Jump to content

Page:Laxmi nibandhasangraha.pdf/174: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
<blockquote><b>
<blockquote><b>
<poem>
<poem>
“बोट बनाएँ जीवनको ।
"बोट बनाएँ जीवनको ।
बुन्तहरूको फूल
वृन्तहरुको झूल
रङ्ग बनाएँ प्रम मृबुलको
रङ बनाएँ प्रेम मृदुलको
'बाल' बनाएँ फूल ॥
'बाल' बनाएँ फूल ॥
पातहरूको खोपी बनाएँ ।
पातहरुको खोपी बनाएँ ।
आकारी शोभन ॥
आकारी शोभन ॥
श्वासहरूले सुस्त झुलाएँ ।
श्वासहरुले सुस्त झुलाएँ ।
मेरो सुन्दर मोहन !
मेरो सन्दर मोहन !
कण्टकहरूका चिन्तनहरूले
कण्टकहरुका चिन्तनहरुले
रक्षण गर्दै क्षण-क्षण
रक्षण गर्दै क्षण–क्षण
'शीतल-शीतल आँसुहरूले
शीतल–शीतल आँसुहरुले
गरेँ प्रतिदिन रोदन ! ॥
गरें प्रतिदिन रोदन ! ॥
तैपनि बैल्यो हाय जुहार ।
तैपनि बैल्यो हाय जुहार ।
कसरी राखूँ म जीवन !
कसरी राखूँ म जीवन !"
<poem>
</poem>
</b></blockquote>
</b></blockquote>


यहाँ ध्वनिसँग फूलका बोटहरू फूल ओइलिनासाथ जीवनलाई
यहाँ ध्वनिसँग फूलका बोटहरु फूल ओइलिनासाथ जीवनलाई  
निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन्‌
निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन्


के कसैले बाल-वियोगमा आमाको दिल रोएको देखेको छ! त्यो
के कसैले बाल–वियोगमा आमाको दिल रोएको देखेको छ ! त्यो  
वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ ।
वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ ।  
मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा
मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा  
घुसेर प्रतिदिन असंख्य जगत्हरूलाई 'गहभर भर नीर' बनाउँदछ । हामी
घुसेर प्रतिदिन असङ्ख्य जगत्हरुलाई 'गहभर भर नीर' बनाउँदछ । हामी  
जीवनर संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले
जीवन र संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले  
रुलाउने क्रन्दनमा बुभ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको
रुलाउने क्रन्दनमा बुझ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको  
घाममा अंघेरी देख्तछौं । महत्त्वाकांक्षा पनि त्यस ध्वनिमा असारताको
घाममा अँधेरी देख्तछौं । महत्वाकाङ्क्षा पनि त्यस ध्वनिमा असारताको  
स्पर्शले झुकेर झरेका पत्तीहरू माटामा ओइलाइरहेको देख्तछ । पातका
स्पर्शले झुकेर झरेका पत्तीहरु माटामा ओइलाइरहेको देख्तछ । पातका

Latest revision as of 21:55, 20 June 2025

This page has not been proofread

आमाको दिल

"बोट बनाएँ जीवनको ।
वृन्तहरुको झूल ॥
रङ बनाएँ प्रेम मृदुलको ।
'बाल' बनाएँ फूल ॥
पातहरुको खोपी बनाएँ ।
आकारी शोभन ॥
श्वासहरुले सुस्त झुलाएँ ।
मेरो सन्दर मोहन !
कण्टकहरुका चिन्तनहरुले ।
रक्षण गर्दै क्षण–क्षण ।
शीतल–शीतल आँसुहरुले ।
गरें प्रतिदिन रोदन ! ॥
तैपनि बैल्यो हाय जुहार ।
कसरी राखूँ म जीवन !"

यहाँ ध्वनिसँग फूलका बोटहरु फूल ओइलिनासाथ जीवनलाई निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन् ।

के कसैले बाल–वियोगमा आमाको दिल रोएको देखेको छ ! त्यो वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ । मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा घुसेर प्रतिदिन असङ्ख्य जगत्हरुलाई 'गहभर भर नीर' बनाउँदछ । हामी जीवन र संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले रुलाउने क्रन्दनमा बुझ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको घाममा अँधेरी देख्तछौं । महत्वाकाङ्क्षा पनि त्यस ध्वनिमा असारताको स्पर्शले झुकेर झरेका पत्तीहरु माटामा ओइलाइरहेको देख्तछ । पातका