Page:Laxmi nibandhasangraha.pdf/210: Difference between revisions
→Not proofread: Created page with "भए, अर्वाचीनमा छ्यासमिसे । पुराना महात्मा सबको आत्माको माहात्म्य देख्थे, तर आजकलका महात्मा आफ्नै आत्माको महात्म्य देख्तछन् । पहिले-पहिले क्रषिले पलेटी कसे भने दिन बितेको थाहा प..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भए, अर्वाचीनमा छ्यासमिसे । पुराना महात्मा सबको आत्माको | भए, अर्वाचीनमा छ्यासमिसे । पुराना महात्मा सबको आत्माको महात्म्य | ||
देख्थे, तर आजकलका महात्मा आफ्नै आत्माको महात्म्य देख्तछन् । | |||
पहिले–पहिले ऋषिले पलेंटी कसे भने दिन बितेको थाहा पाउँदैनथे, तर | |||
एकैछिन समाहित भएर बसें भने मलाई घडी हेर्न मन लाग्दछ । जहाँ | |||
घडीको सङ्केत हुँदैन, त्यहाँ मानव–आत्माले अनन्तसँग नाता जोडेको | |||
देखिन्छ तर म समयलाई साना–सानो टुक्रामा हेरेर दीर्घकालदेखि तर्सन्छु | |||
र थोरै क्षणको धैर्यले मेरो नाक फुल्दछ । अनन्तबाट म त्यत्तिकै सधैं दूर | |||
छु, जत्तिको होश हराएका भारद्वाज समधिस्थ अवस्थामा मभन्दा माथि | |||
देखिन्छन् । | |||
हामीहरु जीवनलाई सेकेण्डमा बाँडेर टुक्र्याइ रहेछौं, | |||
ध्येय शून्यताको चक्करमा बाटुला घडीहरुको सुईका यात्रामा समय | |||
व्यतित गरिरहेछौं । हामीहरु छरिइरहेछौं, सङ्कीर्ण हुनु विकीर्ण हुनु हाम्रो | |||
सभ्यताको लक्षण हो । हामी एक घडीलाई धेरै देख्तछौं, त्यसलाई साठी | |||
मिनेटमा र हरएक मिनेटलाई साठी सेकेन्डमा बाँड्दछौं । हाम्रो आजकल | |||
कनिकाकेलाइ छ । महान् तत्वहरु सेकेन्डका होशमा उफ्रँदैनन् र हामीहरु | |||
देवताको दिन र ब्रह्माको युगको कल्पना गर्न सक्तैनौं । हामीहरु छोटकरी | |||
बनिरहेछौं, खुम्चिरहेछौं, बोक्रा पढ्दछौं, सतह हेर्दछौं, हिसाबको क्षेत्रमा | |||
घुम्दछौं, आत्मालाई छोडेर रक्तसञ्चालनका नियमहरु अध्ययन गर्दछौं । | |||
मेरो विचारमा यो घडीहरुकै अत्याचारले भएको हो । | |||
किनकी आजकल हामीहरु घडीले उठ्तछौं र घडीले बस्तछौं । | |||
अध्यापक क्लासमा आउँदा घडी हेरेर आउँछन्, घडी हेरेर जान्छन् । | |||
आजकलको विद्या र प्रमाणपत्रका बोक्रेपनमा विचार गर्ने मान्छेले थाहा | |||
पाउँछ मानव–आत्मामा घडीको कत्रो अत्याचार छ । पहिले–पहिलेका | |||
गुरुहरु हरहमेशा दिनरात शिक्षा दिएर विद्यार्थीको आचार–व्यवहारसमेतमा | |||
ध्यान राख्तथे । आजकालका मास्टरजीहरु घडी हेरेर पढाउन बाह्रकोठे | |||
बाटुलमुखेका काला अङ्कहरु गनीगनी पैसा लिन्छन् । विद्याको धारो | |||
समयमा खुल्दछ र समयमा बन्द हुन्छ, उपदेशको घडी तौलले खरिद– | |||
बिक्री हुन्छ अनि हामी बोक्रे हुनु कुन गजबको कुरा हो र ? | |||
