Jump to content

Page:Champa.pdf/38: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "योभन्दा असल चिजका निम्ति कल्पना गरेकी थिइन् । नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो कस्तो हुँदो होला ? देविकारानी पनि देखियो । त्यत्ति नै ता हुन् नि ! सिनेमामा त कालो..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
योभन्दा असल चिजका निम्ति कल्पना गरेकी थिइन् ।
योभन्दा असल चीजका निम्ति कल्पना गरेकी थिइन् ।


नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो कस्तो हुँदो होला ? देविकारानी पनि देखियो । त्यत्ति नै ता हुन् नि ! सिनेमामा त कालो या कल्सेन्डो मुखमा सेतो रोगन लगाएर लाइट लगादिए पनि त खुब सुन्दर हुँदो होला । उनले कमसे कम क्षेत्र पाएकी थिइन् । तर "तर कति धेर कुसुम छन् जो मरुभूमिमा अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् ।" के घर पनि एउटा कैद होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल । कैद ! जाँतो पिँधजस्तो कैद ढुङ्गा फोर्छन् । वचनका कोर्रा कम हुन्छन् र ? कति काला टीका लगाई माग्नु छ बाबा, देउरानी, जेठानी, सासूबाट अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके चुल्होमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथी-चमशूर, गान्टेमूला, काउली, बन्दा । के जीवन यति भन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली जीवनको व्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू, ढुम्म बनेर, जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाँउछन् । कावा खान्छन्, बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण नै छैन । मझौलापना भन्दा आर्को चिज नेपाली नै होइन मानो । पहाड मात्र ठुला छन् यहाँ गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान् अन्डिरका रुख । यहाँका वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठुलो, न सानो । एक चिज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई भन त ? सौन्दर्य ।
"नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो  
कस्तो हुँदो होला ! देविका रानी पनि देखियो । त्यत्ति नै ता हुन्  
नि ! सिनेमामा त कालो या कल्सेँन्डो मुखमा सेतो रोगन लगाएर  
लाइट लगाइदिए पनि त खूब सुन्दर हुँदो होला । उनले कमसेकम
क्षेत्र पाएकी थिइन् । तर, तर कति धेर कुसुम छन् जो मरुभूमिमा  
अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् । के घर पनि एउटा कैद  
होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल ।  
कैद ! जाँतो पिँध जस्तो कैदी ढुङ्गा फोर्छन् । वचनका कोर्रा  
कम हुन्छन् र ? कति काला टीका लगाईमाग्नु छ बाबा ! देउरानी, ज्येठानी,  
सासूबाट ? अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके  
चुलोमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात  
ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथीचम्सुर, गान्टेमूला, काउली,  
बन्दा । के जीवन यतिभन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली  
जीवनको ब्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू ढुम्म बनेर,  
जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाउँछन् । कावा खान्छन्
बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण  
नै छैन । मझौलापनाभन्दा आर्को चीज नेपाली नै होइन मानौँ ।  
पहाड मात्र ठूला छन् यहाँ गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र  
प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान्, अँडिरका रूख । यहाँका  
वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठूलो
न सानो । एक चीज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई  
भन त ? सौन्दर्य ।


अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन सक्तछ, के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ कुनै क्षेत्र छ ? के यसको विकाश र पोषण छ यहाँ ? चम्पाले यस्ता तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्राइन् ठिक यसै वेला स्वामीजी चिमिरे, च्यान्टे, च्याँसे, फिब्टे स्वामीजी ठमठमाउँदै भित्र पसे ।
अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन  
सक्तछ के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ  
कुनै क्षेत्र छ ? के यसको विकास र पोषण छ यहाँ ?" चम्पाले यस्ता  
तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्र्याइन् ठीक यसै बेला चिमिरे,  
च्यान्टे, च्याँसे, फिस्टे स्वामिजी ठमठमाउँदै भित्र पसे ।


उनको ढोका घरकाइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको
उनको ढोका घर्काइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी  
चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको

Latest revision as of 20:38, 17 June 2025

This page has been proofread

योभन्दा असल चीजका निम्ति कल्पना गरेकी थिइन् ।

"नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो कस्तो हुँदो होला ! देविका रानी पनि देखियो । त्यत्ति नै ता हुन् नि ! सिनेमामा त कालो या कल्सेँन्डो मुखमा सेतो रोगन लगाएर लाइट लगाइदिए पनि त खूब सुन्दर हुँदो होला । उनले कमसेकम क्षेत्र पाएकी थिइन् । तर, तर कति धेर कुसुम छन् जो मरुभूमिमा अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् । के घर पनि एउटा कैद होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल । कैद ! जाँतो पिँध जस्तो कैदी ढुङ्गा फोर्छन् । वचनका कोर्रा कम हुन्छन् र ? कति काला टीका लगाईमाग्नु छ बाबा ! देउरानी, ज्येठानी, सासूबाट ? अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके चुलोमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथीचम्सुर, गान्टेमूला, काउली, बन्दा । के जीवन यतिभन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली जीवनको ब्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू ढुम्म बनेर, जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाउँछन् । कावा खान्छन् । बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण नै छैन । मझौलापनाभन्दा आर्को चीज नेपाली नै होइन मानौँ । पहाड मात्र ठूला छन् । यहाँ गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान्, अँडिरका रूख । यहाँका वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठूलो न सानो । एक चीज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई भन त ? सौन्दर्य ।

अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन सक्तछ के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ कुनै क्षेत्र छ ? के यसको विकास र पोषण छ यहाँ ?" चम्पाले यस्ता तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्र्याइन् । ठीक यसै बेला चिमिरे, च्यान्टे, च्याँसे, फिस्टे स्वामिजी ठमठमाउँदै भित्र पसे ।

उनको ढोका घर्काइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको