Jump to content

Page:Ek chihan.pdf/30: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्क आइपुगे उनी सुब्बाको
सुब्बा सुरमानका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे राम बहादुर सुब्बा
अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको  
सुरमानका अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको  
घरमा परिआएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन  
घरमा परि आएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन  
जाने काम पनि तल्सिङका तर्फबाट रामबहादुर नै गर्दथे । रामबहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर राम
जाने काम पनि राम बहादुर नै गर्दथे । राम बहादुरलाई लतमाया पनि राम्ररी  
बहादुरले भने- "आजकल देशी तान आइरहेको छ, ज्यादै नयाँ किसिमको,  
चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर राम
कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैय्यन् गज बुन्न सकिन्छ, त्यही किन  
बहादुरले भने– "आजकल देशी तान आइ रहेको छ, ज्यादै नयाँ किसिमको,  
कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैयन् गज बुन्न सकिन्छ, त्यही किन  
न ।"
न ।"


Line 10: Line 11:


"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।"  
"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।"  
रामबहादुरले मुसुमुसु हाँस्तै भने ।
राम बहादुरले मुसुमुसु हाँस्तै भने ।


"त्यो पनि धनीहरूकै निम्ति हुन्छ, गरिबका लागि त घाउमाथि  
"त्यो पनि धनीहरूकै निम्तिको कुरा हो, गरिबका लागि त घाउमाथि  
नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर  
नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर  
गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै  
गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै  
कुराको इच्छा पनि गर्न मैले छाडिसकेँ ।" अलि मलिन भावमा  
कुराको इच्छा पनि गर्न मैले छाडि सकेँ ।" अलि मलिन भावमा  
लतमायाले भनिन् ।
लतमायाले भनिन् ।


"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइदिन सक्तछु । सुब्बा
"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइ दिन सक्तछु । सुब्बा
साहेबसँग ऋण मागिदिउँला, त्यसैबाट कमाएर तिरिदेऊ ।"
साहेबसँग ऋण मागि दिउँला, त्यसैबाट कमाएर तिरि देऊ ।"


"सुब्बासाहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त  
"सुब्बा साहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त  
कहिले कसरी तिर्ने भइरहेछ, कुन मुखले फेरि रुपियाँ पैंचो माग्ने ?"
कहिले कसरी तिर्ने भइ रहेछ, कुन मुखले फेरि रुपियाँ पैँचो माग्ने ?"


"म लिइदिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।"  
"म लिइ दिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।"  
रामबहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट  
राम बहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट  
फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर  
फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर  
‘हुन्छ’ भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने उनी सुब्बा  
'हुन्छ' भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने लतमाया सुब्बा  
सुरमानकी पटके ऋणी थिइन् ।
सुरमानकी पटके ऋणी थिइन् ।


सफलताको छाया देखेर रामबहादुरले भने- "म सुब्बासाहेबलाई
सफलताको छाया देखेर राम बहादुरले भने– "म सुब्बा साहेबलाई
आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइदिनेछु । बडो  
आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइ दिने छु । बडो  
गजबको सजिलो तान छ, मेसिनजस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ;
गजबको सजिलो तान छ, मेसिन जस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ;

Latest revision as of 19:03, 21 June 2025

This page has been proofread

सुब्बा सुरमानका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे । राम बहादुर सुब्बा सुरमानका अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परि आएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन जाने काम पनि राम बहादुर नै गर्दथे । राम बहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर राम बहादुरले भने– "आजकल देशी तान आइ रहेको छ, ज्यादै नयाँ किसिमको, कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैयन् गज बुन्न सकिन्छ, त्यही किन न ।"

"कहाँ पाऊँ रुपियाँ ?" लतमायाले अलिकति हाँसेर भनिन् ।

"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।" राम बहादुरले मुसुमुसु हाँस्तै भने ।

"त्यो पनि धनीहरूकै निम्तिको कुरा हो, गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडि सकेँ ।" अलि मलिन भावमा लतमायाले भनिन् ।

"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइ दिन सक्तछु । सुब्बा साहेबसँग ऋण मागि दिउँला, त्यसैबाट कमाएर तिरि देऊ ।"

"सुब्बा साहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त कहिले कसरी तिर्ने भइ रहेछ, कुन मुखले फेरि रुपियाँ पैँचो माग्ने ?"

"म लिइ दिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।" राम बहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर 'हुन्छ' भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने लतमाया सुब्बा सुरमानकी पटके ऋणी थिइन् ।

सफलताको छाया देखेर राम बहादुरले भने– "म सुब्बा साहेबलाई आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइ दिने छु । बडो गजबको सजिलो तान छ, मेसिन जस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ;