Jump to content

Page:Laxmi nibandhasangraha.pdf/137: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हाम्रो नफरत छ । 'हट, हट, साघुजी ! म तिमीलाई पैसा दिन पाप
हाम्रो नफरत छ । 'हट, हट, साधुजी ! म तिमीलाई पैसा दिन पाप
सम्झन्छु ।' अनि बिचरा भारतका आत्माका कलेजा काँप्तछन्‌, र साधुजी
सम्झन्छु ।' अनि बिचरा भारतका आत्माका कलेजा काँप्तछन्‌, र साधुजी
आँखा वडा लगाएर नवीन सभ्यताको वाङ्मुखलाई मूक घृणाले हेर्दछन्‌ ।
आँखा वडा लगाएर नवीन सभ्यताको वाङ्‌मुखलाई मूक घृणाले हेर्दछन्‌ ।
'के आँखा पल्टाउँछौ, महात्माजी ! चल आफ्नो बाटो ! आजकलको
'के आँखा पल्टाउँछौ, महात्माजी ! चल आफ्नो बाटो ! आजकलको
जीवनसंग्रामको घच्चा-घमासानमा पेट सजिलोसँग पुरिदैन बुभ्यौ ?
जीवनसंग्रामको घच्चा-घमासानमा पेट सजिलोसँग पुरिदैन बुझ्यौ ?
तिमी जस्ता रिसाएर हामी डराउँदैनौं ।' अनि साधु सराप्नु खराब सम्झेर
तिमी जस्ता रिसाएर हामी डराउँदैनौं ।' अनि साधु सराप्नु खराब सम्झेर
मनमनै भन्दछन्‌ : 'अंग्रेजी भूत सवार भएछ तेरो शिरमा ! बिचरा ! कुन
मनमनै भन्दछन्‌ : 'अंग्रेजी भूत सवार भएछ तेरो शिरमा ! बिचरा ! कुन
दिन ठम्कर पाएर बुभ्लास्‌ ।'
दिन ठम्कर पाएर बुझ्लास्‌ ।'


हामी यस्तै संघर्षणमा छौँ । कलेज र संस्कृत पाठशाला
हामी यस्तै संघर्षणमा छौं । कलेज र संस्कृत पाठशाला
मिलिसकेका छैनन्‌ । प्राचीन र नवीनको आँखाजुधाइ परिरहेछ । गाल्ने
मिलिसकेका छैनन्‌ । प्राचीन र नवीनको आँखाजुधाइ परिरहेछ । गाल्ने
भाँडोमा जीवन परेको छ । नयाँ विचार र पुराना आदर्शहरू दुई लहरी
भाँडोमा जीवन परेको छ । नयाँ विचार र पुराना आदर्शहरू दुई लहरी
Line 16: Line 16:
मालामा विश्वास छ उता भालामा, यिनीहरू भस्मलेपन गर्दछन्‌, उनीहरू
मालामा विश्वास छ उता भालामा, यिनीहरू भस्मलेपन गर्दछन्‌, उनीहरू
पाउडर, यिनीहरू चिसो पानीमा नुहाउँछन्‌, उनीहरू तातोमा । यिनलाई
पाउडर, यिनीहरू चिसो पानीमा नुहाउँछन्‌, उनीहरू तातोमा । यिनलाई
रिद्ठढा काफी छ, उनलाई चाहिन्छ साबुन, उनीहरू भन्दछन्‌-'दतिउन
रिट्ठा काफी छ, उनलाई चाहिन्छ साबुन, उनीहरू भन्दछन्‌–'दतिउन
असभ्य, खस्रो चीज हो ।' यिनीहरू भन्दछन्‌-'तिम्रा दाँत चाँडै झर्दछन्‌ ।'
असभ्य, खस्रो चीज हो ।' यिनीहरू भन्दछन्‌–'तिम्रा दाँत चाँडै झर्दछन्‌ ।'
एउटालाई नवीन सभ्यताको बोक्रे झिलिमिली जँच्तछ, अर्कोलाई
एउटालाई नवीन सभ्यताको बोक्रे झिलिमिली जँच्तछ, अर्कोलाई
प्राचीनपना बूढो गोरुको पुच्छर । कन्दमूल एक पुछारमा छ, प्लेट र
प्राचीनपना बूढो गोरुको पुच्छर । कन्दमूल एक पुछारमा छ, प्लेट र
कटलेट अर्को पृछारमा ! र यिनीहरूको काटाकाटबाट हाम्रो भविष्य कन
कटलेट अर्को पुछारमा ! र यिनीहरूको काटाकाटबाट हाम्रो भविष्य कुन
रूप धारण गर भन्दै धर्मराइरहेको छ ।
रूप धारण गरूँ भन्दै धर्मराइरहेको छ ।


