Jump to content

Page:Laxmi nibandhasangraha.pdf/152: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{x-larger|'''आकार र अभिप्राय'''}}}}
{{Right|{{x-larger|'''आकार र अभिप्राय'''}}}}


विश्वमा आकारमा अन्धोपन देखिँदैन । काकतालीको मात्रा केही
विश्वमा आकारमा अन्धोपन देखिंदैन । काकतालीको मात्रा केही
देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव
देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव
पाइन्छ । हामी जति अचानक भन्छौँ त्यसमा पनि अशेष नियमहरूको
पाइन्छ । हामी जति अचानक भन्छौं त्यसमा पनि अशेष नियमहरूको
सृक्ष्मता भएजस्तो विदित हुन्छ । यसकारण हामी अन्धो प्रकृतिमा निर्भर
सूक्ष्मता भएजस्तो विदित हुन्छ । यसकारण हामी अन्धो प्रकृतिमा निर्भर
रहन सक्तैनौं । सृक्ष्मातिसृक्ष्ममा चमत्कारी होश राख्ने कोही मानव-
रहन सक्तैनौं । सूक्ष्मातिसूक्ष्ममा चमत्कारी होश राख्ने कोही मानव-
चैतन्य काम गरिरहेको स्पष्ट झल्कन्छ । यसैले रस्किनसाहबले भनेथे-
चैतन्य काम गरिरहेको स्पष्ट झल्कन्छ । यसैले रस्किनसाहबले भनेथे–
"एउटा मकै उम्रेको हेर ! त्यहीँ संसारका ज्ञान छन्‌ ।'
'एउटा मकै उम्रेको हेर ! त्यहीं संसारका ज्ञान छन्‌ ।'


माथि बताइएको दृष्टान्तमा हामीले चित्रात्मक कल्पना लगायौं
माथि बताइएको दृष्टान्तमा हामीले चित्रात्मक कल्पना लगायौं
भने हामीलाई यो चैतन्यको क्रिया स्पष्ट झल्कन्छ । मकैको चाउरे-
भने हामीलाई यो चैतन्यको क्रिया स्पष्ट झल्कन्छ । मकैको चाउरे-
चाएरे सेतो आँख्ले पहेँलो दानाभित्र बोट पहिले नै सृक्ष्माकारित रहेको
चाउरे सेतो आँख्ले पहेंलो दानाभित्र बोट पहिले नै सृक्ष्माकारित रहेको
थियो । त्यहाँ हाँगा हाल्ने, जरा फैलाउने, रस सोस्ने, तेज र पोषहरू
थियो । त्यहाँ हाँगा हाल्ने, जरा फैलाउने, रस सोस्ने, तेज र पोषहरू
मिलाउने, संचालन गर्ने, व्यायाम लिने, बीज संरक्षण गर्ने विकासी
मिलाउने, संचालन गर्ने, व्यायाम लिने, बीज संरक्षण गर्ने विकासी
Line 20: Line 20:
रहस्यको अँधेरीबाट स्पष्ट हुन र व्यक्त हुन लाग्यो । के उसलाई थाहा
रहस्यको अँधेरीबाट स्पष्ट हुन र व्यक्त हुन लाग्यो । के उसलाई थाहा
थियो कि जरा तलतिर हाल्नुपर्छ र सोझो तल मात्र होइन तर
थियो कि जरा तलतिर हाल्नुपर्छ र सोझो तल मात्र होइन तर
पाशर्वविस्तारमा ? के उसलाई थाहा थियो कि माटाका साना गिर्खाहरू
पार्श्वविस्तारमा ? के उसलाई थाहा थियो कि माटाका साना गिर्खाहरू
धुलाउनु र तिनबाट खनिज र अरू पोष निकाल्नुपर्दछ ? बढतीमुताबिक
धुलाउनु र तिनबाट खनिज र अरू पोष निकाल्नुपर्दछ ? बढतीमुताबिक
टाँस्सिने, पक्डिने र फैलिने क्रियाहरूको हिसाबी जरूरत बढ्दै जान्छ
टाँस्सिने, पक्डिने र फैलिने क्रियाहरूको हिसाबी जरूरत बढ्दै जान्छ
भन्ने के पहिले नै थाहा पाउँथ्यो ? के उसलाई याद थियो कि वर्षाले
भन्ने के पहिले नै थाहा पाउँथ्यो ? के उसलाई याद थियो कि वर्षाले
खनिज पदार्थका पोषणहरू घोलको रूपमा प्राप्य बनाउँछ र त्यसका
खनिज पदार्थका पोषणहरू घोलको रूपमा प्राप्य बनाउँछ र त्यसका
निमित्त नलीहरूको जरूरत पर्दछ ? के उसले ओसजन नक्तजन सूक्ष्म
निमित्त नलीहरूको जरूरत पर्दछ ? के उसले ओसजन नक्तजन सूक्ष्म