हामीलाई परिश्रमको बाँड सिकाउने घडीको आविष्कार हो । | |||
बरु यन्त्रहरुको जेठो दाजु नै घडी हो । हामीहरु हमेशा बेफुरसती छौं, | |||
सास फेर्न पाइन्न ! यो स्वाँ–स्वाँको युगमा हामी घडीका सुईका | |||
हामीलाई परिश्रमको बाँड सिकाउने घडीको आविष्कार हो । | |||
बरु | |||
सास फेर्न पाइन्न ! यो | |||
Latest revision as of 11:19, 21 June 2025
भए, अर्वाचीनमा छ्यासमिसे । पुराना महात्मा सबको आत्माको महात्म्य देख्थे, तर आजकलका महात्मा आफ्नै आत्माको महात्म्य देख्तछन् । पहिले–पहिले ऋषिले पलेंटी कसे भने दिन बितेको थाहा पाउँदैनथे, तर एकैछिन समाहित भएर बसें भने मलाई घडी हेर्न मन लाग्दछ । जहाँ घडीको सङ्केत हुँदैन, त्यहाँ मानव–आत्माले अनन्तसँग नाता जोडेको देखिन्छ तर म समयलाई साना–सानो टुक्रामा हेरेर दीर्घकालदेखि तर्सन्छु र थोरै क्षणको धैर्यले मेरो नाक फुल्दछ । अनन्तबाट म त्यत्तिकै सधैं दूर छु, जत्तिको होश हराएका भारद्वाज समधिस्थ अवस्थामा मभन्दा माथि देखिन्छन् ।
हामीहरु जीवनलाई सेकेण्डमा बाँडेर टुक्र्याइ रहेछौं, ध्येय शून्यताको चक्करमा बाटुला घडीहरुको सुईका यात्रामा समय व्यतित गरिरहेछौं । हामीहरु छरिइरहेछौं, सङ्कीर्ण हुनु विकीर्ण हुनु हाम्रो सभ्यताको लक्षण हो । हामी एक घडीलाई धेरै देख्तछौं, त्यसलाई साठी मिनेटमा र हरएक मिनेटलाई साठी सेकेन्डमा बाँड्दछौं । हाम्रो आजकल कनिकाकेलाइ छ । महान् तत्वहरु सेकेन्डका होशमा उफ्रँदैनन् र हामीहरु देवताको दिन र ब्रह्माको युगको कल्पना गर्न सक्तैनौं । हामीहरु छोटकरी बनिरहेछौं, खुम्चिरहेछौं, बोक्रा पढ्दछौं, सतह हेर्दछौं, हिसाबको क्षेत्रमा घुम्दछौं, आत्मालाई छोडेर रक्तसञ्चालनका नियमहरु अध्ययन गर्दछौं । मेरो विचारमा यो घडीहरुकै अत्याचारले भएको हो ।
किनकी आजकल हामीहरु घडीले उठ्तछौं र घडीले बस्तछौं । अध्यापक क्लासमा आउँदा घडी हेरेर आउँछन्, घडी हेरेर जान्छन् । आजकलको विद्या र प्रमाणपत्रका बोक्रेपनमा विचार गर्ने मान्छेले थाहा पाउँछ मानव–आत्मामा घडीको कत्रो अत्याचार छ । पहिले–पहिलेका गुरुहरु हरहमेशा दिनरात शिक्षा दिएर विद्यार्थीको आचार–व्यवहारसमेतमा ध्यान राख्तथे । आजकालका मास्टरजीहरु घडी हेरेर पढाउन बाह्रकोठे बाटुलमुखेका काला अङ्कहरु गनीगनी पैसा लिन्छन् । विद्याको धारो समयमा खुल्दछ र समयमा बन्द हुन्छ, उपदेशको घडी तौलले खरिद– बिक्री हुन्छ अनि हामी बोक्रे हुनु कुन गजबको कुरा हो र ?
हामीलाई परिश्रमको बाँड सिकाउने घडीको आविष्कार हो । बरु यन्त्रहरुको जेठो दाजु नै घडी हो । हामीहरु हमेशा बेफुरसती छौं, सास फेर्न पाइन्न ! यो स्वाँ–स्वाँको युगमा हामी घडीका सुईका