Page:Champa.pdf/28: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
देखिन् । उनलाई | देखिन् । उनलाई भयङ्कर विचारहरूले घचघच्याउन लागे । मौन | ||
वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो | |||
के होला ? … एक किसिमको अस्पष्ट डर । वैधव्य ? … चुरापोते | |||
नभएको । श्रृङ्गारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो | |||
गोधूली मुहार वैधव्य सेतो चन्दन र जपमाला लिएको वैधव्य ! | |||
जीवनमा उनलाई श्रृङ्गारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो । | |||
चम्पालाई बराबर केके उकुसमुकुस भएझैँ हुन्थ्यो । उनी | |||
बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता | |||
पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन् | |||
भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित | |||
कुमारी सुगन्ध बहिरहेको थियो । शायद यो च्याखुराहरूको जुनेली | |||
चेतले बुझ्न सक्तथ्यो ! यस वेला, यस बैँसमा भँवरा मीठो हुन्छ ! | |||
कानमा मधुर प्रशंसा, त्यो थिएन । कोही तिमी यती राम्री छ्यौ भनेर | |||
कानेखुसी गर्नेसम्म पनि थिएनन् । स्वामीजी टोखामा भर्ना भएका | |||
थिए । चम्पा केही वस्तुको अभावले छटपटाउँथिन् पनि । केही चीजको | |||
भावले सशङ्क पनि । उनको कसुरविना केही चीजसँग गाँसिएर उनको | |||
जीवनलाई पनि टि.बी. लागेको थियो । | |||
चम्पाले सोचिन्– "के मेरो जीवनको सौगात यत्ति हो ? | |||
यो रूप, यो रङ्ग, यो निराशा ?" स्वामीले बिदाइमा दिएको वचनउपर | |||
उनले गौड गरिन्– "आजाद भयौ !… आजादी भन्या के होला ?" | |||
… उनले एउटा केटाकेटीद्वारा मास्टरसँग सोध्न पठाइन् । उसले माने | |||
बताइदियो– "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, | |||
जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि । | |||
उनले बुझिन् स्वामीजीले उनलाई अमलेख गरिदिएका रहेछन् | |||
तर यो अमलेखीको माने चन्द्रशासनमा कमाराकमारीलाई थाहा नभएझैँ | |||
उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो– आग्राह्य । | |||
चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला !" | |||
त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा | |||
हेर्न झन् झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् । | |||
त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन् |
Latest revision as of 21:05, 15 June 2025
देखिन् । उनलाई भयङ्कर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? … एक किसिमको अस्पष्ट डर । वैधव्य ? … चुरापोते नभएको । श्रृङ्गारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृङ्गारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।
चम्पालाई बराबर केके उकुसमुकुस भएझैँ हुन्थ्यो । उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन् भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित कुमारी सुगन्ध बहिरहेको थियो । शायद यो च्याखुराहरूको जुनेली चेतले बुझ्न सक्तथ्यो ! यस वेला, यस बैँसमा भँवरा मीठो हुन्छ ! कानमा मधुर प्रशंसा, त्यो थिएन । कोही तिमी यती राम्री छ्यौ भनेर कानेखुसी गर्नेसम्म पनि थिएनन् । स्वामीजी टोखामा भर्ना भएका थिए । चम्पा केही वस्तुको अभावले छटपटाउँथिन् पनि । केही चीजको भावले सशङ्क पनि । उनको कसुरविना केही चीजसँग गाँसिएर उनको जीवनलाई पनि टि.बी. लागेको थियो ।
चम्पाले सोचिन्– "के मेरो जीवनको सौगात यत्ति हो ? यो रूप, यो रङ्ग, यो निराशा ?" स्वामीले बिदाइमा दिएको वचनउपर उनले गौड गरिन्– "आजाद भयौ !… आजादी भन्या के होला ?"
… उनले एउटा केटाकेटीद्वारा मास्टरसँग सोध्न पठाइन् । उसले माने
बताइदियो– "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।
उनले बुझिन् स्वामीजीले उनलाई अमलेख गरिदिएका रहेछन् तर यो अमलेखीको माने चन्द्रशासनमा कमाराकमारीलाई थाहा नभएझैँ उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो– आग्राह्य ।
चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला !"
त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन् झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।