Jump to content

Page:Bhanubhaktako ramayan.pdf/39: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> केटीका इ वचन् सुनी कन डराइ राजा नजिक्मा गया । कैकेयी कन क्यान यो रित गर्यौ बात् खोल भन्दा भया ॥ जो भन्छू म पुर्याउँला भनि शपथ् खाँदा जसै बात् गरिन् । राजा वृक्ष सर..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>

<poem>
<poem>
केटीका इ वचन् सुनी कन डराइ राजा नजिक्मा गया ।
केटीका इ वचन् सुनी कन डराइ राजा नजिक्‌मा गया ।
कैकेयी कन क्यान यो रित गर्यौ बात् खोल भन्दा भया ॥
कैकेयी कन क्यान यो रित गर्‍यौ बात् खोल भन्दा भया ॥
जो भन्छू म पुर्याउँला भनि शपथ् खाँदा जसै बात् गरिन् ।
जो भन्छू म पुर्‍याउँला भनि शपथ् खाँदा जसै बात् गरिन् ।
राजा वृक्ष सरी गिर्या पृथिविमा यस्मा बहुन् जिद् गरिन् ॥१८॥
राजा वृक्ष सरी गिर्‍या पृथिविमा यस्‌मा बहुन् जिद् गरिन् ॥१८॥

राम्लाई वनवास् भरत् कन रजाइँ देऊ भनी जिद् गरी ।
राम्‌लाई वनवास् भरत् कन रजाइँ देऊ भनी जिद् गरी ।
द्वी वर्ले यहि द्यौ दिंदौन त भन्या बाँच्नू त मुर्दा सरी ॥
द्वी वर्‌ले यहि द्यौ दिंदौन त भन्या बाँच्नू त मुर्दा सरी ॥
भोली येति कुरा भयेन त भन्या मन्र्याछु विष् खाइ म ता ।
भोली येति कुरा भयेन त भन्या मर्न्याछु विष् खाइ म ता ।
भन्न्या येति कुरा सुनी फिरि गिर्या राजा जमिन्मा यता ॥१९॥
भन्न्या येति कुरा सुनी फिरि गिर्‍या राजा जमिन्‌मा यता ॥१९॥

त्यो रात् वर्ष समान् व्यतित् हुन गयो राजा ति मूर्छा भया ।

सब् सामग्री तयार् गरीकन बिहान् मन्त्री हजुरमा गया ॥

देख्या चाल् र महाविचार् हुन गयो सोध्या पर्यो क्या भनी ।
देख्या चाल् र महाविचार् हुन गयो सोध्या पर्‍यो क्या भनी ।
विस्तार पाइ सुमन्त्र राम् लिन गया आया तहाँ राम् पनी ॥२०॥
विस्तार् पाइ सुमन्त्र राम् लिन गया आया तहाँ राम् पनी ॥२०॥

राजालाइ त दुःख सुक्ख हुनको कारण् तिमी छौ भनी ।

वन्मा गै तिमी राज्य द्यौ भरतलाइ भन्दी भइन् यो पनी ॥
वन्‌मा गै तिमी राज्य द्यौ भरतलाइ भन्दी भइन् यो पनी ॥
यस्ता बात् सुनि बात् गर्या प्रभुजिले सुन्छ्यौ कि माइ कैकयी ।
यस्ता बात् सुनि बात् गर्‍या प्रभुजिले सुन्छ्यौ कि माइ कैकयी ।
राजा खूसि रहुन् म जान्छु वनमा के काम् छ घर्मा रही ॥२१॥
राजा खूसि रहुन् म जान्छु वनमा के काम् छ घर्‌मा रही ॥२१॥

गाह्रो कत्ति नमानि जान्छु वनमा राजा त बोलुन् भनी ।

बोल्याको प्रभुको वचन् सुनि तहाँ बोल्छन् ति राजा पनी ॥

हे राम्चन्द्र मलाइ आज तिमीले बाँधेर राज्यै गरी ।
हे राम्‌चन्द्र ! मलाइ आज तिमीले बाँधेर राज्यै गरी ।
झुट्टा दैखि बचाउ पाप् तिमि कनै लाग्दैन यस्तो गरी ॥२२॥
झुट्टा देखि बचाउ पाप् तिमि कनै लाग्दैन यस्‌तो गरी ॥२२॥

राजा येति भन्या र फेर् पनि विलाप् खुप् गर्न लाग्दा भया ।

राजाको बुझियो र आशय तहाँ राम्चन्द्र माइ थ्यैं गया ॥
राजाको बुझियो र आशय तहाँ राम्‌चन्द्र माइ थ्यैं गया ॥
कौशल्या पनि भक्तिले हरिजिका ध्यान्मा रह्याकी थिइन् ।
कौशल्या पनि भक्तिले हरिजिका ध्यान्‌मा रह्याकी थिइन् ।
राम्जीलाइ न देखि कत्ति न छुटाइ ताना प्रभूमा दिइन् ॥२३॥
राम्‌जीलाइ न देखि कत्ति न छुटाइ ताना प्रभूमा दिइन् ॥२३॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:06, 22 June 2025

This page has been proofread