भारतको भविष्य राम्ररी देख्नलाई मेरो नजरमा योग्यता छैन
भारतको भविष्य राम्ररी देख्नलाई मेरो नजरमा योग्यता छैन
तापनि मलाई प्राचीनको अवहेलना सुनेर कहाँ-कहाँ के-के बिभदछ
तापनि मलाई प्राचीनको अवहेलना सुनेर कहाँ-कहाँ के-के बिझ्दछ
क्रषिमुनिहरूकै पुत्र हुँ र तिनकै शोणित पवित्र राख्नुमा मेरो जाति र
ऋषिमुनिहरूकै पुत्र हुँ र तिनकै शोणित पवित्र राख्नुमा मेरो जाति र
जीवनको प्राण छ । मलाई अंग्रेजीले मेरो सुवर्ण परम्पराबाट अलग
जीवनको प्राण छ । मलाई अंग्रेजीले मेरो सुवर्ण परम्पराबाट अलग
गराएर आफ्नो कदममा चलाउन चाहन्छ । म भन्दछु कि कुनै-कनै
गराएर आफ्नो कदममा चलाउन चाहन्छ । म भन्दछु कि कुनै-कनै
Line 31: Line 31:
पनि शिक्षाको एक अंश हो । तर म मेरा पुर्खाहरूलाई बिर्सन चाहन्नँ ।
पनि शिक्षाको एक अंश हो । तर म मेरा पुर्खाहरूलाई बिर्सन चाहन्नँ ।
मलाई बाइबल साहित्य जस्तो लाग्दछ अलि मीठो, तर धर्मपुस्तक मेरा
मलाई बाइबल साहित्य जस्तो लाग्दछ अलि मीठो, तर धर्मपुस्तक मेरा
वेद नै हन्‌ त्रषिले शनिश्व्वरबार घर नछाड्न भनेको कुरामा मेरा
वेद नै हुन्‌ ऋषिले शनिश्चरबार घर नछाड्नू भनेको कुरामा मेरा

Latest revision as of 20:59, 25 February 2025

This page has been proofread

हाम्रो नफरत छ । 'हट, हट, साधुजी ! म तिमीलाई पैसा दिन पाप सम्झन्छु ।' अनि बिचरा भारतका आत्माका कलेजा काँप्तछन्‌, र साधुजी आँखा वडा लगाएर नवीन सभ्यताको वाङ्‌मुखलाई मूक घृणाले हेर्दछन्‌ । 'के आँखा पल्टाउँछौ, महात्माजी ! चल आफ्नो बाटो ! आजकलको जीवनसंग्रामको घच्चा-घमासानमा पेट सजिलोसँग पुरिदैन बुझ्यौ ? तिमी जस्ता रिसाएर हामी डराउँदैनौं ।' अनि साधु सराप्नु खराब सम्झेर मनमनै भन्दछन्‌ : 'अंग्रेजी भूत सवार भएछ तेरो शिरमा ! बिचरा ! कुन दिन ठम्कर पाएर बुझ्लास्‌ ।'

हामी यस्तै संघर्षणमा छौं । कलेज र संस्कृत पाठशाला मिलिसकेका छैनन्‌ । प्राचीन र नवीनको आँखाजुधाइ परिरहेछ । गाल्ने भाँडोमा जीवन परेको छ । नयाँ विचार र पुराना आदर्शहरू दुई लहरी भएर दुईतिरबाट जुधिरहेछन्‌ । साधुका आँखामा त्यत्तिकै घृणा छ, जत्तिको अर्थशास्त्रको विश्वविद्यालयका अध्यापकको उसका छात्रवर्गहरूको नजरमा । यता जटा छ उता तलाश, यता राम छ उता काम, यता मालामा विश्वास छ उता भालामा, यिनीहरू भस्मलेपन गर्दछन्‌, उनीहरू पाउडर, यिनीहरू चिसो पानीमा नुहाउँछन्‌, उनीहरू तातोमा । यिनलाई रिट्ठा काफी छ, उनलाई चाहिन्छ साबुन, उनीहरू भन्दछन्‌–'दतिउन असभ्य, खस्रो चीज हो ।' यिनीहरू भन्दछन्‌–'तिम्रा दाँत चाँडै झर्दछन्‌ ।' एउटालाई नवीन सभ्यताको बोक्रे झिलिमिली जँच्तछ, अर्कोलाई प्राचीनपना बूढो गोरुको पुच्छर । कन्दमूल एक पुछारमा छ, प्लेट र कटलेट अर्को पुछारमा ! र यिनीहरूको काटाकाटबाट हाम्रो भविष्य कुन रूप धारण गरूँ भन्दै धर्मराइरहेको छ ।

भारतको भविष्य राम्ररी देख्नलाई मेरो नजरमा योग्यता छैन तापनि मलाई प्राचीनको अवहेलना सुनेर कहाँ-कहाँ के-के बिझ्दछ । ऋषिमुनिहरूकै पुत्र हुँ र तिनकै शोणित पवित्र राख्नुमा मेरो जाति र जीवनको प्राण छ । मलाई अंग्रेजीले मेरो सुवर्ण परम्पराबाट अलग गराएर आफ्नो कदममा चलाउन चाहन्छ । म भन्दछु कि कुनै-कनै विषयमा मैले सिक्नु, देख्नु र खोज्नु बाँकी छ र पाश्चात्य समुद्रयात्रा पनि शिक्षाको एक अंश हो । तर म मेरा पुर्खाहरूलाई बिर्सन चाहन्नँ । मलाई बाइबल साहित्य जस्तो लाग्दछ अलि मीठो, तर धर्मपुस्तक मेरा वेद नै हुन्‌ । ऋषिले शनिश्चरबार घर नछाड्नू भनेको कुरामा मेरा