Latest revision as of 13:31, 26 February 2025

This page has been proofread

आकार र अभिप्राय

विश्वमा आकारमा अन्धोपन देखिंदैन । काकतालीको मात्रा केही देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव पाइन्छ । हामी जति अचानक भन्छौं त्यसमा पनि अशेष नियमहरूको सूक्ष्मता भएजस्तो विदित हुन्छ । यसकारण हामी अन्धो प्रकृतिमा निर्भर रहन सक्तैनौं । सूक्ष्मातिसूक्ष्ममा चमत्कारी होश राख्ने कोही मानव- चैतन्य काम गरिरहेको स्पष्ट झल्कन्छ । यसैले रस्किनसाहबले भनेथे– 'एउटा मकै उम्रेको हेर ! त्यहीं संसारका ज्ञान छन्‌ ।'

माथि बताइएको दृष्टान्तमा हामीले चित्रात्मक कल्पना लगायौं भने हामीलाई यो चैतन्यको क्रिया स्पष्ट झल्कन्छ । मकैको चाउरे- चाउरे सेतो आँख्ले पहेंलो दानाभित्र बोट पहिले नै सृक्ष्माकारित रहेको थियो । त्यहाँ हाँगा हाल्ने, जरा फैलाउने, रस सोस्ने, तेज र पोषहरू मिलाउने, संचालन गर्ने, व्यायाम लिने, बीज संरक्षण गर्ने विकासी भावहरू प्राथमिक अवस्थामा केन्द्रीभूत थिए, अस्पष्ट र अस्फुटको राज्यमा । जब माटो तयार पारेर त्यो दाना रोपियो, त्यसका अव्यक्त भावनाहरू स्थान पाएर आत्मविस्तारक सिर्जनामा प्राकृतिक फैलाहटको प्रेरणा पाउन लागे । त्यसका परमाणुहरूमा जो चमत्कार गुप्त थियो, सो रहस्यको अँधेरीबाट स्पष्ट हुन र व्यक्त हुन लाग्यो । के उसलाई थाहा थियो कि जरा तलतिर हाल्नुपर्छ र सोझो तल मात्र होइन तर पार्श्वविस्तारमा ? के उसलाई थाहा थियो कि माटाका साना गिर्खाहरू धुलाउनु र तिनबाट खनिज र अरू पोष निकाल्नुपर्दछ ? बढतीमुताबिक टाँस्सिने, पक्डिने र फैलिने क्रियाहरूको हिसाबी जरूरत बढ्दै जान्छ भन्ने के ऊ पहिले नै थाहा पाउँथ्यो ? के उसलाई याद थियो कि वर्षाले खनिज पदार्थका पोषणहरू घोलको रूपमा प्राप्य बनाउँछ र त्यसका निमित्त नलीहरूको जरूरत पर्दछ ? के उसले ओसजन नक्तजन सूक्ष्म