Page:Shakuntala.pdf/120: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
गुलाब छन् लाल | गुलाब छन् लाल सुकोमलाऽधरा । | ||
::बोलूँ कि बोलूँ कि समान अप्सरा ॥ | ::बोलूँ कि बोलूँ कि समान अप्सरा ॥ | ||
सुचारु रेखा तहदार चारुता । | सुचारु रेखा तहदार चारुता । | ||
::फुकेर छाती मृदुपात भर्दछन् ॥ | ::फुकेर छाती मृदुपात भर्दछन् ॥ | ||
हवा छिपेका जब | हवा छिपेका जब गुह्य चोर्दछन् । | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
शराव झैं लाल सुडोल बैंसका । | |||
::कपोलमा षड्पद | ::कपोलमा षड्पद झुम्न झर्दछन् ॥ | ||
मौका ढुकी चुम्बन चारु गर्दछन् । | मौका ढुकी चुम्बन चारु गर्दछन् । | ||
::जहाँ फुली कोमलता मनोहर ॥ | ::जहाँ फुली कोमलता मनोहर ॥ | ||
छुवाइमा स्वर्ग | छुवाइमा स्वर्ग सरर्र झर्दछन् । | ||
::लाली र लज्जा रस स्वास छर्दछन् ॥ | ::लाली र लज्जा रस स्वास छर्दछन् ॥ | ||
सुवास मुस्की सुकुमार सार | सुवास मुस्की सुकुमार सार छ । | ||
::प्रफुल्लता बैंस लिँदो मुहार | ::प्रफुल्लता बैंस लिँदो मुहार छ ॥ | ||
तथापि राम्रा रमणी कपोलमा । | तथापि राम्रा रमणी कपोलमा । | ||
::सुचारु लाली अझ दिव्य सार | ::सुचारु लाली अझ दिव्य सार छ ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
हवा भजी | हवा भजी पङ्ख फिँजी ढलक्क ती । | ||
::गरेर भूँ भूँ भमरा | ::गरेर भूँ भूँ भमरा झुली कति ॥ | ||
चुसेर त्यो यौवनको सुधारस । | चुसेर त्यो यौवनको सुधारस । | ||
::बनीरहेछन् तरुमा | ::बनीरहेछन् तरुमा मदाऽऽलस ॥ | ||
तथापि कालो छ टलक्क टल्किने । | तथापि कालो छ टलक्क टल्किने । | ||
::कपाल त्यो रेशम | ::कपाल त्यो रेशम झैं सुधारस ॥ | ||
बनेर कालो रँग जन्मिएसरि । | बनेर कालो रँग जन्मिएसरि । | ||
::सलक्क केस्रो लहराउँदो झरी ॥ | ::सलक्क केस्रो लहराउँदो झरी ॥ | ||
Line 31: | Line 31: | ||
कुरङ्ग हुन्छन् वनमा रमाइला । | कुरङ्ग हुन्छन् वनमा रमाइला । | ||
::अनङ्गका पुष्पित | ::अनङ्गका पुष्पित कुञ्जमा हरा ॥ | ||
फुलेर झुल्छन् लहरा जहाँ सुनी । | फुलेर झुल्छन् लहरा जहाँ सुनी । | ||
::बुट्टा बनी | ::बुट्टा बनी निर्झरका नयाँ कुरा ॥ | ||
</poem>}} | </poem>}} | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 23:16, 4 March 2025
गुलाब छन् लाल सुकोमलाऽधरा ।
बोलूँ कि बोलूँ कि समान अप्सरा ॥
सुचारु रेखा तहदार चारुता ।
फुकेर छाती मृदुपात भर्दछन् ॥
हवा छिपेका जब गुह्य चोर्दछन् ।
(९)
शराव झैं लाल सुडोल बैंसका ।
कपोलमा षड्पद झुम्न झर्दछन् ॥
मौका ढुकी चुम्बन चारु गर्दछन् ।
जहाँ फुली कोमलता मनोहर ॥
छुवाइमा स्वर्ग सरर्र झर्दछन् ।
लाली र लज्जा रस स्वास छर्दछन् ॥
सुवास मुस्की सुकुमार सार छ ।
प्रफुल्लता बैंस लिँदो मुहार छ ॥
तथापि राम्रा रमणी कपोलमा ।
सुचारु लाली अझ दिव्य सार छ ॥
(१०)
हवा भजी पङ्ख फिँजी ढलक्क ती ।
गरेर भूँ भूँ भमरा झुली कति ॥
चुसेर त्यो यौवनको सुधारस ।
बनीरहेछन् तरुमा मदाऽऽलस ॥
तथापि कालो छ टलक्क टल्किने ।
कपाल त्यो रेशम झैं सुधारस ॥
बनेर कालो रँग जन्मिएसरि ।
सलक्क केस्रो लहराउँदो झरी ॥
(११)
कुरङ्ग हुन्छन् वनमा रमाइला ।
अनङ्गका पुष्पित कुञ्जमा हरा ॥
फुलेर झुल्छन् लहरा जहाँ सुनी ।
बुट्टा बनी निर्झरका नयाँ कुरा ॥