Page:Prometheus.pdf/130: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मुस्लो मुस्लो, पबन प्रचालित, ओसिलो त्यहाँ । | |||
आर्द्रववसन ती ओर्ले भूतिर...सागर कचौरा | |||
फकल्किए, छचल्किएकैँ शिशुकरमा जल | |||
तब उत्रे ती प्रमिधस महावीरका पार्श्वमा, | |||
भारतचरा झैँ, शानदार पादुका पक्षनिमीलित । | |||
{{pcn|(३०)}} | |||
सगर्व वचन बोले हर्मीज- अबिनतशिर | |||
"टाइटान् प्रमियस ! पतित आज ! अविनत भ्रू | |||
बागी देवाधिराजका बुद्धिहीन अफ् हा ! मुक । | |||
ए ककेससका कैदी ! बडा अगाडिको तुजुक | |||
खतरादार छ वीर । यो घमंड हो महामूर्ख ! | |||
अतिवीरहरूको यही पतन ! प्रतिभाको | |||
यही बक्रता ! महाबल महादेव स्वर्गराज | |||
महाप्रभुको महाज्ञा छ, महावीर, बताउ | |||
तिम्रो महाभीषण महागोप्य, हुदान्तर्गत ! | |||
नत्र छ महापतत आसन्न, भीषणपतन ! | |||
जसकी कल्पना रोम, रोम पुलकित पार्दछे | |||
जड बनगात्र पहाड यस अतटका तटमा !" | |||
{{pcn|(३१)}} | |||
कडा कड्के प्रमिथस महाबाहु ती देवदूत | |||
हर्मीज अगाडि, जसरी उपकाश-ध्वनिलाई | |||
जवाफ दिन्छ शिखिर-चुच्रे उपत्यका | |||
भीषण ! "ए तैलाधर । स्निग्धजिहन देवदूत ! | |||
समुच्च ओलिम्पस पर्वत्तको शिखरासीन | |||
नृत्यवाद्य-सुरा-संगीत-निमज्जित दिवौकस | |||
मुर्दा अचेतमा छन् आज । आ, आत्मपतन । | |||
ती अन्ध दृष्टिदार देख्दछन् कहिल्यै अन्धकार | |||
उज्यालो आफ्नो ? तैपनि देखेँ मैले हर्मीज देब । | |||
दुई राष्ट्रपतिको भीषण पतन ! यो तृतीय | |||
देवाधिराज भयंकर सत्यानाशको भीर-- | |||
किनारमा अवलंबित, कित अज सुस्दछ अन्धो ? | |||
जाउ सुनार यही मेरो अबिनत उत्तर ।" | |||
{{pcn|(३२)}} | |||
"महागर्बी ! खर्बको विश्वर्ष गर्व सर्वोपहास छ | |||
सर्वेश्वरका अगाडि प्रमिथस ! जिउसदेव | |||
क्रोधान्ध हुनेखन् यस उत्तरले । पविधारीका | |||
महाप्रकोपमा शिखरभेदी कलिश गिर्ला | |||
तिम्रा अविनत शिरमा ! होश गरै प्रमिस !" | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:54, 22 June 2025
मुस्लो मुस्लो, पबन प्रचालित, ओसिलो त्यहाँ ।
आर्द्रववसन ती ओर्ले भूतिर...सागर कचौरा
फकल्किए, छचल्किएकैँ शिशुकरमा जल
तब उत्रे ती प्रमिधस महावीरका पार्श्वमा,
भारतचरा झैँ, शानदार पादुका पक्षनिमीलित ।
(३०)
सगर्व वचन बोले हर्मीज- अबिनतशिर
"टाइटान् प्रमियस ! पतित आज ! अविनत भ्रू
बागी देवाधिराजका बुद्धिहीन अफ् हा ! मुक ।
ए ककेससका कैदी ! बडा अगाडिको तुजुक
खतरादार छ वीर । यो घमंड हो महामूर्ख !
अतिवीरहरूको यही पतन ! प्रतिभाको
यही बक्रता ! महाबल महादेव स्वर्गराज
महाप्रभुको महाज्ञा छ, महावीर, बताउ
तिम्रो महाभीषण महागोप्य, हुदान्तर्गत !
नत्र छ महापतत आसन्न, भीषणपतन !
जसकी कल्पना रोम, रोम पुलकित पार्दछे
जड बनगात्र पहाड यस अतटका तटमा !"
(३१)
कडा कड्के प्रमिथस महाबाहु ती देवदूत
हर्मीज अगाडि, जसरी उपकाश-ध्वनिलाई
जवाफ दिन्छ शिखिर-चुच्रे उपत्यका
भीषण ! "ए तैलाधर । स्निग्धजिहन देवदूत !
समुच्च ओलिम्पस पर्वत्तको शिखरासीन
नृत्यवाद्य-सुरा-संगीत-निमज्जित दिवौकस
मुर्दा अचेतमा छन् आज । आ, आत्मपतन ।
ती अन्ध दृष्टिदार देख्दछन् कहिल्यै अन्धकार
उज्यालो आफ्नो ? तैपनि देखेँ मैले हर्मीज देब ।
दुई राष्ट्रपतिको भीषण पतन ! यो तृतीय
देवाधिराज भयंकर सत्यानाशको भीर--
किनारमा अवलंबित, कित अज सुस्दछ अन्धो ?
जाउ सुनार यही मेरो अबिनत उत्तर ।"
(३२)
"महागर्बी ! खर्बको विश्वर्ष गर्व सर्वोपहास छ
सर्वेश्वरका अगाडि प्रमिथस ! जिउसदेव
क्रोधान्ध हुनेखन् यस उत्तरले । पविधारीका
महाप्रकोपमा शिखरभेदी कलिश गिर्ला
तिम्रा अविनत शिरमा ! होश गरै प्रमिस !"