Jump to content

Page:Champa.pdf/44: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तँ यसैका लागि जन्मिइस् । तँ मरे के बेफाइदा छ ? ……. तेरो जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्योपयोगको बाटामा । तँ बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानवधर्मको वेदीमा । किन डराइस् ?" तर ज..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तँ यसैका लागि जन्मिइस् तँ मरे के बेफाइदा छ ? ……. तेरो जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्योपयोगको बाटामा । तँ बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानवधर्मको वेदीमा । किन डराइस् ?"
तँ यसैको लागि जन्मिइस्, तँ मरे के बेफाइदा छ ? तेरो  
जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्यउपयोगको बाटोमा । तँ  
बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानव–धर्मको वेदीमा ।  
किन डराइस् ?"


तर जीवनसंरक्षणी शक्तिले जिती । स्वार्थी भावहरू ज्यादा प्रबल हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, यो अदृष्ट कसैलाई महामूर्ख बनाएर, गिल्ला उडाएर ।
तर जीवन–संरक्षिणी शक्तिले जिती । स्वार्थीभावहरू ज्यादा प्रबल  
हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार  
गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, त्यो अदृष्ट कसैलाई  
महामूर्ख बनाएर, गिल्ला उडाएर ।


रामकान्तको हालसालको मूक निन्याउरो अलग्गीपना देखर त्रस्त चम्पा भित्री प्रेरणले झन्-झन् बराबर कोठाभित्र झल्याकझुलुक देखिन थालिन् ।
रामकान्तको हालसालको मूक, निन्याउरो, अलग्गीपना देखेर
त्रस्त चम्पा भित्री प्रेरणाले झन्झन् बराबर कोठाभित्र झल्याकझुलुक  
देखिन थालिन् ।


तब रातभर चिन्ताशील युवक रामकान्तले बिहानी तोपका साथ घर छोड्ने निश्चय गरे । उनले भने, "म जिउन चाहन्छु, मर्न चाहन्नँ ।" तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए र आमाकहाँ मिरमिरे उज्यालामा गएर भने- त्यस दिन साथी भाइहरूसँग उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख मात्र फर्कने थिए …… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले झ्यालबाट एकबार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे । आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।
तब एक रातभर चिन्तनशील युवक रामकान्तले बिहानी तोपका साथ  
घर छोड्ने निश्चय गरे । उनले भने, "म जिउन चाहन्छु, मर्न  
चाहन्नँ ।" तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए  
माताकहाँ मिरमिरे उज्यालोमा गएर भने— त्यस दिन साथीभाइहरुसँग
उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख  
मात्र फर्कने थिए… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले  
झ्यालबाट एक बार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे ।  
आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई  
इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।

Latest revision as of 10:29, 20 June 2025

This page has been proofread

तँ यसैको लागि जन्मिइस्, तँ मरे के बेफाइदा छ ? … तेरो जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्यउपयोगको बाटोमा । तँ बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानव–धर्मको वेदीमा । किन डराइस् ?"

तर जीवन–संरक्षिणी शक्तिले जिती । स्वार्थीभावहरू ज्यादा प्रबल हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, त्यो अदृष्ट कसैलाई महामूर्ख बनाएर, गिल्ला उडाएर ।

रामकान्तको हालसालको मूक, निन्याउरो, अलग्गीपना देखेर त्रस्त चम्पा भित्री प्रेरणाले झन्झन् बराबर कोठाभित्र झल्याकझुलुक देखिन थालिन् ।

तब एक रातभर चिन्तनशील युवक रामकान्तले बिहानी तोपका साथ घर छोड्ने निश्चय गरे । उनले भने, "म जिउन चाहन्छु, मर्न चाहन्नँ ।" तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए र माताकहाँ मिरमिरे उज्यालोमा गएर भने— त्यस दिन साथीभाइहरुसँग उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख मात्र फर्कने थिए… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले झ्यालबाट एक बार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे । आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।