Page:Laxmi nibandhasangraha.pdf/48: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका | पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका | ||
भारसाम्यलाई रोग भन्दछन् र दुःखको चेतावनीलाई लक्षण | भारसाम्यलाई रोग भन्दछन्; र दुःखको चेतावनीलाई लक्षण भन्दछन्, | ||
तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ | तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ | ||
पाएर चम्किरहेछ र आत्मसंहारका सूक्ष्म क्रियाहरूले व्यक्तिलाई समष्टिको | पाएर चम्किरहेछ र आत्मसंहारका सूक्ष्म क्रियाहरूले व्यक्तिलाई समष्टिको | ||
वेदीमा अर्पण गरिरहेछ । शायद यसको विरुद्ध डाक्टरको जरूरत थिएन, | वेदीमा अर्पण गरिरहेछ । शायद यसको विरुद्ध डाक्टरको जरूरत थिएन, | ||
तर मेरा आत्मजिज्ञासा र त्रासहरूमा अस्पताल | तर मेरा आत्मजिज्ञासा र त्रासहरूमा अस्पताल बने । | ||
तर मलाई कसैले त्यहाँ देख्यो | तर मलाई कसैले त्यहाँ देख्यो– सुनधारानिर हो क्यारे ?– जहाँ | ||
म कङ्कालको स्वरूपमा किर्लिङ्ग झुण्डिएको थिएँ । के त्यहाँ भीम | |||
उग्रध्वनि सबै थिएनन् ? के त्यो बाटो हिंड्दा आमाहरूले केटाकेटीका | उग्रध्वनि सबै थिएनन् ? के त्यो बाटो हिंड्दा आमाहरूले केटाकेटीका | ||
आँखा छोपेर हिंडेहुन् ? ओहो ! भीषण ! | आँखा छोपेर हिंडेहुन् ? ओहो ! भीषण ! तँ त्यहाँ छस्, जहाँ फाहा | ||
लगाउने र गाला | लगाउने र गाला मुसार्ने जीवनझिल्के ऐना देख्तैन, तर आफ्नो विकृति, | ||
आफ्नो सत्यानाश, ज्योतिशून्यता, मुर्दापन र | आफ्नो सत्यानाश, ज्योतिशून्यता, मुर्दापन र किर्लिङ्गपनाको ऐना देख्तछ । | ||
मलाई बाघदेखिन् डर लाग्दैन यदि बाघले जीवनलाई नखाओस् । त्यो | मलाई बाघदेखिन् डर लाग्दैन यदि बाघले जीवनलाई नखाओस् । त्यो | ||
मेरो भग्नावशेष जीवनको मुटु चिसो पारेर ढुक्क | मेरो भग्नावशेष जीवनको मुटु चिसो पारेर ढुक्क गराउँछ । त्यसैले | ||
मान्छे साधु हुँदा | मान्छे साधु हुँदा होलान् । ओहो ! छालाले मोरेको पुतली हुँ कि भनेर | ||
क्या वीरताको आत्मा तर्सेर | क्या वीरताको आत्मा तर्सेर आउँछ । लेप रे त्यहाँ जहाँ कङ्काल किर्लिङ्ग | ||
हुन्छ । हाय ! हेज्लिन स्नो ! तँ ती मांसशून्य | हुन्छ । हाय ! हेज्लिन स्नो ! तँ ती मांसशून्य खडबडे निधारलाई बनेको | ||
होइनस् ! त्यहाँ नसाहरू जाली परेर, बटारिएर, | होइनस् ! त्यहाँ नसाहरू जाली परेर, बटारिएर, बाङ्गिएर गण्ठनमण्ठन | ||
परेका | परेका छन्, मेरा स्नायुजालको तसवीर मैलाई गिज्याउँछ र तर्साउँछ, | ||
मेरो | मेरो ओडारखोप्ले आँखा देखेर म जुरुङ्ग हुन्छु । मानो जीवनको शून्यको | ||
बेपीँधे खाल्टो हो । नाशभन्दा खण्डहर नराम्रो छ । म त्यहाँ दुनियाँको | |||
जीवनलाई | जीवनलाई ङिच्च परेर गिज्याइरहेछु । 'खोई ! त्यो तकिया ले न, त्यो | ||
चाहिने ! अलि असजिलो | चाहिने ! अलि असजिलो भयो ।' मेरो आरामको दुनियाँलाई परवाह छैन; | ||
म सहानुभूतिको विशाल नैराश्यमा | म सहानुभूतिको विशाल नैराश्यमा ढुङ्गो बनिरहेछु त संसार म जस्तै | ||
हुँला भनेर हर-हमेशा मलाई हेरेर | हुँला भनेर हर-हमेशा मलाई हेरेर तर्सिरहन्छ । त्यहाँबाट के जादू गयो ? | ||
