Page:Shakuntala.pdf/143: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
ध्वनि मृदु मुरलीका चल्दछन् | ध्वनि मृदु मुरलीका चल्दछन् श्वाससाथ । | ||
::स्वर मधुर बनेका मञ्जरी फूल पात ॥ | ::स्वर मधुर बनेका मञ्जरी फूल पात ॥ | ||
अनि विहग गलाले टिप्दछन् रङ्ग रङ्गी । | अनि विहग गलाले टिप्दछन् रङ्ग रङ्गी । | ||
:: | ::ऋषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
Line 14: | Line 14: | ||
दिन दिन छ खुलेको वन्य आनन्द दिव्य । | दिन दिन छ खुलेको वन्य आनन्द दिव्य । | ||
::कुसुम मधुर पाना रेखिँदो रङ्ग | ::कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य ॥ | ||
तह तह छ किताबी | तह तह छ किताबी अक्षराऽऽभास भारी । | ||
:: | ::प्रकृतिहृदयमा छन् पाठ राम्रा विहारी ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
अलि पर | अलि पर बहँदी छन् मालिनी कल्कलाई । | ||
::जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥ | ::जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥ | ||
ऋषि सहृदय सिक्छन् छन्द त्यो भावभित्र । | |||
::विपिनसरि जगत् यो फुल्छ बन्दै | ::विपिनसरि जगत् यो फुल्छ बन्दै विचित्र ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
Line 31: | Line 31: | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
झिलिमिलि न छ खल्लो चाहना चारु थोर । | |||
::प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥ | ::प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥ | ||
ऋषिमहल हरीयो पात झुम्का सिँगार । | |||
::विटप विविध खम्बा | ::विटप विविध खम्बा कुञ्ज खोपी हजार ॥ | ||
सुखद विपिनवल्ली छन् नटी बैंसदार । | सुखद विपिनवल्ली छन् नटी बैंसदार । | ||
::मधुर लय गला छन् राज्य यो क्या अपार ॥ | ::मधुर लय गला छन् राज्य यो क्या अपार ॥ |
Latest revision as of 14:25, 29 April 2025
ध्वनि मृदु मुरलीका चल्दछन् श्वाससाथ ।
स्वर मधुर बनेका मञ्जरी फूल पात ॥
अनि विहग गलाले टिप्दछन् रङ्ग रङ्गी ।
ऋषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥
(१५)
विटप बहु-प्रशाखा जिन्दगी झैं खडा छन् ।
खबरहरु चरा छन्, स्वर्गसन्देश-चारु ॥
बहुविध रस खोज्ने, गुप्त तृष्णा जरा छन् ।
कुसुमहरु कला छन् रङ्ग चढ्दा सुरा छन् ॥
(१६)
दिन दिन छ खुलेको वन्य आनन्द दिव्य ।
कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य ॥
तह तह छ किताबी अक्षराऽऽभास भारी ।
प्रकृतिहृदयमा छन् पाठ राम्रा विहारी ॥
(१७)
अलि पर बहँदी छन् मालिनी कल्कलाई ।
जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥
ऋषि सहृदय सिक्छन् छन्द त्यो भावभित्र ।
विपिनसरि जगत् यो फुल्छ बन्दै विचित्र ॥
(१८)
प्रकृतपन नशामा, अङ्गमा वन्य भाव ।
हृदय-कुसुम-गन्धी वल्लरीका स्वभाव ॥
नयन मृदु कुरङ्गी बोल कल्लोलवाला-
सहित मधुर बैंसे फुल्दछन् वन्य-बाला ॥
(१९)
झिलिमिलि न छ खल्लो चाहना चारु थोर ।
प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥
ऋषिमहल हरीयो पात झुम्का सिँगार ।
विटप विविध खम्बा कुञ्ज खोपी हजार ॥
सुखद विपिनवल्ली छन् नटी बैंसदार ।
मधुर लय गला छन् राज्य यो क्या अपार ॥
(२०)