Jump to content

Page:Champa.pdf/26: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "रामकान्त खूब पढ्न लागिरहेका थिए, रात-रातभर । पहिला हुने उनको सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रामकान्त खूब पढ्न लागिरहेका थिए, रात-रातभर । पहिला हुने उनको सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने भावना राजा मन्त्रीमा मात्र हुँदैन, यो परिक्षाको संसारमा पनि विद्यार्थीवर्गमा पाइन्छ । प्रथम हुनुमा एक साम्राज्यको भावना सिद्ध हुन्थ्यो । रुपमा उनी पछाडि परेका थिए । भ्यागुतो जत्तिकै बौद्धिक सौन्दर्यको प्रतियोगिता थियो । शिक्षाको केन्द्रहरूमा । यसलाई ग्रीकहरूले पूजा गरेका थिए । आफ्नी सरस्वती काँचै थिइन् तापनि जुपिटर सम्राट्को ज्वालामुख साम्राज्य एक भारी विलास हुन्छ जस्तो नराम्रा पंडितहरू राजसभामा कायम गर्दछन् । उनलाई गौरीशंकरको मोहनी लाग्यो । यस संग्राममा म भिक्टोरिया क्रस प्राप्त गर्छु । यस कुभावनामा परेका धेरै फोक्सा बिग्रे, धेरै कलेजा सुके । क्षयको कीटाणु मनुष्यभन्दा चंख हुन्छ त्यस बेला जब मनुष्यले बुद्धू हुने काम गर्छ ।
रामकान्त खूब पढ्न लागिरहेका थिए, रातरातभर । पहिला हुने उनको  
सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी  
तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने  
भावना राजा, मन्त्रीमा मात्र हुँदैन, यो परिक्षाको संसारमा पनि  
विद्यार्थीवर्गमा पाइन्छ । प्रथम हुनुमा एक साम्राज्यको भावना सिद्ध  
हुन्थ्यो । रूपमा उनी पछाडि परेका थिए । भ्यागुतोजत्तिकै बौद्धिक  
सौन्दर्यको प्रतियोगिता थियो । शिक्षाको केन्द्रहरूमा । यसलाई  
ग्रीकहरूले पूजा गरेका थिए । आफ्नी सरस्वती काँचै थिइन् तापनि  
जुपिटर सम्राट्को ज्वालामुख साम्राज्य एक भारी विलास हुन्छ जस्तो  
नराम्रा पण्डितहरू राजसभामा कायम गर्दछन् । उनलाई गौरीशङ्करको
मोहनी लाग्यो । यस सङ्ग्राममा म भिक्टोरिया क्रस प्राप्त गर्छु । यस  
कुभावनामा परेका धेरै फोक्सा बिग्रे, धेरै कलेजा सुके । क्षयको  
कीटाणु मनुष्यभन्दा चङ्ख हुन्छ त्यस बेला जब मनुष्यले बुद्धू  
हुने काम गर्छ ।


कीटाणुले भन्यो- “को घाममा कम बस्छ ? को हावामा ज्यादा निस्कँदैन यो शारदीय निर्मल समयमा, हँ ?साना सर्पजस्ता काला सूक्ष्मवीक्षण यंत्रका अल्पजीवहरू जीवनको प्रतियोगितामा पहिला हुँला भन्ने आशाले हावा धूलोमा घुम्दै आए ।
कीटाणुले भन्यो, "को घाममा कम बस्छ ! को हावामा ज्यादा  
निस्कँदैन, यो शारदीय निर्मल समयमा, हँ ?" साना सर्पजस्ता काला  
सूक्ष्मवीक्षण यन्त्रका अल्पजीवहरू जीवनको प्रतियोगितामा पहिला हुँला  
भन्ने आशाले हावा-धूलोमा घुम्दै आए ।


बस, बिहा गरेको डेढ वर्ष हुनासाथ रामकान्त अधिकारीलाई डाक्टरले कालको वारण्ट दियो …… दुवै फोक्सा प्रभावित, भक्षित भयंकर धब्बाहरू …….. आयु चार महीना …… राम्रो औषधि व्यवहार नभए ।
बस, बिहा गरेको डेढ वर्ष हुनासाथ रामकान्त अधिकारीलाई  
डाक्टरले कालको वारन्ट दियो … "दुवै फोक्सा प्रभावित, भक्षित  
भयङ्कर धब्बाहरू आयु चार महीना …… राम्रो औषधि व्यवहार नभए ।"


