ, जसमा तोतेबोलीको माधुर्य र हृदयको सरलता थियो । उनी संसारको कारागारमा रामायण लेख्थे, तर उनको आत्मा जेलबाहिर थियो । उनको माधुर्य सरलतामा छ–त्यो सरलता जो श्रद्धालु हृदयमा र बालकको विश्वासमा हुन्छ । उनको महत्त्व नै उनको सीधापन हो । उनी आडम्बरबाट त्यति टाढा थिए, जति एक ध्रुवबाट अर्को ध्रुव । उनी सच्चा ब्राहमण थिएर उनलाई सब नेपालीको घरमा सत्कार छ । उनले जानेनन् उनी के गरिरहेथे, तर हामी जान्दछौं–उनीले हाम्रा निमित्त के गरेर गए । उनको