Jump to content

Page:Laxmi nibandhasangraha.pdf/201: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{x-larger|'''जुँघा'''}}
{{x-larger|'''जुँघा'''}}


म के लेखूँ के लेखूँ जस्तो भएर विचारशूत्य क्षणमा घोरिइरहेको
म के लेखूँ के लुखूँ जस्ता भएर विचारशून्य क्षणमा घोरिइरहेको  
वेलामा आदती तबरले मेरा बायाँ हातका बूढी र चोर औंला माथिल्लो
बेलामा आदती तवरले मेरा बायाँ हातका बुढी र चोर औंला माथिल्लो  
ओठकाती मर्दमर्यादास्वरूप रोमागुच्छ तह लाउने काममा पुगेछन्‌,
ओठका ती मर्दमर्यादास्वरुप रोमगच्छ तह लाउने काममा पुगेछन्,  
जसलाई 'जुँघा मुसार्नु' भन्दछन्‌ । मैले के भावले जुँघामा ताउ लाउन
जसलाई 'जुँघा मुसार्नु' भन्दछन् । मैले के भावले जँघामा ताउ लागन
लागेँ म भन्न सक्तिनँ, न त म मनोवैज्ञानिक छु । तर जब मगज रित्तो
लागें म भन्न सक्तिनँ, न त म मनोवैज्ञानिक छु । तर जब मगज रित्तो  
भएर आत्मबल र आत्मतेजको कमीमा मर्दको आत्मा सचेत भएर
भएर आत्मबल र आत्मतेजको कमीमा मर्दको आत्मा सचेत भएर  
आउँछ; तब आफूलाई आश्वासन दिने एक मर्दाना तवर शायद यो रहेछ
आउँछ; तब आफूलाई आश्वासन दिने एक मर्दाना तवर सायद यो रहेछ  
कि जुँघालाई सम्याउनु !
कि जुँघालाई सम्याउनु !


यो कागज-कलम, मसीका क्षेत्रमा पनि लडाइँ छ, यहाँ पनि
यो कागज–कलम, मसीका क्षेत्रमा पनि लडाइँ छ, यहाँ पनि  
वीरताको आवश्यकता छ । मलाई संसारका मगजसँग लडेर जितेर
वीरताको आवश्यकता छ । मलाई संसारका मगजसँग लडेर जितेर  
रोटी र नाम दुवै कमाउनुपर्दछ । मैले लेखेका कुरामा छिः छि; गरिदेलान्‌
रोटी र नाम दुवै कमाउनु पर्दछ । मैले लेखेका कुरामा छिः छिः गरिदेलान्
भन्ने त्रास हरहमेशा भित्र छिपेर सावधानी दिइरहेछ । यो जोडतोडको
भन्ने त्रास हरहमेशा भित्र छिपेर सावधानी दिइरहेछ । यो जोडतोडको  
दुनियाँमा म पछि पर्न चाहन्नँ । प्रख्याति र आत्मप्रदर्शनको मीठो ऐँडीले
दुनियाँमा म पछि पर्न चाहन्न । प्रख्याति र आत्मप्रदर्शनको मिठो ऐंडीले
मर्दको पयर संसारमा अघि बढाइरहेछ । मेरो मगज अहिले रित्तो छ,
मर्दको पयर संसारमा अघि बढाइरहेछ । मेरो मगज अहिले रित्तो छ,  
मिही भावनाहरू शून्य छन्‌, कविताको गन्ध पनि हृदयमा छैन । अहिले
मिही भावनाहरु शून्य छन्, कविताको गन्ध पनि हृदयमा छैन । अहिले  
म यो बोधो चिच्याहटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा
म यो बोधो चिच्याहटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा  
मगजको कारखानालाई शून्यजस्तो बनाएर बीच-बीचमा पैदा गर्दछिन्‌
मगजको कारखानालाई शून्य जस्तो बनाएर बिच–बिचमा पैदा गर्दछिन् ।
कति कपाल कन्याएँ, तर व्यर्थ भयो, मगजका जादूगरी गिर्खाहरू कुनै
कति कपाल कन्याएँ, तर व्यर्थ भयो, मगजका जादुगरी गिर्खाहरु कुनै  
विषयमा झल्कँदै, रुनफुनाउँदै जाग्रत हुन सकेनन्‌ । मउपर एक उराठ
विषयमा झल्कँदै, रुनझुनाउँदै जाग्रत हुन सकेनन् । मउपर एक उराठ  
बदली लागेजस्तो भयो, जसमा बिजुली छैन । तब पुरुषले आफ्नो
बदली लागेजस्तो भयो, जसमा बिजुली छैन । तब पुरुषले आफ्नो  
पुरुषार्थको चिह्न नपाउँदा आफ्नो तेज र तागतको कमीमा सचेत भएर
पुरुषर्थको चिह्न नपाउँदा आफ्नो तेज र तागतको कमीमा सचेत भएर  
आउँदा अर्को चीज के सम्भियोस्‌ बरा !- ओठमाथिको जुँघासिवाय ?
आउँदा अर्को चिज के सम्झियोस् बरा ! ओठमाथिको जुँघासिवाय ?


