Jump to content

Page:Laxmi nibandhasangraha.pdf/210: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भए, अर्वाचीनमा छ्यासमिसे । पुराना महात्मा सबको आत्माको माहात्म्य
भए, अर्वाचीनमा छ्यासमिसे । पुराना महात्मा सबको आत्माको महात्म्य
देख्थे, तर आजकलका महात्मा आफ्नै आत्माको महात्म्य देख्तछन्‌
देख्थे, तर आजकलका महात्मा आफ्नै आत्माको महात्म्य देख्तछन् ।  
पहिले-पहिले क्रषिले पलेटी कसे भने दिन बितेको थाहा पाउँदैनथे, तर
पहिले–पहिले ऋषिले पलेंटी कसे भने दिन बितेको थाहा पाउँदैनथे, तर  
एकै छिन समाहित भएर बसें भने मलाई घडी हेर्न मन लाग्दछ । जहाँ
एकैछिन समाहित भएर बसें भने मलाई घडी हेर्न मन लाग्दछ । जहाँ  
घडीको संकेत हुँदैन, त्यहाँ मानव-आत्माले अनन्तसँग नाता जौडेको
घडीको सङ्केत हुँदैन, त्यहाँ मानव–आत्माले अनन्तसँग नाता जोडेको
देखिन्छ तर म समयलाई साना-साना टुक्रामा हेरेर दीर्घकालदेखि तर्सन्छु
देखिन्छ तर म समयलाई साना–सानो टुक्रामा हेरेर दीर्घकालदेखि तर्सन्छु  
र थोरै क्षणको धैर्यले मेरो नाक फुल्दछ । अनन्तबाटम त्यत्तिकै सधैं दूर
र थोरै क्षणको धैर्यले मेरो नाक फुल्दछ । अनन्तबाट म त्यत्तिकै सधैं दूर  
छु, जत्तिको होश हराएका भारद्वाज समाधिस्थ अवस्थामा मभन्दा माथि
छु, जत्तिको होश हराएका भारद्वाज समधिस्थ अवस्थामा मभन्दा माथि  
देखिन्छन्‌
देखिन्छन्


हामीहरू जीवनलाई सेकेण्डमा बाँडेर टुक्रचाइरहेछौ,
हामीहरु जीवनलाई सेकेण्डमा बाँडेर टुक्र्याइ रहेछौं,  
ध्येयशून्यताको चक्करमा बाट्ला घडीहरूको सुईका यात्रामा समय
ध्येय शून्यताको चक्करमा बाटुला घडीहरुको सुईका यात्रामा समय  
व्यतीत गरिरहेछौं । हामीहरू छरिइरहेछौं, संकीर्ण हुनु विकीर्ण हनु हाम्रो
व्यतित गरिरहेछौं । हामीहरु छरिइरहेछौं, सङ्कीर्ण हुनु विकीर्ण हुनु हाम्रो  
सभ्यताको लक्षण हो । हामी एक घडीलाई धेरै देख्तछौँ, त्यसलाई साठी
सभ्यताको लक्षण हो । हामी एक घडीलाई धेरै देख्तछौं, त्यसलाई साठी  
मिनेटमा र हरएक मिनेटलाई साठी सेकेण्डमा बाँड्दछौं । हाम्रो आजकल
मिनेटमा र हरएक मिनेटलाई साठी सेकेन्डमा बाँड्दछौं । हाम्रो आजकल  
कनिकाकेलाइ छ । महान्‌ तत्त्वहरू सेकेण्डका होशमा उफ्रदैनन्‌ हामीहरू
कनिकाकेलाइ छ । महान् तत्वहरु सेकेन्डका होशमा उफ्रँदैनन् हामीहरु
देवताको दिनर ब्रहमाको युगको कल्पना गर्ने सक्तैनौं । हामीहरू छोटकरी
देवताको दिन र ब्रह्माको युगको कल्पना गर्न सक्तैनौं । हामीहरु छोटकरी  
बनिरहेछौं, खुम्चिरहेछौं, बोक्रा पढ्दछौं, सतह हेर्दछौं, हिसाबको क्षेत्रमा
बनिरहेछौं, खुम्चिरहेछौं, बोक्रा पढ्दछौं, सतह हेर्दछौं, हिसाबको क्षेत्रमा  
घुम्दछौं, आत्मालाई छाडेर रक्तसञ्चालनका नियमहरू अध्ययन गर्दछौं ।
घुम्दछौं, आत्मालाई छोडेर रक्तसञ्चालनका नियमहरु अध्ययन गर्दछौं ।  
मेरो विचारमा यो घडीहरूकै अत्याचारले भएको हो ।
मेरो विचारमा यो घडीहरुकै अत्याचारले भएको हो ।


