Jump to content

Page:Laxmi nibandhasangraha.pdf/46: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
लगाएर हेरिरहेछन् ! म हेर भन्दछु, कोही फोक्सो हेरछन्, कोही नसा !
लगाएर हेरिरहेछन् ! म हेर भन्दछु, कोही फोक्सो हेर्छन्, कोही नसा !
तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु हॉसेर बसिरहेछु।
तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु हँसेर बसिरहेछु ।
डाक्टरहरूले फटारो हानेर मेरा रोगहरू निको तुल्याउँदै आए। अज्ञानको
डाक्टरहरूले झटारो हानेर मेरा रोगहरू निको तुल्याउँदै आए । अज्ञानको
सर्टिफिकेट विश्वविद्यालयले बाँडी-बाँडी तिनलाई मोटर चढ़ाइरहेछ ।
सर्टिफिकेट विश्वविद्यालयले बाँडी-बाँडी तिनलाई मोटर चढ़ाइरहेछ ।
मलाई तिनले गणित-सूत्रमा बाँघ्न खोजे, मेरो अङ्संगतिवाट फर्मुला
मलाई तिनले गणित-सूत्रमा बाँघ्न खोजे, मेरो अङ्गसंगतिबाट फर्मुला
बनाए, तर अत्तर-छालासम्म बुभन सकेनन्। मेरा रक्ताणुहरू तिनले
बनाए, तर अत्तर-छालासम्म बुझ्न सकेनन् । मेरा रक्ताणुहरू तिनले
परीक्षानलीमा हाली रङ्गाए; तर अभसम्म लाली बुझेका छैनन्। तिनले
परीक्षानलीमा हाली रङ्गाए; तर अझसम्म लाली बुझेका छैनन् । तिनले
मेरा आँसुको विश्लेषण गरे; पानीलाई तीन समस्या बनाए र नूनलाई
मेरा आँसुको विश्लेषण गरे; पानीलाई तीन समस्या बनाए र नूनलाई
कृति म भन्न सक्तिन; तर तिनीहरू त्यतिमैं हार मान्दछन् । तर दुनियाँका
कृति म भन्न सक्तिन; तर तिनीहरू त्यतिमैं हार मान्दछन् । तर दुनियाँका
सबभन्दा अनभिज्ञ आशावादी डाक्टरहरू हुन्। उनको पाण्डित्यदर्शन
सबभन्दा अनभिज्ञ आशावादी डाक्टरहरू हुन् । उनको पाण्डित्यदर्शन
रेखादार ठेली बन्दै दुनियाँ ढाकन लागिरहेछ । अज्ञानको मुताबिक उनको
रेखादार ठेली बन्दै दुनियाँ ढाकन लागिरहेछ । अज्ञानको मुताबिक उनको
घमण्ड गरीब र अपरिचितउपर पर्दछ ।
घमण्ड गरीब र अपरिचितउपर पर्दछ ।


उनीहरू मलाई पो पढ़ाउन चाहन्छन् ! भन्दछन्- फियो
उनीहरू मलाई पो पढाउन चाहन्छन् ! भन्दछन्- फियो
'समरभूमि' रे ! रक्तसञ्चालन 'लड़ाइँको बाघचाल' रे, लक्षण
'समरभूमि' रे ! रक्तसञ्चालन 'लडाइँको बाघचाल' रे, लक्षण
'समरशब्दहरू' । गिर्खाहरूले तोप-बन्दूक पड्काएको सम्म उनीहरूले
'समरशब्दहरू' । गिर्खाहरूले तोप-बन्दूक पड्काएको सम्म उनीहरूले
देखे ? तर अरू मेरा घाउ कहाँबाट उठे, बुझेका छैनन्। फूल र
देखे ? तर अरू मेरा घाउ कहाँबाट उठे, बुझेका छैनन्। फूल र
अण्डाको उखानमा घोरिदै छन्। कीटाणु अधि कि रोग अधि ? मेरो
अण्डाको उखानमा घोरिदै छन् । कीटाणु अधि कि रोग अधि ? मेरो
रुधिरसञ्चालनको अदृश्य सिद्है माछाहरू पत्रदैमा उनलाई आकाश-
रुधिरसञ्चालनको अदृश्य सिङ्गै माछाहरू पक्रँदैमा उनलाई आकाश-
पाताल छ। उनै मेरो हृदयमा 'स्टेथस्कोप' लाएर कान थाप्छन् । मानौं
पाताल छ। उनै मेरो हृदयमा 'स्टेथस्कोप' लाएर कान थाप्छन् । मानौं
जीवन खालि 'लब-ढब' हो ! मानिसको कलपुर्जा देखेर जिथ्रो काडूने
जीवन खालि 'लब-ढब' हो ! मानिसको कलपुर्जा देखेर जिभ्रो काड्ने
कोही डाक्टरहरू आस्तिक बने, तर धेरैजसो यन्त्र बनेर रासायनिक
कोही डाक्टरहरू आस्तिक बने, तर धेरैजसो यन्त्र बनेर रासायनिक
सम्मिश्रणका सूक्ष्म लाक्षणिक क्रिया जीवन हो भन्ने भीषण शठसिद्धान्तले
सम्मिश्रणका सूक्ष्म लाक्षणिक क्रिया जीवन हो भन्ने भीषण शठसिद्धान्तले
दुनियाँको सत्यलाई समर्थन गरिने थैलाबाट मोटाउँदै गए। मृत्युको
दुनियाँको सत्यलाई समर्थन गरिने थैलाबाट मोटाउँदै गए । मृत्युको
चापले डाक्टरहरूको चूलो तात्तछ र अभागी दुनियाँ हात जोड्दै अँधेरीका
चापले डाक्टरहरूको चूलो तात्तछ र अभागी दुनियाँ हात जोड्दै अँधेरीका
कटारा जस्ता गोली र भोलहरूसँग सम्बन्ध जोडिरहेको छ ।
झटारा जस्ता गोली र झोलहरूसँग सम्बन्ध जोडिरहेको छ ।


