Page:Champa.pdf/6: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''अध्याय १'''}}}} | {{c|{{larger|'''अध्याय १'''}}}} | ||
{{c|{{x-larger|'''बालचिन्ता'''}}}} | {{c|{{x-larger|'''बालचिन्ता'''}}}} | ||
लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी | लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी | ||
तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, | तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, | ||
चिउँडो खस्केको थियो, मुखले अलि जिल्ल परेर वाल्ल | चिउँडो खस्केको थियो, मुखले अलि जिल्ल परेर वाल्ल हेरेजस्तो | ||
भाव लिएको थियो, तर उनका आँखा तीखा देखिन्थे । | भाव लिएको थियो, तर उनका आँखा तीखा देखिन्थे । | ||
नेपाली सेतो भोटो लगाएका र सेतो सुरुवाल । शरीर | नेपाली सेतो भोटो लगाएका र सेतो सुरुवाल । शरीर | ||
सुक्नाले दुवै अलि खुकुलो देखिन्थे । कालो पालिसदार चौपाया | सुक्नाले दुवै अलि खुकुलो देखिन्थे । कालो पालिसदार चौपाया | ||
खटियाउपर घोप्टिरहेका । रातो सीसाकलम लिएर भागवतको | खटियाउपर घोप्टिरहेका । रातो सीसाकलम लिएर भागवतको खुल्ला | ||
पुस्तकमा बराबर चिनो लगाउँथे । बराबर थुक लगाउने बानी थियो । | |||
कोठा थियो पैसावाल मध्यवर्गीय । मैलिएको टर्की कार्पेट | कोठा थियो पैसावाल मध्यवर्गीय । मैलिएको टर्की कार्पेट | ||
चार किनारमा । बीचमा सत्रंजा… ढोकानेर | चार किनारमा । बीचमा सत्रंजा… ढोकानेर फुट-रग । एउटा टेबिल पनि | ||
थियो दक्षिणतर्फ भित्तामा । उत्तरतर्फ रातो पालिसदार बुट्टा काटेको | थियो दक्षिणतर्फ भित्तामा । उत्तरतर्फ रातो पालिसदार बुट्टा काटेको | ||
बन्द दराज । अगाडि सेता, सफेद दुइटा चकटी । टेबिलउपर एक ऐना | बन्द दराज । अगाडि सेता, सफेद दुइटा चकटी । टेबिलउपर एक ऐना | ||
थियो…। टेबिलमा दुइटा काँचका फूलदान एक रिकापीमा चारौटा | थियो…। टेबिलमा दुइटा काँचका फूलदान र एक रिकापीमा चारौटा | ||
मोसम । भित्तामा तल्लो एकहत्ती भाग गाढा नीलो थियो, उपर फिका नीला | मोसम । भित्तामा तल्लो एकहत्ती भाग गाढा नीलो थियो, उपर फिका नीला | ||
तस्बिरहरु टाँगिएका थिए । एउटा | तस्बिरहरु टाँगिएका थिए । एउटा श्रीकृष्णको… राधिकासँग यमुनातीरमा | ||
अधनङ्गा हँसिलो मुरली-लीलामा… । एउटा ईसामसीहका चित्र, जीवनको | |||
दश | दश भागको चित्रण, एउटा सरस्वती; अर्को विष्णुभगवान्को विश्वरूप । | ||
सफाइ | सफाइ बेकसिँङ्गर थियो । ठूलो बालिस्टको आड लिएर सुब्बाबाजेले | ||
ओठमा | ओठमा सिसा लगाए । ठीक यसै बेला चुनु र बुलु दुई बुहारी | ||
भित्र पसे । चोसे मुख | भित्र पसे । चोसे मुख लगाएर बूढाले गौड गरेको देखेर | ||
चुनुले चञ्चले | चुनुले चञ्चले कुतकुत्याइलो बैँसको छातीबाट हाँसो फुट्यो, | ||
उनीले दबेको स्वरमा देब्रे हातका | उनीले दबेको स्वरमा देब्रे हातका चोर-माझीले मुगाओठ छेकेर | ||
खिर्खिराइन् । | खिर्खिराइन् । | ||
बुलुका आँखा हाँसे तर हाँसो रोकेर भनिन् "जा | बुलुका आँखा हाँसे तर हाँसो रोकेर भनिन् "जा मोरी ! | ||
के विघ्न उत्ताउली……?" | के विघ्न उत्ताउली……?" | ||
{{nop}} | {{nop}} |
Latest revision as of 14:16, 6 May 2025
लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, चिउँडो खस्केको थियो, मुखले अलि जिल्ल परेर वाल्ल हेरेजस्तो भाव लिएको थियो, तर उनका आँखा तीखा देखिन्थे ।
नेपाली सेतो भोटो लगाएका र सेतो सुरुवाल । शरीर सुक्नाले दुवै अलि खुकुलो देखिन्थे । कालो पालिसदार चौपाया खटियाउपर घोप्टिरहेका । रातो सीसाकलम लिएर भागवतको खुल्ला पुस्तकमा बराबर चिनो लगाउँथे । बराबर थुक लगाउने बानी थियो ।
कोठा थियो पैसावाल मध्यवर्गीय । मैलिएको टर्की कार्पेट चार किनारमा । बीचमा सत्रंजा… ढोकानेर फुट-रग । एउटा टेबिल पनि थियो दक्षिणतर्फ भित्तामा । उत्तरतर्फ रातो पालिसदार बुट्टा काटेको बन्द दराज । अगाडि सेता, सफेद दुइटा चकटी । टेबिलउपर एक ऐना थियो…। टेबिलमा दुइटा काँचका फूलदान र एक रिकापीमा चारौटा मोसम । भित्तामा तल्लो एकहत्ती भाग गाढा नीलो थियो, उपर फिका नीला तस्बिरहरु टाँगिएका थिए । एउटा श्रीकृष्णको… राधिकासँग यमुनातीरमा अधनङ्गा हँसिलो मुरली-लीलामा… । एउटा ईसामसीहका चित्र, जीवनको दश भागको चित्रण, एउटा सरस्वती; अर्को विष्णुभगवान्को विश्वरूप । सफाइ बेकसिँङ्गर थियो । ठूलो बालिस्टको आड लिएर सुब्बाबाजेले ओठमा सिसा लगाए । ठीक यसै बेला चुनु र बुलु दुई बुहारी भित्र पसे । चोसे मुख लगाएर बूढाले गौड गरेको देखेर चुनुले चञ्चले कुतकुत्याइलो बैँसको छातीबाट हाँसो फुट्यो, उनीले दबेको स्वरमा देब्रे हातका चोर-माझीले मुगाओठ छेकेर खिर्खिराइन् ।
बुलुका आँखा हाँसे तर हाँसो रोकेर भनिन् "जा मोरी ! के विघ्न उत्ताउली……?"