रामकान्तले किताबहरू सल्काए । सब मास्टर, प्रोफेसरलाई भयानक गाली दिए । के यिनीहरूले हामीलाई पहिला हुन प्रेरणा दिएको यत्तिका निमित्त ? ग्रेजुएट भएका कति जीवनमा फेल खाइरहेछन् । बी.ए.मा विश्वास गराउनु के एक भयंकर धोखाबाजी होइन ? किन स्पष्ट भन्न सक्तैनन् तिनीहरू बढ्दो फुल्दो नयाँ पुस्तान नौजवान अगाडि, “हामीहरू बिलकुल महामूर्ख हौं । लवज बेचेर खाने हाम्रो यो चालाकी हो । हाम्रो पाठन कलामा विज्ञान छैन । हामी जीवन विकाशक होइनौं । हामी उदरपूरक हौं । हामी पाश्चात्य सभ्यताले युवक भांडेर खान्छौं, पछि गुरु तथा तानाशाहका पंजाबाट आत्मसंस्कार र
रामकान्तले किताबहरू सल्काए । सब मास्टर, प्रोफेसरलाई  
भयानक गाली दिए । "के यिनीहरूले हामीलाई पहिला हुन प्रेरणा दिएको  
यत्तिका निमित्त ? ग्रेजुएट भएका कति जीवनमा फेल खाइरहेछन् ।  
बी.ए.मा विश्वास गराउनु के एक भयङ्कर धोखाबाजी होइन ? किन स्पष्ट  
भन्न सक्तैनन् तिनीहरू बढ्दो फुल्दो नयाँ पुस्तान नौजवानअगाडि,  
हामीहरू बिलकुल महामूर्ख हौँ । लवज बेचेर खाने हाम्रो यो  
चालाकी हो । हाम्रो पाठनकलामा विज्ञान छैन । हामी जीवन विकासक
होइनौँ । हामी उदरपूरक हौँ । हामी पाश्चात्य सभ्यताले युवक  
भाँडेर खान्छौँ, पछि गुरु तथा तानाशाहका पन्जाबाट आत्मसंस्कार र

Latest revision as of 20:28, 15 June 2025

This page has been proofread

रामकान्त खूब पढ्न लागिरहेका थिए, रातरातभर । पहिला हुने उनको सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने भावना राजा, मन्त्रीमा मात्र हुँदैन, यो परिक्षाको संसारमा पनि विद्यार्थीवर्गमा पाइन्छ । प्रथम हुनुमा एक साम्राज्यको भावना सिद्ध हुन्थ्यो । रूपमा उनी पछाडि परेका थिए । भ्यागुतोजत्तिकै बौद्धिक सौन्दर्यको प्रतियोगिता थियो । शिक्षाको केन्द्रहरूमा । यसलाई ग्रीकहरूले पूजा गरेका थिए । आफ्नी सरस्वती काँचै थिइन् तापनि जुपिटर सम्राट्को ज्वालामुख साम्राज्य एक भारी विलास हुन्छ जस्तो नराम्रा पण्डितहरू राजसभामा कायम गर्दछन् । उनलाई गौरीशङ्करको मोहनी लाग्यो । यस सङ्ग्राममा म भिक्टोरिया क्रस प्राप्त गर्छु । यस कुभावनामा परेका धेरै फोक्सा बिग्रे, धेरै कलेजा सुके । क्षयको कीटाणु मनुष्यभन्दा चङ्ख हुन्छ त्यस बेला जब मनुष्यले बुद्धू हुने काम गर्छ ।

कीटाणुले भन्यो, "को घाममा कम बस्छ ! को हावामा ज्यादा निस्कँदैन, यो शारदीय निर्मल समयमा, हँ ?" साना सर्पजस्ता काला सूक्ष्मवीक्षण यन्त्रका अल्पजीवहरू जीवनको प्रतियोगितामा पहिला हुँला भन्ने आशाले हावा-धूलोमा घुम्दै आए ।

बस, बिहा गरेको डेढ वर्ष हुनासाथ रामकान्त अधिकारीलाई डाक्टरले कालको वारन्ट दियो … "दुवै फोक्सा प्रभावित, भक्षित भयङ्कर धब्बाहरू … आयु चार महीना …… राम्रो औषधि व्यवहार नभए ।"

रामकान्तले किताबहरू सल्काए । सब मास्टर, प्रोफेसरलाई भयानक गाली दिए । "के यिनीहरूले हामीलाई पहिला हुन प्रेरणा दिएको यत्तिका निमित्त ? ग्रेजुएट भएका कति जीवनमा फेल खाइरहेछन् । बी.ए.मा विश्वास गराउनु के एक भयङ्कर धोखाबाजी होइन ? किन स्पष्ट भन्न सक्तैनन् तिनीहरू बढ्दो फुल्दो नयाँ पुस्तान नौजवानअगाडि, हामीहरू बिलकुल महामूर्ख हौँ । लवज बेचेर खाने हाम्रो यो चालाकी हो । हाम्रो पाठनकलामा विज्ञान छैन । हामी जीवन विकासक होइनौँ । हामी उदरपूरक हौँ । हामी पाश्चात्य सभ्यताले युवक भाँडेर खान्छौँ, पछि गुरु तथा तानाशाहका पन्जाबाट आत्मसंस्कार र