तर हाय ! तिनले के जाने मलाई, जो मेरो जीवनलाई औषधि
तर हाय ! तिनले के जाने मलाई, जो मेरो जीवनलाई औषधि
गर्न आउँछन् । विशिष्टता नै नास्तिकता हो, अज्ञान हो । अक् आँखेपन
गर्न आउँछन् । विशिष्टता नै नास्तिकता हो, अज्ञान हो । अझ आँखेपन
हो। के डाक्टरका गोलीभन्दा गोलीमा रहने विश्वास तीन चौथाई
हो । के डाक्टरका गोलीभन्दा गोलीमा रहने विश्वास तीन चौथाई
खँदिलो होओइन ? बीसौं शताब्दीको विशिष्टता सबभन्दा ज्यादा
खँदिलो होओइन ? बीसौं शताब्दीको विशिष्टता सबभन्दा ज्यादा
डाक्टरहरूमा भयडरता देखाउँछ । मेरो आँखालाई इलाज दिने त्यो छ
डाक्टरहरूमा भयङ्करता देखाउँछ । मेरो आँखालाई इलाज दिने त्यो छ
मेरो नाक बुभदैन बोके विवेकले सूत्र बाँधेपछि विश्वविद्यालय खुल्दछन्।
मेरो नाक बुझदैन बोक्रे विवेकले सूत्र बाँधेपछि विश्वविद्यालय खुल्दछन्।

Latest revision as of 17:19, 7 February 2025

This page has been proofread

लगाएर हेरिरहेछन् ! म हेर भन्दछु, कोही फोक्सो हेर्छन्, कोही नसा ! तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु हँसेर बसिरहेछु । डाक्टरहरूले झटारो हानेर मेरा रोगहरू निको तुल्याउँदै आए । अज्ञानको सर्टिफिकेट विश्वविद्यालयले बाँडी-बाँडी तिनलाई मोटर चढ़ाइरहेछ । मलाई तिनले गणित-सूत्रमा बाँघ्न खोजे, मेरो अङ्गसंगतिबाट फर्मुला बनाए, तर अत्तर-छालासम्म बुझ्न सकेनन् । मेरा रक्ताणुहरू तिनले परीक्षानलीमा हाली रङ्गाए; तर अझसम्म लाली बुझेका छैनन् । तिनले मेरा आँसुको विश्लेषण गरे; पानीलाई तीन समस्या बनाए र नूनलाई कृति म भन्न सक्तिन; तर तिनीहरू त्यतिमैं हार मान्दछन् । तर दुनियाँका सबभन्दा अनभिज्ञ आशावादी डाक्टरहरू हुन् । उनको पाण्डित्यदर्शन रेखादार ठेली बन्दै दुनियाँ ढाकन लागिरहेछ । अज्ञानको मुताबिक उनको घमण्ड गरीब र अपरिचितउपर पर्दछ ।

उनीहरू मलाई पो पढाउन चाहन्छन् ! भन्दछन्- फियो 'समरभूमि' रे ! रक्तसञ्चालन 'लडाइँको बाघचाल' रे, लक्षण 'समरशब्दहरू' । गिर्खाहरूले तोप-बन्दूक पड्काएको सम्म उनीहरूले देखे ? तर अरू मेरा घाउ कहाँबाट उठे, बुझेका छैनन्। फूल र अण्डाको उखानमा घोरिदै छन् । कीटाणु अधि कि रोग अधि ? मेरो रुधिरसञ्चालनको अदृश्य सिङ्गै माछाहरू पक्रँदैमा उनलाई आकाश- पाताल छ। उनै मेरो हृदयमा 'स्टेथस्कोप' लाएर कान थाप्छन् । मानौं जीवन खालि 'लब-ढब' हो ! मानिसको कलपुर्जा देखेर जिभ्रो काड्ने कोही डाक्टरहरू आस्तिक बने, तर धेरैजसो यन्त्र बनेर रासायनिक सम्मिश्रणका सूक्ष्म लाक्षणिक क्रिया जीवन हो भन्ने भीषण शठसिद्धान्तले दुनियाँको सत्यलाई समर्थन गरिने थैलाबाट मोटाउँदै गए । मृत्युको चापले डाक्टरहरूको चूलो तात्तछ र अभागी दुनियाँ हात जोड्दै अँधेरीका झटारा जस्ता गोली र झोलहरूसँग सम्बन्ध जोडिरहेको छ ।

तर हाय ! तिनले के जाने मलाई, जो मेरो जीवनलाई औषधि गर्न आउँछन् । विशिष्टता नै नास्तिकता हो, अज्ञान हो । अझ आँखेपन हो । के डाक्टरका गोलीभन्दा गोलीमा रहने विश्वास तीन चौथाई खँदिलो होओइन ? बीसौं शताब्दीको विशिष्टता सबभन्दा ज्यादा डाक्टरहरूमा भयङ्करता देखाउँछ । मेरो आँखालाई इलाज दिने त्यो छ मेरो नाक बुझदैन । बोक्रे विवेकले सूत्र बाँधेपछि विश्वविद्यालय खुल्दछन्।