Jump to content

Page:Champa.pdf/30: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''अध्याय ३'''}}}}
{{c|{{larger|'''अध्याय ३'''}}}}
चम्पालाई ठाँट सिँगार खुब पारिरहनुपर्दथ्यो । उनी फिल्मका  
चम्पालाई ठाँट, सिँगार खूब पारिरहनुपर्दथ्यो । उनी फिल्मका  
गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको  
गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको  
झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो ।
झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो ।


"आँखीभौँ सिसाकलमले लेख्याजस्तो हुन्छ कसैको ता"  
"आँखीभौँ सिसाकलमले लेख्या जस्तो हुन्छ कसैको ता"  
सासूले टिपिन् ।"
सासूले टिपिन् ।"


"छुसछुस छुरा नलाई चित्त बुझ्दैन रे ।"- ज्येठी बुहारीले  
"छुसछुस कुरा नलाई चित्त बुझ्दैन रे ।" जेठी बुहारीले  
टीका थपिन् ।
टीका थपिन् ।


माहिलीले भनिन्- "आँखीभौँ नटिप्ने ता को होला र  
माहिलीले भनिन्, "आँखीभौँ नटिप्ने ता को होला र  
आजकल नाइँ ?" उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर  
आजकल ?" उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर  
चारकुने खुट्दै उनले थपिन्, "पत्ता मिलाउनसमेत कैँची-छुरा  
चारकुने खुट्दै उनले थपिन्, "पत्ता मिलाउनसमेत कैँची-छुरा  
लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर झिलमिल तारा नलगाई  
लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर ! झिलमिल तारा नलगाई  
कहिल्यै चित्त बुझ्दैन । राति-राति अरू सुतिसकेपछि पो सिँगार चल्दो  
कहिल्यै चित्त बुझ्दैन । रातिराति अरू सुतिसकेपछि पो सिँगार चल्दो  
रहेछ । हिजो राति जापानी पोसाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी  
रहेछ । हिजो राति जापानी पोशाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी,
फिल्मका गीत हरहमेसा गाइरहनुपर्दछ ……… नङमा पालिस, गालामा लाली,  
फिल्मका गीत हरहमेशा गाइरहनुपर्दछ नङमा पालिस, गालामा लाली,  
जर्जेट दिनभरि छ, छ ।"
जर्जेट दिनभरि छ, छ ।"


यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर  
यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर  
मटानमा पलेँठोपछाडि कान थापिन् ।
मतानमा पलेँटापछाडि कान थापिन् ।


"चौपट्ट ढाँचा है नेपालेका छोरीका त"- पोख्रेलपुत्रीले
"चौपट्ट ढाँचा है नेपालेका छोरीका त !" पोखर्‍यालपुत्रीले
टिप्पणी गरिन् ।
टिप्पणी गरिन् ।


माहिली बुहारीले भनिन्- "जुन गोरुको सिङै छैन उसको  
माहिली बुहारीले भनिन्, "जुन गोरुको सिङै छैन उसको  
नाम तिखे ।" यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले  
नाम तिखे ।" यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले  
मुरमुरिएर उभ्भिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् ।
मुर्मुरिएर उभिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् ।


"ज्यादा यत्ताउलो भा’त बेस होइन मान्छेले !" माहिली चुनुले  
"ज्यादा यत्ताउलो भा’ बेस होइन मान्छेले !" माहिली चुनुले  
तेल थपिन् "कृष्णको तस्बिर लिएर छाती लगाएर म्वाई खाएर उधुम  
तेल थपिन्, "कृष्णको तस्वीर लिएर छाती लगाएर, म्वाई खाएर उधुम  
छ ।" सासूले एकै छिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् ।  
छ ।" सासूले एकैछिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् ।  
माहिलीले फेरि थपिन्- "कान्छाबाबुको त्यो हालत छ । लोग्ने घरमा  
माहिलीले फेरि थपिन्, "कान्छाबाबूको त्यो हालत छ । लोग्ने घरमा  
सद्दे भए कसैले केही भन्ने थिएन तर !"
सद्दे भए कसैले केही भन्ने थिएन । तर…"
{{nop}}
{{nop}}

Latest revision as of 18:44, 17 June 2025

This page has been proofread
अध्याय ३

चम्पालाई ठाँट, सिँगार खूब पारिरहनुपर्दथ्यो । उनी फिल्मका गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो ।

"आँखीभौँ सिसाकलमले लेख्या जस्तो हुन्छ कसैको ता" सासूले टिपिन् ।"

"छुसछुस कुरा नलाई चित्त बुझ्दैन रे ।" जेठी बुहारीले टीका थपिन् ।

माहिलीले भनिन्, "आँखीभौँ नटिप्ने ता को होला र आजकल ?" उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर चारकुने खुट्दै उनले थपिन्, "पत्ता मिलाउनसमेत कैँची-छुरा लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर ! झिलमिल तारा नलगाई कहिल्यै चित्त बुझ्दैन । रातिराति अरू सुतिसकेपछि पो सिँगार चल्दो रहेछ । हिजो राति जापानी पोशाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी, फिल्मका गीत हरहमेशा गाइरहनुपर्दछ … नङमा पालिस, गालामा लाली, जर्जेट दिनभरि छ, छ ।"

यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर मतानमा पलेँटापछाडि कान थापिन् ।

"चौपट्ट ढाँचा है नेपालेका छोरीका त !" पोखर्‍यालपुत्रीले टिप्पणी गरिन् ।

माहिली बुहारीले भनिन्, "जुन गोरुको सिङै छैन उसको नाम तिखे ।" यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले मुर्मुरिएर उभिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् ।

"ज्यादा यत्ताउलो भा’ बेस होइन मान्छेले !" माहिली चुनुले तेल थपिन्, "कृष्णको तस्वीर लिएर छाती लगाएर, म्वाई खाएर उधुम छ ।" सासूले एकैछिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् । माहिलीले फेरि थपिन्, "कान्छाबाबूको त्यो हालत छ । लोग्ने घरमा सद्दे भए कसैले केही भन्ने थिएन । तर…"