Jump to content

Page:Ek chihan.pdf/89: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भइसकी । फेरि डाक्टर गोदत्तप्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।" लतमायाका यी कुरा सुनेर शिवनारानले अलि गौर गरेर भने- "हामीजस्तै प्रगतिशील मानिसहरूलाई आह्वान ग..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भइसकी । फेरि डाक्टर गोदत्तप्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।"
भइ सकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात  
चौगुना बढ्दै छ ।"


लतमायाका यी कुरा सुनेर शिवनारानले अलि गौर गरेर भने- "हामीजस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नुपर्ला, बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनुपर्छ । म त भन्छु, भरसक अऊ नानीथकुं आफैँ नै त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"
लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी
जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नु पर्ला, बरु फोने गरेर पनि  
लायक व्यक्तिलाई दिनु पर्छ । म त भन्छु, भरसक अझ नानीथकुँ आफैँ नै  
त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"


लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । आउँदाआउँदै रामबहादुर बोल्दै आए- "अहो, शिवनारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत नगईकन घरै बसिराखेका रहेछौ ।"
लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस राम बहादुर
टुप्लुक्क आइ पुगे । आउँदाआउँदै राम बहादुर बोल्दै आए– "अहो, शिव
नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा  
मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत  
नगईकन घरै बसि राखेका रहेछौ ।"


शिवनारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागतसत्कार गर्ने बानी पनि भएको हुनाले शिवनारानले रामबहादुरलाई खुब सत्कार गरे । रामबहादुरलाई बसाइसकेपछि शिवनारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । रामबहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास कारण नबताई अर्कै कारण बताउने चलाखी गर्दै भने- "रोपाइँको बेला भएको हुनाले सुब्बासाहेबले पठाउनुभएको उहाँलाई किसानहरूको मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ-पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले ‘एक चोटि हेरेर आऊ’ भनी उहाँले मलाई पठाउनुभएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनुहुन्छ ।"
शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा  
आउने बस्ने मानिसलाई स्वागत सत्कार गर्ने बानी पनि भएको हुनाले शिव
नारानले राम बहादुरलाई खुब सत्कार गरे । राम बहादुरलाई बसाइ सकेपछि
शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम
बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास  
कारण नबताई कन अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला  
भएको हुनाले सुब्बा साहेबले पठाउनु भएको उहाँहरूलाई किसानहरूको  
मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ पैसा नभएर वा नपुगेर किसानहरूलाई  
हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी  
उहाँले मलाई पठाउनु भएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत  
चाहिएमा उहाँ दिन तयार हुनु हुन्छ ।"


"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर रामबहादुरजी ! हिजो मात्रै रोपाइँ सकियो । आशा छ, यसपालि सुब्बासाहेबको पोहोरको बाँकी तिरोसमेत तिर्न सकुँला, सुब्बासाहेबको अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनुहोला ।" शिवनारानले हाँसेर सोमतसाथ भने ।
"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना  
गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर  
राम बहादुरजी ! हिजो मात्रै मेरो रोपाइँ सकियो । आशा छ, यस पालि त  
सुब्बा साहेबको पोहोरको बाँकी तिरो समेत तिर्न सकुँला, सुब्बा साहेबको
अनुग्रह देखेर सार्‍है खुसी भयो भनी सुनाइ दिनु होला ।" शिव नारानले हाँसेर  
सोमत साथ भने ।
{{nop}}

Latest revision as of 15:20, 23 June 2025

This page has been proofread

भइ सकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।"

लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नु पर्ला, बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनु पर्छ । म त भन्छु, भरसक अझ नानीथकुँ आफैँ नै त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"

लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे । आउँदाआउँदै राम बहादुर बोल्दै आए– "अहो, शिव नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत नगईकन घरै बसि राखेका रहेछौ ।"

शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागत सत्कार गर्ने बानी पनि भएको हुनाले शिव नारानले राम बहादुरलाई खुब सत्कार गरे । राम बहादुरलाई बसाइ सकेपछि शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास कारण नबताई कन अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला भएको हुनाले सुब्बा साहेबले पठाउनु भएको । उहाँहरूलाई किसानहरूको मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी उहाँले मलाई पठाउनु भएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनु हुन्छ ।"

"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर राम बहादुरजी ! हिजो मात्रै मेरो रोपाइँ सकियो । आशा छ, यस पालि त सुब्बा साहेबको पोहोरको बाँकी तिरो समेत तिर्न सकुँला, सुब्बा साहेबको अनुग्रह देखेर सार्‍है खुसी भयो भनी सुनाइ दिनु होला ।" शिव नारानले हाँसेर सोमत साथ भने ।