Page:Champa.pdf/20: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो शहर | जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो | ||
शहर बना ? नेपालमा म्यूनिसिप्यलिटीले के गर्छ ? गाँजा खाने जागीर दिया | |||
त होइन ?" इत्यादि … नौजवानहरू आफ्नो सुविस्ता | |||
(शारीरिक या मानसिकद्वारा) सरकारको सरहनी या बदख्वाइँ गर्ने | |||
गर्दछन् । | |||
उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो | उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो, "म ता च्यान्टा | ||
मान्छे ! मैले बिहे गरेँ भने त चीनीयाँ मैयाँ, बुझिनस् कि ?" | |||
एक साथी भन्थ्यो, "हँ ? साँच्ची पटनामा कस्तो म छकिया बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो लागेर, होइन, दि ! काँट | एक साथी भन्थ्यो, "हँ ? साँच्ची पटनामा कस्तो म छकिया | ||
बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो | |||
लागेर, होइन, दि ! काँट आ हँ ?" भनेर च्याट्ट बोल्या त, ए चाङ वाङ चुबु | |||
मारू कारू कानवान गरी, म ता सुइँकुच्चा ठोकेँ बा ! हाँस्दाहाँस्दा | |||
हैरान । कस्तो ठिक्क गुरुङसेनीजस्ती हँ ?" | |||
आर्को भन्थ्यो, "बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू | आर्को भन्थ्यो, "बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू | ||
मङ्गोलियन जातिलाई अत्यन्त हेलाँ गर्छौ, बा ! तँ एक जनाले जाति | |||
मिलाउन लागिस् कि कसो ए ?" | |||
रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न लाग्थे । उनलाई | रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न | ||
लाग्थे । उनलाई चीनीयाँ च्यान्टा नै चाहिन्छ । जापान जाने सुर छ । चाङ- | |||
काइ-शेकसँग एक दिन हात मिलाउनु थियो । | |||
यस्तो कुराकानी, | "हरियो आँखा त भन्दिनँ, तर थेप्चो नाकलाई भने त सरहनी बा ! | ||
रोगन सुनजस्तो, कपूरजस्तो होइन ।" | |||
यस्तो कुराकानी जापानी, बङ्लो इत्यादि विषयमा हुँदै थियो । | |||
जापानी चित्रपटमुताबिक बुढानिलकण्ठ वा सुन्दरीजलमा ठाउँ खोज्ने कुरा | |||
चल्दै थियो । खूब विवाह विषयको गफ हुँदाहुँदै रामकान्तले देखे | |||
कि जीवनको ठाँट कल्पनामुताबिकको हुँदैनथ्यो । बाबु, आमा, घर, | |||
जाति, परिस्थिति यी कण्टहरू "मैले देख्नु न सेख्नु ! वाह ! बिहे रे ! कति | |||
मज्जा कुरा ? जाँतसँग ज्येठा दाज्यूले बिहे गरे, फूलपुतलीसँग | |||
माहिला दाज्यूले बिहे गरे, अब म कोसँग … बाघसँग कि ढोईसँग ? | |||
उनको त खुट्टा मिच्ने मान्छे जोर्ने पो कुरा छ । मेथी चम्सुरको | |||
सँगी सासूलाई चाहियो भनेर हामीलाई आँखा छोपेर देश घुमाउने ? |
Latest revision as of 11:36, 15 June 2025
जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो शहर बना ? नेपालमा म्यूनिसिप्यलिटीले के गर्छ ? गाँजा खाने जागीर दिया त होइन ?" इत्यादि … नौजवानहरू आफ्नो सुविस्ता (शारीरिक या मानसिकद्वारा) सरकारको सरहनी या बदख्वाइँ गर्ने गर्दछन् ।
उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो, "म ता च्यान्टा मान्छे ! मैले बिहे गरेँ भने त चीनीयाँ मैयाँ, बुझिनस् कि ?"
एक साथी भन्थ्यो, "हँ ? साँच्ची पटनामा कस्तो म छकिया बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो लागेर, होइन, दि ! काँट आ हँ ?" भनेर च्याट्ट बोल्या त, ए चाङ वाङ चुबु मारू कारू कानवान गरी, म ता सुइँकुच्चा ठोकेँ बा ! हाँस्दाहाँस्दा हैरान । कस्तो ठिक्क गुरुङसेनीजस्ती हँ ?"
आर्को भन्थ्यो, "बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू मङ्गोलियन जातिलाई अत्यन्त हेलाँ गर्छौ, बा ! तँ एक जनाले जाति मिलाउन लागिस् कि कसो ए ?"
रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न लाग्थे । उनलाई चीनीयाँ च्यान्टा नै चाहिन्छ । जापान जाने सुर छ । चाङ- काइ-शेकसँग एक दिन हात मिलाउनु थियो ।
"हरियो आँखा त भन्दिनँ, तर थेप्चो नाकलाई भने त सरहनी बा ! रोगन सुनजस्तो, कपूरजस्तो होइन ।"
यस्तो कुराकानी जापानी, बङ्लो इत्यादि विषयमा हुँदै थियो । जापानी चित्रपटमुताबिक बुढानिलकण्ठ वा सुन्दरीजलमा ठाउँ खोज्ने कुरा चल्दै थियो । खूब विवाह विषयको गफ हुँदाहुँदै रामकान्तले देखे कि जीवनको ठाँट कल्पनामुताबिकको हुँदैनथ्यो । बाबु, आमा, घर, जाति, परिस्थिति यी कण्टहरू "मैले देख्नु न सेख्नु ! वाह ! बिहे रे ! कति मज्जा कुरा ? जाँतसँग ज्येठा दाज्यूले बिहे गरे, फूलपुतलीसँग माहिला दाज्यूले बिहे गरे, अब म कोसँग … बाघसँग कि ढोईसँग ? उनको त खुट्टा मिच्ने मान्छे जोर्ने पो कुरा छ । मेथी चम्सुरको सँगी सासूलाई चाहियो भनेर हामीलाई आँखा छोपेर देश घुमाउने ?