Jump to content

Page:Ek chihan.pdf/77: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?" अलि हाँसेको  
हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?" अलि हाँसेको  
भावमा डाक्टर गोदत्तप्रसादले भने ।
भावमा डाक्टर गोदत्त प्रसादले भने ।


जबाफ नदिईकन नानीथकुं चुप लागिरहिन् एकैछिन उनको  
जबाफ नदिईकन नानीथकुँ चुप लागि रहिन् एकै छिन उनको  
मनस्थिति हेरेर डाक्टर गोदत्तप्रसादले भने- "किन नबोलीकन चुप लागि
मनस्थिति हेरेर डाक्टर गोदत्त प्रसादले भने– "किन नबोलीकन चुप लागि
रहेकी नानीथकं ?"
रहेकी नानीथकुँ ?"


"मैले नकाम गरिरहिछु डाक्टरसाहेब !" अलि दिक्दारी भावमा  
"मैले नकाम गरि रहिछु डाक्टर साहेब !" अलि दिक्दारी भावमा  
नानीथकुंले भनिन् ।
नानीथकुँले भनिन् ।


"किन नानीथकुं । मैले केही बुझिनँ तिम्रो कुरा ?" मायालु भावमा  
"किन नानीथकुँ । मैले केही बुझिनँ तिम्रो कुरा ?" मायालु भावमा  
डाक्टर गोदत्तप्रसादले भने ।
डाक्टर गोदत्त प्रसादले भने ।


"मैले प्रेम नगरीकन पाप गरिरहिछु, यस कारण तपाईंलाई चाहेर  
"मैले प्रेम नगरीकन पाप गरि रहिछु, यस कारण तपाईंलाई चाहेर  
पनि मैले छोड्न बल गरिरहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नु
पनि मैले छोड्न बल गरि रहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नु
होला, यद्यपि तपाईं मलाई ज्यादै चाहनुहुन्छ ।" अलि अफसोसको भावमा  
होला, यद्यपि तपाईं मलाई ज्यादै चाहनु हुन्छ ।" अलि अफसोसको भावमा  
नानीथकुंले भनिन् ।
नानीथकुँले भनिन् ।


एकछिन पुलुक्क डाक्टर गोदत्तप्रसादको अनुहारमा हेरी नानीथकुं
एक छिन पुलुक्क डाक्टर गोदत्त प्रसादको अनुहारमा हेरी नानीथकुँ
मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्- "भात पकाउने बेला भइ
मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्– "भात पकाउने वेला भइ
सक्यो, तपाईं जानोस् डाक्टरसाहेब ! कदाचित् आमा आउनुहोला ।"
सक्यो, तपाईं जानोस् डाक्टर साहेब ! कदाचित् आमा आउनु होला ।"


डाक्टर गोदत्तप्रसाद एकछिन अलमल्ल परेजस्ता भए । अनि फेरि  
डाक्टर गोदत्त प्रसाद एक छिन अलमल्ल परे जस्ता भए । अनि फेरि  
नानीथकुंले भनिन्- "आज जानोस्, भोलि भेटुँला नि फेरि ।"
नानीथकुँले भनिन्– "आज जानोस्, भोलि भेटुँला नि फेरि ।"
{{nop}}
{{nop}}

Latest revision as of 22:23, 22 June 2025

This page has been proofread

हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?" अलि हाँसेको भावमा डाक्टर गोदत्त प्रसादले भने ।

जबाफ नदिईकन नानीथकुँ चुप लागि रहिन् । एकै छिन उनको मनस्थिति हेरेर डाक्टर गोदत्त प्रसादले भने– "किन नबोलीकन चुप लागि रहेकी नानीथकुँ ?"

"मैले नकाम गरि रहिछु डाक्टर साहेब !" अलि दिक्दारी भावमा नानीथकुँले भनिन् ।

"किन नानीथकुँ । मैले केही बुझिनँ तिम्रो कुरा ?" मायालु भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"मैले प्रेम नगरीकन पाप गरि रहिछु, यस कारण तपाईंलाई चाहेर पनि मैले छोड्न बल गरि रहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नु होला, यद्यपि तपाईं मलाई ज्यादै चाहनु हुन्छ ।" अलि अफसोसको भावमा नानीथकुँले भनिन् ।

एक छिन पुलुक्क डाक्टर गोदत्त प्रसादको अनुहारमा हेरी नानीथकुँ मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्– "भात पकाउने वेला भइ सक्यो, तपाईं जानोस् डाक्टर साहेब ! कदाचित् आमा आउनु होला ।"

डाक्टर गोदत्त प्रसाद एक छिन अलमल्ल परे जस्ता भए । अनि फेरि नानीथकुँले भनिन्– "आज जानोस्, भोलि भेटुँला नि फेरि ।"