Jump to content

Page:Champa.pdf/29: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "उनी बराबर सिनेमा जाने बन्दोबस्त गर्न लागिन् । साथी सँगी भेट्टाइने । प्रेमीलीलाहरू राम्रा देखिन्थे । तिनको अभावमा रातभरि तकिया भिजाउँथिन् । श्री कृष्णको तस्बिर काखी च्याप्दथिन्,..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उनी बराबर सिनेमा जाने बन्दोबस्त गर्न लागिन् । साथी सँगी भेट्टाइने प्रेमीलीलाहरू राम्रा देखिन्थे । तिनको अभावमा रातभरि तकिया भिजाउँथिन् । श्री कृष्णको तस्बिर काखी च्याप्दथिन्, रुन्थिन् । तर उनलाई फेरि फेरि सिनेमातिरै जान मन लाग्दथ्यो । फिल्म-स्टार हुने वासना अभिनेत्री तारकाहरूको सौभाग्यमा मस्त हुन्थ्यो-कमसे कम तिनीहरू उच्च प्रेमको अभिनयसम्म त गर्न पाउँदथे । त्यो नाटकीय चित्रणमा यथार्थको रमरम आस्वादन त मिल्दथ्यो । बैंसालु कल्पना बराबर उत्तजेजना र पोषण पाउँथ्यो ।
उनी बराबर सिनेमा जाने बन्दोबस्त गर्न लागिन् । साथीसँगी भेट्टाइने,
प्रेमीलीलाहरू राम्रा देखिन्थे । तिनको अभावमा रातभरि तकिया  
भिजाउँथिन् । श्रीकृष्णको तस्बिर काखी च्याप्दथिन्, रुन्थिन् । तर  
उनलाई फेरिफेरि सिनेमातिरै जान मन लाग्दथ्यो । फिल्मस्टार हुने  
वासना अभिनेत्री तारकाहरूको सौभाग्यमा मस्त हुन्थ्यो– कमसेकम
तिनीहरू उच्च प्रेमको अभिनयसम्म त गर्न पाउँथे । त्यो नाटकीय  
चित्रणमा यथार्थको रमरम आस्वासन त मिल्दथ्यो । बैँसालु कल्पना  
बराबर उत्तेजना र पोषण पाउँथ्यो ।


यस्तै रीतसँग २/३ महिना बित्तै गए । बराबर मोटर भाडा लिएर टोखा जान्थिन् । रामकान्त बडा साँढ देखिन लागेका थिए । टाउको पनि ध्वाँक, गाला याहमान, शरीरै चौडा भएजस्तो, बोसो मात्र बढेको । उनलाई त्यस्तो नै देखेर चम्पालाई अलिकति सास आउँथ्यो-शायद बाँच्छन् कि ? तर उनलाई यस चीजले अत्यानन्दित-गरायो भन्न सकिन्न । उनी जीवनको चिप्लो अवाधि गति होला भनेर अलिकति प्रसन्न हुन मात्र खोज्थिन् ।
यस्तै रीतसँग २-३ महिना बित्तै गए । बराबर मोटर भाडा लिएर  
टोखा जान्थिन् । रामकान्त बडा साँढ देखिन लागेका थिए । टाउको  
पनि घ्वाँक, गाला यामान, शरीरै डब्बल । तर रूप ता उही बँदेलको,
गैँडाको जस्तो थियो । कुभिन्डो चौडा भएजस्तो, बोसो मात्र  
बढेको । उनलाई त्यस्तो नै देखेर चम्पालाई अलिकति सास आउँथ्यो–
शायद बाँच्छन् कि ? तर उनलाई यस चीजले अत्यानन्दित गरायो भन्न  
सकिन्न । उनी जीवनको चिप्लो अवाधित गति होला भनेर अलिकति  
प्रसन्न हुन मात्र खोज्थिन् ।


रामकान्तले माला छोडेर हँसी-दिल्लगी, तास, गञ्जीफा पक्रेका थिए । थोरै पढ्न पनि दिइएको थियो । दुलहीको चढ्दो उमेर र रुप उनका नजरले सिफरिश गरे । तर उनी त्यस बैंसको मोहनीदेखि त्रस्त भएर मनमन रोए ।
रामकान्तले माला छोडेर हँसी-दिल्लगी, तास, गन्जीफा पक्रेका  
थिए । थोरै पढ्न पनि दिइएको थियो । दुलहीको चढ्दो उमेर र  
रूप उनका नजरले सिफारिश गरे । तर उनी त्यस बैँसको मोहनीदेखि  
त्रस्त भएर मनमन रोए ।

Latest revision as of 18:38, 17 June 2025

This page has been proofread

उनी बराबर सिनेमा जाने बन्दोबस्त गर्न लागिन् । साथीसँगी भेट्टाइने, प्रेमीलीलाहरू राम्रा देखिन्थे । तिनको अभावमा रातभरि तकिया भिजाउँथिन् । श्रीकृष्णको तस्बिर काखी च्याप्दथिन्, रुन्थिन् । तर उनलाई फेरिफेरि सिनेमातिरै जान मन लाग्दथ्यो । फिल्मस्टार हुने वासना अभिनेत्री तारकाहरूको सौभाग्यमा मस्त हुन्थ्यो– कमसेकम तिनीहरू उच्च प्रेमको अभिनयसम्म त गर्न पाउँथे । त्यो नाटकीय चित्रणमा यथार्थको रमरम आस्वासन त मिल्दथ्यो । बैँसालु कल्पना बराबर उत्तेजना र पोषण पाउँथ्यो ।

यस्तै रीतसँग २-३ महिना बित्तै गए । बराबर मोटर भाडा लिएर टोखा जान्थिन् । रामकान्त बडा साँढ देखिन लागेका थिए । टाउको पनि घ्वाँक, गाला यामान, शरीरै डब्बल । तर रूप ता उही बँदेलको, गैँडाको जस्तो थियो । कुभिन्डो चौडा भएजस्तो, बोसो मात्र बढेको । उनलाई त्यस्तो नै देखेर चम्पालाई अलिकति सास आउँथ्यो– शायद बाँच्छन् कि ? तर उनलाई यस चीजले अत्यानन्दित गरायो भन्न सकिन्न । उनी जीवनको चिप्लो अवाधित गति होला भनेर अलिकति प्रसन्न हुन मात्र खोज्थिन् ।

रामकान्तले माला छोडेर हँसी-दिल्लगी, तास, गन्जीफा पक्रेका थिए । थोरै पढ्न पनि दिइएको थियो । दुलहीको चढ्दो उमेर र रूप उनका नजरले सिफारिश गरे । तर उनी त्यस बैँसको मोहनीदेखि त्रस्त भएर मनमन रोए ।