Page:Laxmi nibandhasangraha.pdf/16: Difference between revisions
→Not proofread: Created page with "अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन् । मैले तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई बढाउन सक्ने । म बाटामा तरग गर्दै जान लागें । यो तुषार..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन् । मैले | अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन् । मैले | ||
तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई | तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई | ||
बढाउन सकिनँ । | |||
म बाटामा तरंग गर्दै जान लागें । यो तुषाराको विशाल शासनमा | |||
जहाँ मानवता नै अन्धो हुन्छ र कठाँग्रिन्छ; जहाँ जीवन धूलोमा उम्रिन्छ | |||
म बाटामा | |||
जहाँ मानवता नै अन्धो हुन्छ र कठाँग्रिन्छ जहाँ जीवन धूलोमा उम्रिन्छ | |||
र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा | र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा | ||
मिल्दछ, जहाँ खानु, | मिल्दछ, जहाँ खानु, खोस्रनुभन्दा ठूलो समस्या छैन; जहाँ घरको नाममा | ||
चार घोचा र सुकेका झारको दुईचार महीने छत हुन्छ, जहाँ समाजको | चार घोचा र सुकेका झारको दुईचार महीने छत हुन्छ, जहाँ समाजको | ||
नाममा चार जनाको जुटाइसिवाय अरू केही छैन, त्यस्ता ठाउँमा पनि | नाममा चार जनाको जुटाइसिवाय अरू केही छैन, त्यस्ता ठाउँमा पनि | ||
मनुष्य सरुवा डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिंडिरहेछ । | मनुष्य सरुवा डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिंडिरहेछ । | ||
उसका निमित्त संसार कञ्जूस छ, प्रकृति मख्खीचूस छिन्। पृथ्वीले | उसका निमित्त संसार कञ्जूस छ, प्रकृति मख्खीचूस छिन्। पृथ्वीले | ||
करबलले सिस्नु र मकै दिन्छिन् । यस्तो ठाउँमा मनुष्य किन आयो | करबलले सिस्नु र मकै दिन्छिन् । यस्तो ठाउँमा मनुष्य किन आयो | ||
होला ? केको मजाले ? कन आनन्द लिन ? खालि काँढा खान, खालि | होला ? केको मजाले ? कन आनन्द लिन ? खालि काँढा खान, खालि | ||
तुषारोले चिथोरेका थोरै पत्तीहरू झैं उभिन; हावाका दाह्राअगाडि | |||
तुषारोले चिथोरेका थोरै पत्तीहरू | |||
ठकठकाउन; बिजोग देखाउन ! पिडौंला कहिले पनि नछोपिने शिशुहरू | ठकठकाउन; बिजोग देखाउन ! पिडौंला कहिले पनि नछोपिने शिशुहरू | ||
निरक्षर बनेर जङ्गली जनावर झैं नाच्तछन्, र जीवन भन्नु खालि | निरक्षर बनेर जङ्गली जनावर झैं नाच्तछन्, र जीवन भन्नु खालि | ||
कुकुल्ढुक र रातोमाटे गाँड बढाउने पानीसिवाय केही देखिन्न । | कुकुल्ढुक र रातोमाटे गाँड बढाउने पानीसिवाय केही देखिन्न । | ||
मैला चिधरा चेहराहरूले बिजोग देखाइरहेछन् र तिनमा सांग्राको | मैला चिधरा चेहराहरूले बिजोग देखाइरहेछन् र तिनमा सांग्राको | ||
लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु. को नीलो कश्मीराको कोट | लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु. को नीलो कश्मीराको कोट | ||
थियो, ती आँगहरू झ्याङप्वाल थिए । म ३० रुपियाँको सिलिस्किनको | |||
थियो, ती आँगहरू | टोपी लगाउँथे तर ती खप्परहरू टुपी देखाउने चिथरे घेरालाई शिरपोश | ||
टोपी लगाउँथे तर ती खप्परहरू टुपी देखाउने | मनाउँथे । मलाई त्यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ । जीवनको | ||
नवीनतालाई, अध्ययनलाई, तिनका सुधारलाई, तिनका जीवन | |||
मनाउँथे । मलाई त्यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ । जीवनको | |||
नवीनतालाई, | |||
अध्ययनलाई, | |||
तिनका | |||
सुधारलाई, | |||
तिनका | |||
जीवन | |||
