Page:Laxmi nibandhasangraha.pdf/105: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
धोबीखोलामा टिपेर मुन्ट्याउन कति बेर ? चौपायामा अरू किसिमका | |||
जन्तुहरू उनलाई सुभदै सुझेनन् र बल हाँक भएका घोडाहरूको कथा सम्झँदै उनको चिकित्सक रोगतरासी आत्मा तर्सिहाल्दथ्यो । आखिरमा धेरै बेर जुँघा बटारेर गौड गर्दा ज्ञानकोष धीमा तबरसँग खुल्यो कि | जन्तुहरू उनलाई सुभदै सुझेनन् र बल हाँक भएका घोडाहरूको कथा | ||
सम्झँदै उनको चिकित्सक रोगतरासी आत्मा तर्सिहाल्दथ्यो । आखिरमा | |||
धेरै बेर जुँघा बटारेर गौड गर्दा ज्ञानकोष धीमा तबरसँग खुल्यो कि | |||
उनको पुड्के छोटखुट्टे मूर्तिलाई सकभर सानो किसिमको वाहन सुहाउँथ्यो । | उनको पुड्के छोटखुट्टे मूर्तिलाई सकभर सानो किसिमको वाहन सुहाउँथ्यो । | ||
के गणेशजी मूसामा चढ्दैनथे र ? तब एक दिन उनले खोज्दा-खोज्दा | के गणेशजी मूसामा चढ्दैनथे र ? तब एक दिन उनले खोज्दा-खोज्दा | ||
वामन बनजरको घरमा बाँधेको च्याङ्ग्रे खच्चर देखेर उनको चित्तले सन्तोषको घुट्को पियो । पैसा पनि थोरै पर्ने र चढ्न पनि | वामन बनजरको घरमा बाँधेको च्याङ्ग्रे खच्चर देखेर उनको चित्तले | ||
सन्तोषको घुट्को पियो । पैसा पनि थोरै पर्ने र चढ्न पनि भर्याङ | |||
लाउन नपर्ने, न पर्खाल-पेटीबाट उक्लनुपर्ने । तब टिप्नेका बारेमा त्यसको | लाउन नपर्ने, न पर्खाल-पेटीबाट उक्लनुपर्ने । तब टिप्नेका बारेमा त्यसको | ||
बाबुको के मजाज | बाबुको के मजाज ? उनी सानो भए पनि च्यवनप्रास खाएर निक्कै | ||
गठिला थिए । तब त्यतिको च्याखुरेले टिप्न खोजे दुई हात र पयरले | गठिला थिए । तब त्यतिको च्याखुरेले टिप्न खोजे दुई हात र पयरले | ||
च्यापेर पनि अथवा ह्याकुलाले मिचेर पनि त्यसलाई अडाउन सक्तथे | च्यापेर पनि अथवा ह्याकुलाले मिचेर पनि त्यसलाई अडाउन सक्तथे । | ||
यस किसिमको खरीदमा उनलाई बिलकुल खतराको सम्भावना देखिएन | यस किसिमको खरीदमा उनलाई बिलकुल खतराको सम्भावना देखिएन | ||
र पैसा | र पैसा सोद्धा बिचरो गरीब बामन बनजरले दमको औषधि गरेको बापत | ||
सित्तैंमा टक्र्याउँछ भन्ने निवेदन गर्यो । अनि त्यस दिनदेखि त्यही | |||
च्याङ्ग्रे खच्चरमा विराजमान भएका हाम्रा कविराजजी सबैभन्दा एक | च्याङ्ग्रे खच्चरमा विराजमान भएका हाम्रा कविराजजी सबैभन्दा एक | ||
कुरामा ज्यादा सुबिस्ता देख्तथे कि सडकमा हुँदा ढोग्ने र टाउको थाप्ने | |||
पहिचानहरूलाई आशीर्वाद दिन धेरै निहुरनु या हात लम्याउनको जरूरत | पहिचानहरूलाई आशीर्वाद दिन धेरै निहुरनु या हात लम्याउनको जरूरत | ||
थिएन, अरू लम्बा-चौडा अरबी सिलिङ भए त्यो पनि त मुश्किलकै कुरो | थिएन, अरू लम्बा-चौडा अरबी सिलिङ भए त्यो पनि त मुश्किलकै कुरो | ||
Line 20: | Line 23: | ||
उनी मुखभरिको जवाफ दिन्थे । 'बोको र घोडा त चिन्नुहुन्न तपाईं, खै ! | उनी मुखभरिको जवाफ दिन्थे । 'बोको र घोडा त चिन्नुहुन्न तपाईं, खै ! | ||
दूध-पेडामा झुक्किने मान्छेका जस्ता कुरा नगर्नोस् न ए ? कि खसीलाई | दूध-पेडामा झुक्किने मान्छेका जस्ता कुरा नगर्नोस् न ए ? कि खसीलाई | ||
गधा बनाउने ठगहरूको किस्सा | गधा बनाउने ठगहरूको किस्सा दोहर्याउन आँट्नुभयो ? कहाँ भन्नुहुन्छ ! | ||
