Page:Ek chihan.pdf/28: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सान्त्वनाप्रद कुरा गर्नमा पनि सिपालु थिए, त्यसैले उनले अरूले भन्दा बढ्ता | सान्त्वनाप्रद कुरा गर्नमा पनि सिपालु थिए, त्यसैले उनले अरूले भन्दा बढ्ता | ||
अष्ट नारानको परिवारलाई धैर्य र सान्त्वना दिलाउन सके । गोदत्त प्रसाद पूरा | |||
एक घण्टा बसेर गए । उनले | एक घण्टा बसेर गए । उनले अष्ट नारानकी धर्मपत्नी लतमायालाई पनि निकै | ||
सम्झाइ बुझाइ गरी वेदना बिर्साइ दिए । | |||
आफ्नो जाति र समाजमा भएको मर्दापर्दा | आफ्नो जाति र समाजमा भएको मर्दापर्दा दान दक्षिणा दिने र भोज | ||
भतेर खुवाउने इत्यादि करै लाग्ने | भतेर खुवाउने इत्यादि करै लाग्ने चाल चलनमाथि अष्ट नारान घृणा र | ||
आलोचना मात्र गर्ने होइन, आक्रमण गरी उघाड नै खुवाई | आलोचना मात्र गर्ने होइन, आक्रमण गरी उघाड नै खुवाई आइ रहेका थिए । | ||
मर्दा नजिकका नाता, सम्बन्धीहरू रोएर | मर्दा नजिकका नाता, सम्बन्धीहरू रोएर बिचाः आउने प्रथालाई उनले बन्द | ||
गरि दिएका थिए । शिव नारान र उनका अरू भाइहरू पनि बाबुको क्रान्तिकारी | |||
विचारबाट प्रभावित थिए । यसैले उनीहरूले पनि बाबुको नाममा | विचारबाट प्रभावित थिए । यसैले उनीहरूले पनि बाबुको नाममा दान दक्षिणा | ||
दिने र | दिने र भोज भतेर खुवाउने कुनै पनि काम गरेका थिएनन् । 'बाबुप्रतिको हाम्रो | ||
परम श्रद्धा यही | परम श्रद्धा यही हो' भन्ने उनीहरूको भनाइ थियो । | ||
पितृशोकको तेस्रो दिनदेखि | पितृशोकको तेस्रो दिनदेखि शिव नारान आफ्नो खेतको कामधन्दामा | ||
हिँडे । | हिँडे । 'बाबुको सिद्धान्त पनि हमेसा आफ्नो काम कर्तव्यमा रुजु हाजिर भएर | ||
पूर्णत्व प्राप्त गर्नु हो, यसैले बाबुको मरण भनेर हामीले अकर्मण्य भएर बस्नु | पूर्णत्व प्राप्त गर्नु हो, यसैले बाबुको मरण भनेर हामीले अकर्मण्य भएर बस्नु | ||
ठीक | ठीक छैन' भन्ने बोध गराई शिव नारानले भाइहरूलाई पनि आआफ्ना | ||
कामधन्दामा हाजिर गराउन पठाए । | कामधन्दामा हाजिर गराउन पठाए । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 18:52, 21 June 2025
सान्त्वनाप्रद कुरा गर्नमा पनि सिपालु थिए, त्यसैले उनले अरूले भन्दा बढ्ता अष्ट नारानको परिवारलाई धैर्य र सान्त्वना दिलाउन सके । गोदत्त प्रसाद पूरा एक घण्टा बसेर गए । उनले अष्ट नारानकी धर्मपत्नी लतमायालाई पनि निकै सम्झाइ बुझाइ गरी वेदना बिर्साइ दिए ।
आफ्नो जाति र समाजमा भएको मर्दापर्दा दान दक्षिणा दिने र भोज भतेर खुवाउने इत्यादि करै लाग्ने चाल चलनमाथि अष्ट नारान घृणा र आलोचना मात्र गर्ने होइन, आक्रमण गरी उघाड नै खुवाई आइ रहेका थिए । मर्दा नजिकका नाता, सम्बन्धीहरू रोएर बिचाः आउने प्रथालाई उनले बन्द गरि दिएका थिए । शिव नारान र उनका अरू भाइहरू पनि बाबुको क्रान्तिकारी विचारबाट प्रभावित थिए । यसैले उनीहरूले पनि बाबुको नाममा दान दक्षिणा दिने र भोज भतेर खुवाउने कुनै पनि काम गरेका थिएनन् । 'बाबुप्रतिको हाम्रो परम श्रद्धा यही हो' भन्ने उनीहरूको भनाइ थियो ।
पितृशोकको तेस्रो दिनदेखि शिव नारान आफ्नो खेतको कामधन्दामा हिँडे । 'बाबुको सिद्धान्त पनि हमेसा आफ्नो काम कर्तव्यमा रुजु हाजिर भएर पूर्णत्व प्राप्त गर्नु हो, यसैले बाबुको मरण भनेर हामीले अकर्मण्य भएर बस्नु ठीक छैन' भन्ने बोध गराई शिव नारानले भाइहरूलाई पनि आआफ्ना कामधन्दामा हाजिर गराउन पठाए ।