Page:Champa.pdf/53: Difference between revisions
→Not proofread: Created page with ""खुब नवेश्येजस्ती छु भन्ठानेकी होली- ए सहरिया पाडी !" "म केको वेश्ये त ? उसै जिब्रो फट्कार्न पाइन्छ त अर्काले नबिराईकन ? सुन्नेले के भन्लान् ?" "सबले देखिराख्या छन् आँखाले । सब सुनिराख्..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
छौँ र ?" | |||
" | "खूब नबेस्से जस्ती छु भन्ठानेकी होली ए शहरिया पाडी !" | ||
" | "म केको बेस्से त ? उसै जिभ्रो फट्कार्न पाइन्छ त | ||
अर्काले नबिराइकन ? सुन्नेले के भन्लान् ?" | |||
" | "सबले देखिराख्या छन् आँखाले । सबले सुनिराख्या छन् | ||
कानले । असल छु भन्ठान्नुभा होला महारानीसाब !" | |||
" | "कसैका आँखा फुट्या होवैनन्, कसैका कान फुट्या | ||
होवैनन् ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।" | |||
सासूले डाँको छोडिदिइन्— | |||
"यो | "लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेको | ||
वचन । मेरा आँखा फुट्या छन् रे, मेरा कान फुट्या छन् रे ! | |||
मेरा आँखा पित्तले कुहिएर झर्या छन् रे ! बाबा ! यो कुन शहरियाकी | |||
पाडी आइलागेकी हो नि ! मेरी आमाले यसरी गाली गर्या थिइनन् | |||
मलाई ! मेरी सौताले यस्तो सराप्या थिइन नि मलाई !" | |||
तब | बस, रडाको चल्यो । आइन् ज्येठी ज्येठानी । आइन् माहिली | ||
देवरानी । पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी । | |||
"यो केको रडाको हो ए ! मध्यरातमा ?" | |||
तब बेलीवृत्तान्त चले । | |||
"तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?" | "तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?" | ||
"मैले केही पनि भन्या छैन । | "मैले केही पनि भन्या छैन । पहाडीयाका छोरी त कस्तो | ||
अजमाउन जान्ने हुँदा रान् !" | |||
चम्पाले "रान्" शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि | |||
सासूको ब्रह्माण्ड झन् अखण्ड जल्यो । घरदेखि जब स्त्रीका अधिकारबाट | |||
वञ्चित भएको, ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको बेलामा | |||
आँखा देख्न मुश्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो | |||
खोजिरहेको थियो । उनको जिभ्रो आज अरू समयभन्दा ज्यादा तिखो | |||
तथा कस्टिक थियो । | |||
सासू | सासू झन्झन् डाँको छोड्न लागिन्, त्यससँग एक छानामनि | ||
बास गर्न किमार्थ सक्तिनथिन् रे ! पूर्वजन्मकी सौता बदला लिन | |||
बुहारी आएकी रे ! पण्डितजीले सबै सासूबुहारीलाई बेस्सरी हप्काए, |
Latest revision as of 11:54, 20 June 2025
छौँ र ?"
"खूब नबेस्से जस्ती छु भन्ठानेकी होली ए शहरिया पाडी !"
"म केको बेस्से त ? उसै जिभ्रो फट्कार्न पाइन्छ त अर्काले नबिराइकन ? सुन्नेले के भन्लान् ?"
"सबले देखिराख्या छन् आँखाले । सबले सुनिराख्या छन् कानले । असल छु भन्ठान्नुभा होला महारानीसाब !"
"कसैका आँखा फुट्या होवैनन्, कसैका कान फुट्या होवैनन् ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।"
सासूले डाँको छोडिदिइन्—
"लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेको वचन । मेरा आँखा फुट्या छन् रे, मेरा कान फुट्या छन् रे ! मेरा आँखा पित्तले कुहिएर झर्या छन् रे ! बाबा ! यो कुन शहरियाकी पाडी आइलागेकी हो नि ! मेरी आमाले यसरी गाली गर्या थिइनन् मलाई ! मेरी सौताले यस्तो सराप्या थिइन नि मलाई !"
बस, रडाको चल्यो । आइन् ज्येठी ज्येठानी । आइन् माहिली देवरानी । पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी ।
"यो केको रडाको हो ए ! मध्यरातमा ?"
तब बेलीवृत्तान्त चले ।
"तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?"
"मैले केही पनि भन्या छैन । पहाडीयाका छोरी त कस्तो अजमाउन जान्ने हुँदा रान् !"
चम्पाले "रान्" शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि सासूको ब्रह्माण्ड झन् अखण्ड जल्यो । घरदेखि जब स्त्रीका अधिकारबाट वञ्चित भएको, ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको बेलामा आँखा देख्न मुश्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो खोजिरहेको थियो । उनको जिभ्रो आज अरू समयभन्दा ज्यादा तिखो तथा कस्टिक थियो ।
सासू झन्झन् डाँको छोड्न लागिन्, त्यससँग एक छानामनि बास गर्न किमार्थ सक्तिनथिन् रे ! पूर्वजन्मकी सौता बदला लिन बुहारी आएकी रे ! पण्डितजीले सबै सासूबुहारीलाई बेस्सरी हप्काए,