सानो भए पनि निक्कै पो छ त यो पनि ! खुर-खुर खुर-खुर गर्छ ! खालि | सानो भए पनि निक्कै पो छ त यो पनि ! खुर-खुर खुर-खुर गर्छ ! खालि | ||
सिप्कनो चाहिन्छ ।' | सिप्कनो चाहिन्छ ।' | ||
शाङ्कर साँढेमा चढेर कसले निन्दा गर्न सक्यो ? गणेशजी मूसामा | |||
चढेर साना भएनन् । सरस्वती हाँसमा चढेर पनि संसारको पूजा पाउँदैछिन् | चढेर साना भएनन् । सरस्वती हाँसमा चढेर पनि संसारको पूजा पाउँदैछिन् | ||
भने हाम्रा कविराज बाजेलाई च्याङ्ग्रे खच्चरमा चढ्दैमा नचिन्ने र ढोग्न | भने हाम्रा कविराज बाजेलाई च्याङ्ग्रे खच्चरमा चढ्दैमा नचिन्ने र ढोग्न | ||
नआउने को होला ? फेरि 'पहाड चढ्दैमा मान्छे ठूलो हुन्न । नत्र | नआउने को होला ? फेरि 'पहाड चढ्दैमा मान्छे ठूलो हुन्न । नत्र | ||
लेकका मान्छेहरू सर्वोच्च सम्झिनुपर्ने हो । अनि वाहनको काम बोक्नुभन्दा | लेकका मान्छेहरू सर्वोच्च सम्झिनुपर्ने हो । अनि वाहनको काम बोक्नुभन्दा |
Latest revision as of 16:32, 18 February 2025
धोबीखोलामा टिपेर मुन्ट्याउन कति बेर ? चौपायामा अरू किसिमका जन्तुहरू उनलाई सुभदै सुझेनन् र बल हाँक भएका घोडाहरूको कथा सम्झँदै उनको चिकित्सक रोगतरासी आत्मा तर्सिहाल्दथ्यो । आखिरमा धेरै बेर जुँघा बटारेर गौड गर्दा ज्ञानकोष धीमा तबरसँग खुल्यो कि उनको पुड्के छोटखुट्टे मूर्तिलाई सकभर सानो किसिमको वाहन सुहाउँथ्यो । के गणेशजी मूसामा चढ्दैनथे र ? तब एक दिन उनले खोज्दा-खोज्दा वामन बनजरको घरमा बाँधेको च्याङ्ग्रे खच्चर देखेर उनको चित्तले सन्तोषको घुट्को पियो । पैसा पनि थोरै पर्ने र चढ्न पनि भर्याङ लाउन नपर्ने, न पर्खाल-पेटीबाट उक्लनुपर्ने । तब टिप्नेका बारेमा त्यसको बाबुको के मजाज ? उनी सानो भए पनि च्यवनप्रास खाएर निक्कै गठिला थिए । तब त्यतिको च्याखुरेले टिप्न खोजे दुई हात र पयरले च्यापेर पनि अथवा ह्याकुलाले मिचेर पनि त्यसलाई अडाउन सक्तथे । यस किसिमको खरीदमा उनलाई बिलकुल खतराको सम्भावना देखिएन र पैसा सोद्धा बिचरो गरीब बामन बनजरले दमको औषधि गरेको बापत सित्तैंमा टक्र्याउँछ भन्ने निवेदन गर्यो । अनि त्यस दिनदेखि त्यही च्याङ्ग्रे खच्चरमा विराजमान भएका हाम्रा कविराजजी सबैभन्दा एक कुरामा ज्यादा सुबिस्ता देख्तथे कि सडकमा हुँदा ढोग्ने र टाउको थाप्ने पहिचानहरूलाई आशीर्वाद दिन धेरै निहुरनु या हात लम्याउनको जरूरत थिएन, अरू लम्बा-चौडा अरबी सिलिङ भए त्यो पनि त मुश्किलकै कुरो थियो ।
'बाजे ! के बोको चढ्नुभएको यस्तो !' भन्ने टीकाकारहरूलाई उनी मुखभरिको जवाफ दिन्थे । 'बोको र घोडा त चिन्नुहुन्न तपाईं, खै ! दूध-पेडामा झुक्किने मान्छेका जस्ता कुरा नगर्नोस् न ए ? कि खसीलाई गधा बनाउने ठगहरूको किस्सा दोहर्याउन आँट्नुभयो ? कहाँ भन्नुहुन्छ ! सानो भए पनि निक्कै पो छ त यो पनि ! खुर-खुर खुर-खुर गर्छ ! खालि सिप्कनो चाहिन्छ ।'
शाङ्कर साँढेमा चढेर कसले निन्दा गर्न सक्यो ? गणेशजी मूसामा चढेर साना भएनन् । सरस्वती हाँसमा चढेर पनि संसारको पूजा पाउँदैछिन् भने हाम्रा कविराज बाजेलाई च्याङ्ग्रे खच्चरमा चढ्दैमा नचिन्ने र ढोग्न नआउने को होला ? फेरि 'पहाड चढ्दैमा मान्छे ठूलो हुन्न । नत्र लेकका मान्छेहरू सर्वोच्च सम्झिनुपर्ने हो । अनि वाहनको काम बोक्नुभन्दा