Page:Champa.pdf/30: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''अध्याय ३'''}}}} चम्पालाई ठाँट सिँगार खुब पारिरहनुपर्दथ्यो । उनी फिल्मका गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइर..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''अध्याय ३'''}}}} | {{c|{{larger|'''अध्याय ३'''}}}} | ||
चम्पालाई ठाँट सिँगार | चम्पालाई ठाँट, सिँगार खूब पारिरहनुपर्दथ्यो । उनी फिल्मका | ||
गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको | |||
झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो । | |||
"आँखीभौँ सिसाकलमले | "आँखीभौँ सिसाकलमले लेख्या जस्तो हुन्छ कसैको ता" | ||
सासूले टिपिन् ।" | |||
"छुसछुस | "छुसछुस कुरा नलाई चित्त बुझ्दैन रे ।" जेठी बुहारीले | ||
टीका थपिन् । | |||
माहिलीले भनिन् | माहिलीले भनिन्, "आँखीभौँ नटिप्ने ता को होला र | ||
आजकल ?" उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर | |||
चारकुने खुट्दै उनले थपिन्, "पत्ता मिलाउनसमेत कैँची-छुरा | |||
लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर ! झिलमिल तारा नलगाई | |||
कहिल्यै चित्त बुझ्दैन । रातिराति अरू सुतिसकेपछि पो सिँगार चल्दो | |||
रहेछ । हिजो राति जापानी पोशाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी, | |||
फिल्मका गीत हरहमेशा गाइरहनुपर्दछ … नङमा पालिस, गालामा लाली, | |||
जर्जेट दिनभरि छ, छ ।" | |||
यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर | यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर | ||
मतानमा पलेँटापछाडि कान थापिन् । | |||
"चौपट्ट ढाँचा है नेपालेका छोरीका त" | "चौपट्ट ढाँचा है नेपालेका छोरीका त !" पोखर्यालपुत्रीले | ||
टिप्पणी गरिन् । | |||
माहिली बुहारीले भनिन् | माहिली बुहारीले भनिन्, "जुन गोरुको सिङै छैन उसको | ||
नाम तिखे ।" यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले | |||
मुर्मुरिएर उभिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् । | |||
"ज्यादा यत्ताउलो | "ज्यादा यत्ताउलो भा’ बेस होइन मान्छेले !" माहिली चुनुले | ||
तेल थपिन्, "कृष्णको तस्वीर लिएर छाती लगाएर, म्वाई खाएर उधुम | |||
छ ।" सासूले एकैछिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् । | |||
माहिलीले फेरि थपिन्, "कान्छाबाबूको त्यो हालत छ । लोग्ने घरमा | |||
सद्दे भए कसैले केही भन्ने थिएन । तर…" | |||
{{nop}} | {{nop}} |
Latest revision as of 18:44, 17 June 2025
चम्पालाई ठाँट, सिँगार खूब पारिरहनुपर्दथ्यो । उनी फिल्मका गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो ।
"आँखीभौँ सिसाकलमले लेख्या जस्तो हुन्छ कसैको ता" सासूले टिपिन् ।"
"छुसछुस कुरा नलाई चित्त बुझ्दैन रे ।" जेठी बुहारीले टीका थपिन् ।
माहिलीले भनिन्, "आँखीभौँ नटिप्ने ता को होला र आजकल ?" उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर चारकुने खुट्दै उनले थपिन्, "पत्ता मिलाउनसमेत कैँची-छुरा लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर ! झिलमिल तारा नलगाई कहिल्यै चित्त बुझ्दैन । रातिराति अरू सुतिसकेपछि पो सिँगार चल्दो रहेछ । हिजो राति जापानी पोशाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी, फिल्मका गीत हरहमेशा गाइरहनुपर्दछ … नङमा पालिस, गालामा लाली, जर्जेट दिनभरि छ, छ ।"
यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर मतानमा पलेँटापछाडि कान थापिन् ।
"चौपट्ट ढाँचा है नेपालेका छोरीका त !" पोखर्यालपुत्रीले टिप्पणी गरिन् ।
माहिली बुहारीले भनिन्, "जुन गोरुको सिङै छैन उसको नाम तिखे ।" यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले मुर्मुरिएर उभिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् ।
"ज्यादा यत्ताउलो भा’ बेस होइन मान्छेले !" माहिली चुनुले तेल थपिन्, "कृष्णको तस्वीर लिएर छाती लगाएर, म्वाई खाएर उधुम छ ।" सासूले एकैछिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् । माहिलीले फेरि थपिन्, "कान्छाबाबूको त्यो हालत छ । लोग्ने घरमा सद्दे भए कसैले केही भन्ने थिएन । तर…"