Jump to content

Page:Laxmi nibandhasangraha.pdf/209: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{x-larger|'''मान्छेलाई घडीबाट हानि'''}}
{{x-larger|'''मान्छेलाई घडीबाट हानि'''}}


घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको
घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको  
होश दिने प्रकृति नै थिइन्‌ । आजकलका मान्छेलाई 'कुखुरी काँ' को
होश दिने प्रकृति नै थिइन् । आजकलका मान्छेलाई 'कुखुरी काँ'  
मोल याहा छैन । उहिले-उहिले यो सिउरदार चरो समय देखाउने
को मोल थाहा छैन । उहिले–उहिले यो सिउरदार चरो समय देखाउने  
चीजहरूमध्येको भाले थियो । त्यस्तै हामी आजकल तारा हेर्दैनौं । तर
चिजहरुमध्येको भाले थियो । त्यस्तै हामी आजकल तारा हेर्दैनौं । तर  
उहिलेका मान्छेलाई आकाशमा जादू मात्रै थिएन । समयको संकेत पनि
उहिलेका मान्छेलाई आकाशमा जादु मात्रै थिएन । समयको सङ्केत पनि  
थियो । छायाको अध्ययन बीसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान्‌
थियो । छायाको अध्ययन बिसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान्
छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक
छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक  
संकेतहरूबाट समयको विचार गर्न मानिसहरू हामी जस्ता लापरबाही
सङ्केतहरुबाट समयको विचार गर्न मानिसहरु हामीजस्ता लापरबाही  
थिएनन्‌ र यो कुरा स्पष्टतया बहसविना मालूम हुन्छ कि घडीको
थिएनन् र यो कुरा स्पष्टतया बहसबिना मालुम हुन्छ कि घडीको  
आविष्कारले मनुष्यजातिलाई हानिसिवाय केही गरेन ।
आविष्कारले मनुष्य जातिलाई हानिसिवाय केही गरेन ।


हामीहरूले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न
हामीहरुले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न  
सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौं
सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौँ
हाम्रो मगजमा मेशीनको अत्याचार बढ्योर स्वतन्त्र अन्वेषण र प्राप्तिको
हाम्रो मगजमा मेसिनको अत्याचार बढ्यो र स्वतन्त्र अन्वेषण र प्राप्तिको  
मोहनीबाट सभ्य मानिस हरहमेशा बञ्चित छ । घडीविना विचार गर्ने
मोहनीबाट सभ्य मानिस हरहमेशा वञ्चित छ । घडी विना विचार गर्ने  
व्यासजी बने, घडी लिएर बिचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो । हामी
व्यासजी बने, घडी लिएर विचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो । हामी  
आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका
आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका  
टिकटिकीसँग तालमा मिल्दछन्‌ । हामी यन्त्र बनाउँछौं, उनीहरू मन्त्र
टिकटिकीसँग तालमा मिल्दछन् । हामी यन्त्र बनाउँछौं, उनीहरु मन्त्र  
बनाउँथे । जहाँ आधुनिक पुरुषलाई पाङ्ग्रा र कमानीको तालीममा काम
बनाउँथे । जहाँ आधुनिक पुरुषहरुलाई पाङ्ग्रा र कमानीको तालिममा काम  
गर्नुपर्दछ, पहिलेका मान्छेहरू प्रकृतिका संकेत सूचनाहरू पाएर विशालको
गर्नु पर्दछ, पहिलेका मान्छेहरु प्रकृतिका सङ्केत सूचनाहरु पाएर विशालको  
तालीममा काम गर्दथे ।
तालिममा काम गर्दथे ।


प्राचीन युगमा मनुष्यहरू त्रिकालदर्शी हुनुका कारण यो एक हुन
प्राचीन युगमा मनुष्यहरु त्रिकालदर्शी हुनुका कारण यो एक हुन  
सक्तछ कि उनीहरू समयलाई यसरी पार्दैनये र अनन्तको
सक्तछ कि उनीहरु समयलाई यसरी टुक्रा पार्दैनथे र अनन्तको  
आह्वानलाई सानो टिकटिकीमा परिणत हाम्रो आंशिक दृष्टि
आह्वानलाई सानो टिकटिकीमा परिणत गर्दैनथे । हाम्रो आंशिक दृष्टि  
छ, उनीहरूको समष्टिरूपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा त्रषि
छ, उनीहरुको समष्टिरुपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा ऋषि

Latest revision as of 11:18, 21 June 2025

This page has not been proofread

मान्छेलाई घडीबाट हानि

घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको होश दिने प्रकृति नै थिइन् । आजकलका मान्छेलाई 'कुखुरी काँ' को मोल थाहा छैन । उहिले–उहिले यो सिउरदार चरो समय देखाउने चिजहरुमध्येको भाले थियो । त्यस्तै हामी आजकल तारा हेर्दैनौं । तर उहिलेका मान्छेलाई आकाशमा जादु मात्रै थिएन । समयको सङ्केत पनि थियो । छायाको अध्ययन बिसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान् छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक सङ्केतहरुबाट समयको विचार गर्न मानिसहरु हामीजस्ता लापरबाही थिएनन् र यो कुरा स्पष्टतया बहसबिना मालुम हुन्छ कि घडीको आविष्कारले मनुष्य जातिलाई हानिसिवाय केही गरेन ।

हामीहरुले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौँ । हाम्रो मगजमा मेसिनको अत्याचार बढ्यो र स्वतन्त्र अन्वेषण र प्राप्तिको मोहनीबाट सभ्य मानिस हरहमेशा वञ्चित छ । घडी विना विचार गर्ने व्यासजी बने, घडी लिएर विचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो । हामी आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका टिकटिकीसँग तालमा मिल्दछन् । हामी यन्त्र बनाउँछौं, उनीहरु मन्त्र बनाउँथे । जहाँ आधुनिक पुरुषहरुलाई पाङ्ग्रा र कमानीको तालिममा काम गर्नु पर्दछ, पहिलेका मान्छेहरु प्रकृतिका सङ्केत र सूचनाहरु पाएर विशालको तालिममा काम गर्दथे ।

प्राचीन युगमा मनुष्यहरु त्रिकालदर्शी हुनुका कारण यो एक हुन सक्तछ कि उनीहरु समयलाई यसरी टुक्रा पार्दैनथे र अनन्तको आह्वानलाई सानो टिकटिकीमा परिणत गर्दैनथे । हाम्रो आंशिक दृष्टि छ, उनीहरुको समष्टिरुपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा ऋषि