Page:Prometheus.pdf/11: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१०)}} | |||
तरुणी, अमरवयसी सुररमणी । | |||
मदिरा, मदिरोन्मत्ता लाल कपोल, | |||
मन्मथमथिनी, जादूडोल, | |||
छुमछुम छैयाँमा मस्त, | |||
शृंगार र दिव्यमा अनमोल, | |||
मर्त्यबाट अलक्षित हूर, हूर, | |||
नारंगी अञ्चल, हीरक नूर, नूर, | |||
सुवर्णवर्ण लसित ललित कपूर, | |||
स्वप्न सजीव, सजीव, | |||
भावभंगिका स्वरविहंगिका, | |||
रागचूर, | |||
नाच्छन् मरमर महल असलमा, | |||
पुष्पधुर, सुगन्धपूर, | |||
कनकनूपुर, नूपुर । | |||
{{pcn|(११)}} | |||
तर ती सबबाट अलग्ग तिमी | |||
शान्ता, अतिकान्ता, विरागचन्द्रिका, | |||
दिव्य कुमारी गंभीर रह्यौ । | |||
अध्यात्मज्योति झैँ लयदार, जो | |||
स्पन्दित जगजीवनमा झर्छ, | |||
जो पागल सुन्दर पुजारी | |||
कविको प्रथम हृदयमा पर्छ । | |||
{{pcn|(१२)}} | |||
ए ! जननी ! भन । कहाँ छ त्यो | |||
त्वरित विद्युत्-तुरग पिगासस् ? | |||
पटु सवार बेलेरोफनद्वारा जो | |||
जाम्बूनद जंजीरले जकडियो पहिले ? | |||
आज म ?ढ्दछु त्यसमा जननी । | |||
आकाश-मार्ग, अभ्रहरूका मालामा । | |||
{{pcn|(१३)}} | |||
ओ ! एक घुट्को, घुट्को घटघट, | |||
कनकघटमा तिम्रो करुणाको, | |||
देऊ जननी ! पिलाऊ हेलिकन्को | |||
प्रत्यूषा-प्रमंत्रित मदिरा झलझल,– | |||
यस प्रजातन्त्रको अग्निभू प्रभातमा, | |||
यस नवोद्बोधित समय-प्रवातमा, | |||
सुन्दर, सुन्दर, सुन्दर रस-मातमा, | |||
घटघट ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:24, 29 June 2025
(१०)
तरुणी, अमरवयसी सुररमणी ।
मदिरा, मदिरोन्मत्ता लाल कपोल,
मन्मथमथिनी, जादूडोल,
छुमछुम छैयाँमा मस्त,
शृंगार र दिव्यमा अनमोल,
मर्त्यबाट अलक्षित हूर, हूर,
नारंगी अञ्चल, हीरक नूर, नूर,
सुवर्णवर्ण लसित ललित कपूर,
स्वप्न सजीव, सजीव,
भावभंगिका स्वरविहंगिका,
रागचूर,
नाच्छन् मरमर महल असलमा,
पुष्पधुर, सुगन्धपूर,
कनकनूपुर, नूपुर ।
(११)
तर ती सबबाट अलग्ग तिमी
शान्ता, अतिकान्ता, विरागचन्द्रिका,
दिव्य कुमारी गंभीर रह्यौ ।
अध्यात्मज्योति झैँ लयदार, जो
स्पन्दित जगजीवनमा झर्छ,
जो पागल सुन्दर पुजारी
कविको प्रथम हृदयमा पर्छ ।
(१२)
ए ! जननी ! भन । कहाँ छ त्यो
त्वरित विद्युत्-तुरग पिगासस् ?
पटु सवार बेलेरोफनद्वारा जो
जाम्बूनद जंजीरले जकडियो पहिले ?
आज म ?ढ्दछु त्यसमा जननी ।
आकाश-मार्ग, अभ्रहरूका मालामा ।
(१३)
ओ ! एक घुट्को, घुट्को घटघट,
कनकघटमा तिम्रो करुणाको,
देऊ जननी ! पिलाऊ हेलिकन्को
प्रत्यूषा-प्रमंत्रित मदिरा झलझल,–
यस प्रजातन्त्रको अग्निभू प्रभातमा,
यस नवोद्बोधित समय-प्रवातमा,
सुन्दर, सुन्दर, सुन्दर रस-मातमा,
घटघट !