Page:Bhanubhaktako ramayan.pdf/20: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> माया मेरि सिता भयेर रहनिन् छोरी जनक्की भई । छोरो भै कन जन्मुला म दशरथ्जीका घरैमा गई ॥ सीतालाइ लियेर पूर्ण गरुँला बिन्ती म तिम्रो भनी । अन्तर्धान् भगवान् तहीं हु..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
माया मेरि सिता भयेर रहनिन् छोरी | माया मेरि सिता भयेर रहनिन् छोरी जनक्की भई । | ||
छोरो भै कन जन्मुला म | छोरो भै कन जन्मुला म दशरथ्जीका घरैमा गई ॥ | ||
सीतालाइ लियेर पूर्ण गरुँला बिन्ती म तिम्रो भनी । | सीतालाइ लियेर पूर्ण गरुँला बिन्ती म तिम्रो भनी । | ||
अन्तर्धान् भगवान् तहीं हुनु भयो त्रैलोक्यका नाथ् हरि ॥४८॥ | अन्तर्धान् भगवान् तहीं हुनु भयो त्रैलोक्यका नाथ् हरि ॥४८॥ | ||
Line 8: | Line 8: | ||
अन्तर्धान् भगवान् जसै हुनु भयो इन्द्रादिलाई पनी । | अन्तर्धान् भगवान् जसै हुनु भयो इन्द्रादिलाई पनी । | ||
ब्रह्माले खुसि भै अह्राउनु भयो भूलोक जाऊ भनी ॥ | ब्रह्माले खुसि भै अह्राउनु भयो भूलोक जाऊ भनी ॥ | ||
मानिस् भै भगवान् जती त रहनन् तेस् | मानिस् भै भगवान् जती त रहनन् तेस् पृथ्वितल्मा गई । | ||
वानर् भै कन सब् तिमी पनि रह्या साहाय जस्ता भई ॥४९॥ | वानर् भै कन सब् तिमी पनि रह्या साहाय जस्ता भई ॥४९॥ | ||
ब्रह्माजी पनि सत्यलोक् गइ गया येती अह्राई वरी । | ब्रह्माजी पनि सत्यलोक् गइ गया येती अह्राई वरी । | ||
इन्द्रादी पनि वानरै भइ रह्या सब् | इन्द्रादी पनि वानरै भइ रह्या सब् पृथ्विलोक्मा झरी ॥ | ||
यै | यै बिच्मा दशरथ् बडा विर थिया राजा अयोध्या महाँ । | ||
तिन्को वृद्ध उमेर् भयो त पनि एक् छोरा भयेनन् तहाँ ॥५०॥ | |||
ताप्ले पूर्ण भई गुरू सित गया सोध्या उपायै पनी । | |||
हे सर्वज्ञ मुने कसो गरि हुनन् छोरा मलाई भनी ॥ | हे सर्वज्ञ मुने ! कसो गरि हुनन् छोरा मलाई भनी ॥ | ||
यस् | यस् काम्ले फल मिल्छ यो भनि सबै जान्न्या वशिष्ठै थिया । | ||
यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले युक्ती बताई दिया ॥५१॥ | यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले युक्ती बताई दिया ॥५१॥ | ||
हुन्छन् पुत्र अवश्य जल्दि महाराज् एक् यज्ञ ऐल्हे | हुन्छन् पुत्र अवश्य जल्दि महाराज् ! एक् यज्ञ ऐल्हे गर्या । | ||
शान्ताका पति ऋष्यश्रृङ्ग ऋषि छन् ती डाक्नु ऐल्हे | शान्ताका पति ऋष्यश्रृङ्ग ऋषि छन् ती डाक्नु ऐल्हे पर्या ॥ | ||
ती हामी बसि यज्ञ एक् हजुरका खातिर् गरौंला | ती हामी बसि यज्ञ एक् हजुरका खातिर् गरौंला जसै । | ||
चार् छोरा अति विर् हुनन् हजुरका सब् ताप छुट्नन् तसै ॥५२॥ | चार् छोरा अति विर् हुनन् हजुरका सब् ताप छुट्नन् तसै ॥५२॥ | ||
Line 29: | Line 29: | ||
शान्ताका पतिलाइ डाकि कन खुप् याग् गर्न लागी गया ॥ | शान्ताका पतिलाइ डाकि कन खुप् याग् गर्न लागी गया ॥ | ||
ऋष्यैश्रृङ्ग वशिष्ठ दूइ ऋषिले होम् गर्न लाग्या जसै । | ऋष्यैश्रृङ्ग वशिष्ठ दूइ ऋषिले होम् गर्न लाग्या जसै । | ||
पायस्को थलिया लिई कन तहाँ आया ति अग्नी तसै ॥५३॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:23, 18 June 2025
माया मेरि सिता भयेर रहनिन् छोरी जनक्की भई ।
छोरो भै कन जन्मुला म दशरथ्जीका घरैमा गई ॥
सीतालाइ लियेर पूर्ण गरुँला बिन्ती म तिम्रो भनी ।
अन्तर्धान् भगवान् तहीं हुनु भयो त्रैलोक्यका नाथ् हरि ॥४८॥
अन्तर्धान् भगवान् जसै हुनु भयो इन्द्रादिलाई पनी ।
ब्रह्माले खुसि भै अह्राउनु भयो भूलोक जाऊ भनी ॥
मानिस् भै भगवान् जती त रहनन् तेस् पृथ्वितल्मा गई ।
वानर् भै कन सब् तिमी पनि रह्या साहाय जस्ता भई ॥४९॥
ब्रह्माजी पनि सत्यलोक् गइ गया येती अह्राई वरी ।
इन्द्रादी पनि वानरै भइ रह्या सब् पृथ्विलोक्मा झरी ॥
यै बिच्मा दशरथ् बडा विर थिया राजा अयोध्या महाँ ।
तिन्को वृद्ध उमेर् भयो त पनि एक् छोरा भयेनन् तहाँ ॥५०॥
ताप्ले पूर्ण भई गुरू सित गया सोध्या उपायै पनी ।
हे सर्वज्ञ मुने ! कसो गरि हुनन् छोरा मलाई भनी ॥
यस् काम्ले फल मिल्छ यो भनि सबै जान्न्या वशिष्ठै थिया ।
यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले युक्ती बताई दिया ॥५१॥
हुन्छन् पुत्र अवश्य जल्दि महाराज् ! एक् यज्ञ ऐल्हे गर्या ।
शान्ताका पति ऋष्यश्रृङ्ग ऋषि छन् ती डाक्नु ऐल्हे पर्या ॥
ती हामी बसि यज्ञ एक् हजुरका खातिर् गरौंला जसै ।
चार् छोरा अति विर् हुनन् हजुरका सब् ताप छुट्नन् तसै ॥५२॥
यस्तो अर्ति वशिष्ठको जब सुन्या राजा बहुत् खुस् भया ।
शान्ताका पतिलाइ डाकि कन खुप् याग् गर्न लागी गया ॥
ऋष्यैश्रृङ्ग वशिष्ठ दूइ ऋषिले होम् गर्न लाग्या जसै ।
पायस्को थलिया लिई कन तहाँ आया ति अग्नी तसै ॥५३॥