सिकाउनलाई म एक जना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अँध्यारो | सिकाउनलाई म एक जना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अँध्यारो | ||
हृदयलाई उज्यालो | हृदयलाई उज्यालो पुर्याउने थिएँ । कति कुरा आफैं थाहा पाउने थिएँ । | ||
त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको विशाल आनन्द मिल्दथ्यो | त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको विशाल आनन्द मिल्दथ्यो | ||
र शायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिको हृदयनजीक पुगेर पछि | र शायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिको हृदयनजीक पुगेर पछि | ||
संसारसामुन्ने केही सच्चाइले बोल्न सक्ने | संसारसामुन्ने केही सच्चाइले बोल्न सक्ने हुन्थें । शायद ईश्वरले मलाई | ||
केही अंशमा छोएर घर्मराउँदो सभ्यतालाई ठीक बाटोमा लगेर मानवजाति | केही अंशमा छोएर घर्मराउँदो सभ्यतालाई ठीक बाटोमा लगेर मानवजाति | ||
स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए । बी० ए० पास भएर | स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए । बी० ए० पास भएर | ||
सुधारकहरू तुरही हुन्छन्, योगी हुँदैनन् । उनीहरू भीडअगाडि गर्जन्छन्, | सुधारकहरू तुरही हुन्छन्, योगी हुँदैनन् । उनीहरू भीडअगाडि गर्जन्छन्, | ||
Latest revision as of 16:39, 29 January 2025
अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन् । मैले तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई बढाउन सकिनँ ।
म बाटामा तरंग गर्दै जान लागें । यो तुषाराको विशाल शासनमा जहाँ मानवता नै अन्धो हुन्छ र कठाँग्रिन्छ; जहाँ जीवन धूलोमा उम्रिन्छ र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा मिल्दछ, जहाँ खानु, खोस्रनुभन्दा ठूलो समस्या छैन; जहाँ घरको नाममा चार घोचा र सुकेका झारको दुईचार महीने छत हुन्छ, जहाँ समाजको नाममा चार जनाको जुटाइसिवाय अरू केही छैन, त्यस्ता ठाउँमा पनि मनुष्य सरुवा डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिंडिरहेछ । उसका निमित्त संसार कञ्जूस छ, प्रकृति मख्खीचूस छिन्। पृथ्वीले करबलले सिस्नु र मकै दिन्छिन् । यस्तो ठाउँमा मनुष्य किन आयो होला ? केको मजाले ? कन आनन्द लिन ? खालि काँढा खान, खालि तुषारोले चिथोरेका थोरै पत्तीहरू झैं उभिन; हावाका दाह्राअगाडि ठकठकाउन; बिजोग देखाउन ! पिडौंला कहिले पनि नछोपिने शिशुहरू निरक्षर बनेर जङ्गली जनावर झैं नाच्तछन्, र जीवन भन्नु खालि कुकुल्ढुक र रातोमाटे गाँड बढाउने पानीसिवाय केही देखिन्न ।
मैला चिधरा चेहराहरूले बिजोग देखाइरहेछन् र तिनमा सांग्राको लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु. को नीलो कश्मीराको कोट थियो, ती आँगहरू झ्याङप्वाल थिए । म ३० रुपियाँको सिलिस्किनको टोपी लगाउँथे तर ती खप्परहरू टुपी देखाउने चिथरे घेरालाई शिरपोश मनाउँथे । मलाई त्यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ । जीवनको नवीनतालाई, अध्ययनलाई, तिनका सुधारलाई, तिनका जीवन सिकाउनलाई म एक जना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अँध्यारो हृदयलाई उज्यालो पुर्याउने थिएँ । कति कुरा आफैं थाहा पाउने थिएँ । त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको विशाल आनन्द मिल्दथ्यो र शायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिको हृदयनजीक पुगेर पछि संसारसामुन्ने केही सच्चाइले बोल्न सक्ने हुन्थें । शायद ईश्वरले मलाई केही अंशमा छोएर घर्मराउँदो सभ्यतालाई ठीक बाटोमा लगेर मानवजाति स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए । बी० ए० पास भएर सुधारकहरू तुरही हुन्छन्, योगी हुँदैनन् । उनीहरू भीडअगाडि गर्जन्छन्,