तपाईंले याद गर्नुभएको होला- जब पूर्णवयस्क युवकलाई कसैले
तपाईंले याद गर्नु भएको होला– जब पूर्णवयस्क युवकलाई कसैले  
नामर्दको शब्दले गाली गर्दछ, तब अरू आड नपाएर आफ्ना औंलाद्वारा
नामर्दको शब्दले गाली गर्दछ, तब अरु आड नपाएर आफ्ना औंलाद्वारा

Latest revision as of 11:02, 21 June 2025

This page has not been proofread

जुँघा

म के लेखूँ के लुखूँ जस्ता भएर विचारशून्य क्षणमा घोरिइरहेको बेलामा आदती तवरले मेरा बायाँ हातका बुढी र चोर औंला माथिल्लो ओठका ती मर्दमर्यादास्वरुप रोमगच्छ तह लाउने काममा पुगेछन्, जसलाई 'जुँघा मुसार्नु' भन्दछन् । मैले के भावले जँघामा ताउ लागन लागें म भन्न सक्तिनँ, न त म मनोवैज्ञानिक छु । तर जब मगज रित्तो भएर आत्मबल र आत्मतेजको कमीमा मर्दको आत्मा सचेत भएर आउँछ; तब आफूलाई आश्वासन दिने एक मर्दाना तवर सायद यो रहेछ कि जुँघालाई सम्याउनु !

यो कागज–कलम, मसीका क्षेत्रमा पनि लडाइँ छ, यहाँ पनि वीरताको आवश्यकता छ । मलाई संसारका मगजसँग लडेर जितेर रोटी र नाम दुवै कमाउनु पर्दछ । मैले लेखेका कुरामा छिः छिः गरिदेलान् भन्ने त्रास हरहमेशा भित्र छिपेर सावधानी दिइरहेछ । यो जोडतोडको दुनियाँमा म पछि पर्न चाहन्न । प्रख्याति र आत्मप्रदर्शनको मिठो ऐंडीले मर्दको पयर संसारमा अघि बढाइरहेछ । मेरो मगज अहिले रित्तो छ, मिही भावनाहरु शून्य छन्, कविताको गन्ध पनि हृदयमा छैन । अहिले म यो बोधो चिच्याहटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा मगजको कारखानालाई शून्य जस्तो बनाएर बिच–बिचमा पैदा गर्दछिन् । कति कपाल कन्याएँ, तर व्यर्थ भयो, मगजका जादुगरी गिर्खाहरु कुनै विषयमा झल्कँदै, रुनझुनाउँदै जाग्रत हुन सकेनन् । मउपर एक उराठ बदली लागेजस्तो भयो, जसमा बिजुली छैन । तब पुरुषले आफ्नो पुरुषर्थको चिह्न नपाउँदा आफ्नो तेज र तागतको कमीमा सचेत भएर आउँदा अर्को चिज के सम्झियोस् बरा ! ओठमाथिको जुँघासिवाय ?

तपाईंले याद गर्नु भएको होला– जब पूर्णवयस्क युवकलाई कसैले नामर्दको शब्दले गाली गर्दछ, तब अरु आड नपाएर आफ्ना औंलाद्वारा