कुन | कुन अखँदिलो कुन खँदिलो छाया ? त्यसलाई दुनियाँले नाम दिन जानेको | ||
छैन । म त्यसलाई कम्पन, स्पन्दन यस्तै नाम दिन्थें । म त्यसलाई पूजा | छैन । म त्यसलाई कम्पन, स्पन्दन यस्तै नाम दिन्थें । म त्यसलाई पूजा | ||
गर्थें- 'तँ मेरो जीवनधन' | गर्थें- 'तँ मेरो जीवनधन' भनेर । त्यसमा मेरो विश्व पलाउँथ्यो, बोल्थ्यो । | ||
त्यसमा यातायातको सिर्सिरिलोपन दिने केही कुरा थियो । ताराहरूबाट | त्यसमा यातायातको सिर्सिरिलोपन दिने केही कुरा थियो । ताराहरूबाट | ||
यसले भाषा | यसले भाषा खँदिलो पार्न खोज्थ्यो । 'म प्यासी छु, म प्यासी छु' भनेर रुँदै | ||
हात | हात पसार्थ्यो । आँखाभरि कृतज्ञता, ढुकढुकाउँदो सजीवतासँग भन्दथ्यो, |
Latest revision as of 20:35, 7 February 2025
पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका भारसाम्यलाई रोग भन्दछन्; र दुःखको चेतावनीलाई लक्षण भन्दछन्, तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ पाएर चम्किरहेछ र आत्मसंहारका सूक्ष्म क्रियाहरूले व्यक्तिलाई समष्टिको वेदीमा अर्पण गरिरहेछ । शायद यसको विरुद्ध डाक्टरको जरूरत थिएन, तर मेरा आत्मजिज्ञासा र त्रासहरूमा अस्पताल बने ।
तर मलाई कसैले त्यहाँ देख्यो– सुनधारानिर हो क्यारे ?– जहाँ म कङ्कालको स्वरूपमा किर्लिङ्ग झुण्डिएको थिएँ । के त्यहाँ भीम उग्रध्वनि सबै थिएनन् ? के त्यो बाटो हिंड्दा आमाहरूले केटाकेटीका आँखा छोपेर हिंडेहुन् ? ओहो ! भीषण ! तँ त्यहाँ छस्, जहाँ फाहा लगाउने र गाला मुसार्ने जीवनझिल्के ऐना देख्तैन, तर आफ्नो विकृति, आफ्नो सत्यानाश, ज्योतिशून्यता, मुर्दापन र किर्लिङ्गपनाको ऐना देख्तछ । मलाई बाघदेखिन् डर लाग्दैन यदि बाघले जीवनलाई नखाओस् । त्यो मेरो भग्नावशेष जीवनको मुटु चिसो पारेर ढुक्क गराउँछ । त्यसैले मान्छे साधु हुँदा होलान् । ओहो ! छालाले मोरेको पुतली हुँ कि भनेर क्या वीरताको आत्मा तर्सेर आउँछ । लेप रे त्यहाँ जहाँ कङ्काल किर्लिङ्ग हुन्छ । हाय ! हेज्लिन स्नो ! तँ ती मांसशून्य खडबडे निधारलाई बनेको होइनस् ! त्यहाँ नसाहरू जाली परेर, बटारिएर, बाङ्गिएर गण्ठनमण्ठन परेका छन्, मेरा स्नायुजालको तसवीर मैलाई गिज्याउँछ र तर्साउँछ, मेरो ओडारखोप्ले आँखा देखेर म जुरुङ्ग हुन्छु । मानो जीवनको शून्यको बेपीँधे खाल्टो हो । नाशभन्दा खण्डहर नराम्रो छ । म त्यहाँ दुनियाँको जीवनलाई ङिच्च परेर गिज्याइरहेछु । 'खोई ! त्यो तकिया ले न, त्यो चाहिने ! अलि असजिलो भयो ।' मेरो आरामको दुनियाँलाई परवाह छैन; म सहानुभूतिको विशाल नैराश्यमा ढुङ्गो बनिरहेछु त संसार म जस्तै हुँला भनेर हर-हमेशा मलाई हेरेर तर्सिरहन्छ । त्यहाँबाट के जादू गयो ? कुन अखँदिलो कुन खँदिलो छाया ? त्यसलाई दुनियाँले नाम दिन जानेको छैन । म त्यसलाई कम्पन, स्पन्दन यस्तै नाम दिन्थें । म त्यसलाई पूजा गर्थें- 'तँ मेरो जीवनधन' भनेर । त्यसमा मेरो विश्व पलाउँथ्यो, बोल्थ्यो । त्यसमा यातायातको सिर्सिरिलोपन दिने केही कुरा थियो । ताराहरूबाट यसले भाषा खँदिलो पार्न खोज्थ्यो । 'म प्यासी छु, म प्यासी छु' भनेर रुँदै हात पसार्थ्यो । आँखाभरि कृतज्ञता, ढुकढुकाउँदो सजीवतासँग भन्दथ्यो,