Page:Munamadan.pdf/26: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | {{start center block}} | ||
<poem> | <poem> | ||
लुकाई गर्हौँ सुनका | लुकाई गर्हौँ सुनका थैला, कस्तूरी सह्यारी, | ||
ती बिदाबारी भएर हिँडे ईश्वर पुकारी । | ती बिदाबारी भएर हिँडे ईश्वर पुकारी । | ||
Line 25: | Line 25: | ||
"धेरै नै भयो खबर केही आएन ह्लासाको, | "धेरै नै भयो खबर केही आएन ह्लासाको, | ||
चिठीको भर पर्दछ बस्नु, चिठीको आशाको ।" | चिठीको भर पर्दछ बस्नु, चिठीको आशाको ।" | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 10:02, 6 May 2025
लुकाई गर्हौँ सुनका थैला, कस्तूरी सह्यारी,
ती बिदाबारी भएर हिँडे ईश्वर पुकारी ।
•
"सपना मैले के देखेँ आज ? भैँसीले लगार्यो,
यो मुटु काँप्छ त्यो भैँसी सम्झी, हिलामा पछार्यो,
बज्यै ! भैँसीले लगार्यो ।"
"बुहारी मेरी ! शीतको सप्ना पिर्दैन खराब,
खराब सपना त्यो बिर्सिजाऊ डरले नकाँप ।
फुलेको शिर म थापिदिन्छु सबै त्यो खराब,
हे छोरी जस्ती बुहारी मेरी ! त्यसरी नकाँप ।"
"दाहिने आँखा फर्फर गर्छ मनमा लाग्यो पीर,
कहाँ हो कहाँ मुटुमा दुख्छ, घुम्दछ मेरो शिर,
आमा र बाबु स्वर्गमा मेरा, टुहुरी अजान,
हजूर नै आमा, हजूर नै बाबु, खोल्दछु मुहान,
बज्यै ! मनको मुहान !"
"कसैका माथि कुभलो हाम्रो मनमा पसेन,
पापको छाया यो हाम्रो सानो घरमा घुसेन,
दैवले देख्छ सोझाको दर्द, दैवले हेर्दछ,
दैवको वज्र ओर्ह्लेर आए ममाथि पर्दछ,
फुलेको केश ममाथि पर्दछ !"
"धेरै नै भयो खबर केही आएन ह्लासाको,
चिठीको भर पर्दछ बस्नु, चिठीको आशाको ।"