किनकि आजकल हामीहरू घडीले उठ्तछौं र घडीले बस्तछौं ।
किनकी आजकल हामीहरु घडीले उठ्तछौं र घडीले बस्तछौं ।  
अध्यापक क्लासमा आउँदा घडी हेरेर आउँछन्‌, घडी हेरेर जान्छन्‌
अध्यापक क्लासमा आउँदा घडी हेरेर आउँछन्, घडी हेरेर जान्छन् ।  
आजकलको विद्या र प्रमाणपत्रका बोक्रेपनमा विचार गर्ने मान्छेले थाहा
आजकलको विद्या र प्रमाणपत्रका बोक्रेपनमा विचार गर्ने मान्छेले थाहा  
पाउँछ मानव-आत्मामा घडीको कत्रो अत्याचार छ । पहिले-पहिलेका
पाउँछ मानव–आत्मामा घडीको कत्रो अत्याचार छ । पहिले–पहिलेका
गुरुहरू हरहमेशा दिनरात शिक्षा दिएर विद्यार्थीको आचार-व्यवहारसमेतमा
गुरुहरु हरहमेशा दिनरात शिक्षा दिएर विद्यार्थीको आचार–व्यवहारसमेतमा
ध्यान राख्तये । आजकालका माष्टरजीहरू घडी हेरेर पढाउन बाह्रकोठे
ध्यान राख्तथे । आजकालका मास्टरजीहरु घडी हेरेर पढाउन बाह्रकोठे  
बाटुलमुखेका काला अङ्कहरू गनीगनी पैसा लिन्छन्‌ । विद्याको धारो
बाटुलमुखेका काला अङ्कहरु गनीगनी पैसा लिन्छन् । विद्याको धारो  
समयमा खुल्दछ र समयमा बन्द हुन्छ, उपदेशको घडी तौलले खरीद-
समयमा खुल्दछ र समयमा बन्द हुन्छ, उपदेशको घडी तौलले खरिद–
बिक्री हुन्छ अनि हामी बोक्रे हुनु कुन गजबको क्रा होर ?
बिक्री हुन्छ अनि हामी बोक्रे हुनु कुन गजबको कुरा हो र ?


हामीलाई परिश्रमको बाँड सिकाउने घडीको आविष्कार हो ।
हामीलाई परिश्रमको बाँड सिकाउने घडीको आविष्कार हो ।  
बरु यन्त्रहरूको जेठो दाजु नै घडी हो । हामीहरू हमेशा बेफुरसती छौँ,
बरु यन्त्रहरुको जेठो दाजु नै घडी हो । हामीहरु हमेशा बेफुरसती छौं,  
सास फेर्न पाइन्न ! यो स्वाँ-स्वाँको युगमा हामी घडीका सुईका
सास फेर्न पाइन्न ! यो स्वाँ–स्वाँको युगमा हामी घडीका सुईका

Latest revision as of 11:19, 21 June 2025

This page has not been proofread

भए, अर्वाचीनमा छ्यासमिसे । पुराना महात्मा सबको आत्माको महात्म्य देख्थे, तर आजकलका महात्मा आफ्नै आत्माको महात्म्य देख्तछन् । पहिले–पहिले ऋषिले पलेंटी कसे भने दिन बितेको थाहा पाउँदैनथे, तर एकैछिन समाहित भएर बसें भने मलाई घडी हेर्न मन लाग्दछ । जहाँ घडीको सङ्केत हुँदैन, त्यहाँ मानव–आत्माले अनन्तसँग नाता जोडेको देखिन्छ तर म समयलाई साना–सानो टुक्रामा हेरेर दीर्घकालदेखि तर्सन्छु र थोरै क्षणको धैर्यले मेरो नाक फुल्दछ । अनन्तबाट म त्यत्तिकै सधैं दूर छु, जत्तिको होश हराएका भारद्वाज समधिस्थ अवस्थामा मभन्दा माथि देखिन्छन् ।

हामीहरु जीवनलाई सेकेण्डमा बाँडेर टुक्र्याइ रहेछौं, ध्येय शून्यताको चक्करमा बाटुला घडीहरुको सुईका यात्रामा समय व्यतित गरिरहेछौं । हामीहरु छरिइरहेछौं, सङ्कीर्ण हुनु विकीर्ण हुनु हाम्रो सभ्यताको लक्षण हो । हामी एक घडीलाई धेरै देख्तछौं, त्यसलाई साठी मिनेटमा र हरएक मिनेटलाई साठी सेकेन्डमा बाँड्दछौं । हाम्रो आजकल कनिकाकेलाइ छ । महान् तत्वहरु सेकेन्डका होशमा उफ्रँदैनन् र हामीहरु देवताको दिन र ब्रह्माको युगको कल्पना गर्न सक्तैनौं । हामीहरु छोटकरी बनिरहेछौं, खुम्चिरहेछौं, बोक्रा पढ्दछौं, सतह हेर्दछौं, हिसाबको क्षेत्रमा घुम्दछौं, आत्मालाई छोडेर रक्तसञ्चालनका नियमहरु अध्ययन गर्दछौं । मेरो विचारमा यो घडीहरुकै अत्याचारले भएको हो ।

किनकी आजकल हामीहरु घडीले उठ्तछौं र घडीले बस्तछौं । अध्यापक क्लासमा आउँदा घडी हेरेर आउँछन्, घडी हेरेर जान्छन् । आजकलको विद्या र प्रमाणपत्रका बोक्रेपनमा विचार गर्ने मान्छेले थाहा पाउँछ मानव–आत्मामा घडीको कत्रो अत्याचार छ । पहिले–पहिलेका गुरुहरु हरहमेशा दिनरात शिक्षा दिएर विद्यार्थीको आचार–व्यवहारसमेतमा ध्यान राख्तथे । आजकालका मास्टरजीहरु घडी हेरेर पढाउन बाह्रकोठे बाटुलमुखेका काला अङ्कहरु गनीगनी पैसा लिन्छन् । विद्याको धारो समयमा खुल्दछ र समयमा बन्द हुन्छ, उपदेशको घडी तौलले खरिद– बिक्री हुन्छ अनि हामी बोक्रे हुनु कुन गजबको कुरा हो र ?

हामीलाई परिश्रमको बाँड सिकाउने घडीको आविष्कार हो । बरु यन्त्रहरुको जेठो दाजु नै घडी हो । हामीहरु हमेशा बेफुरसती छौं, सास फेर्न पाइन्न ! यो स्वाँ–स्वाँको युगमा हामी घडीका सुईका