Page:Laxmi nibandhasangraha.pdf/209: Difference between revisions
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{x-larger|'''मान्छेलाई घडीबाट हानि'''}} | {{x-larger|'''मान्छेलाई घडीबाट हानि'''}} | ||
घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको | घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको | ||
होश दिने प्रकृति नै | होश दिने प्रकृति नै थिइन् । आजकलका मान्छेलाई 'कुखुरी काँ' | ||
मोल | को मोल थाहा छैन । उहिले–उहिले यो सिउरदार चरो समय देखाउने | ||
चिजहरुमध्येको भाले थियो । त्यस्तै हामी आजकल तारा हेर्दैनौं । तर | |||
उहिलेका मान्छेलाई आकाशमा | उहिलेका मान्छेलाई आकाशमा जादु मात्रै थिएन । समयको सङ्केत पनि | ||
थियो । छायाको अध्ययन | थियो । छायाको अध्ययन बिसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान् | ||
छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक | छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक | ||
सङ्केतहरुबाट समयको विचार गर्न मानिसहरु हामीजस्ता लापरबाही | |||
थिएनन् र यो कुरा स्पष्टतया बहसबिना मालुम हुन्छ कि घडीको | |||
आविष्कारले | आविष्कारले मनुष्य जातिलाई हानिसिवाय केही गरेन । | ||
हामीहरुले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न | |||
सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न | सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौँ । | ||
हाम्रो मगजमा | हाम्रो मगजमा मेसिनको अत्याचार बढ्यो र स्वतन्त्र अन्वेषण र प्राप्तिको | ||
मोहनीबाट सभ्य मानिस हरहमेशा | मोहनीबाट सभ्य मानिस हरहमेशा वञ्चित छ । घडी विना विचार गर्ने | ||
व्यासजी बने, घडी लिएर | व्यासजी बने, घडी लिएर विचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो । हामी | ||
आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका | आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका | ||
टिकटिकीसँग तालमा | टिकटिकीसँग तालमा मिल्दछन् । हामी यन्त्र बनाउँछौं, उनीहरु मन्त्र | ||
बनाउँथे । जहाँ आधुनिक | बनाउँथे । जहाँ आधुनिक पुरुषहरुलाई पाङ्ग्रा र कमानीको तालिममा काम | ||
गर्नु पर्दछ, पहिलेका मान्छेहरु प्रकृतिका सङ्केत र सूचनाहरु पाएर विशालको | |||
तालिममा काम गर्दथे । | |||
प्राचीन युगमा | प्राचीन युगमा मनुष्यहरु त्रिकालदर्शी हुनुका कारण यो एक हुन | ||
सक्तछ कि | सक्तछ कि उनीहरु समयलाई यसरी टुक्रा पार्दैनथे र अनन्तको | ||
आह्वानलाई सानो टिकटिकीमा परिणत | आह्वानलाई सानो टिकटिकीमा परिणत गर्दैनथे । हाम्रो आंशिक दृष्टि | ||
छ, | छ, उनीहरुको समष्टिरुपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा ऋषि |
Latest revision as of 11:18, 21 June 2025
मान्छेलाई घडीबाट हानि
घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको होश दिने प्रकृति नै थिइन् । आजकलका मान्छेलाई 'कुखुरी काँ' को मोल थाहा छैन । उहिले–उहिले यो सिउरदार चरो समय देखाउने चिजहरुमध्येको भाले थियो । त्यस्तै हामी आजकल तारा हेर्दैनौं । तर उहिलेका मान्छेलाई आकाशमा जादु मात्रै थिएन । समयको सङ्केत पनि थियो । छायाको अध्ययन बिसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान् छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक सङ्केतहरुबाट समयको विचार गर्न मानिसहरु हामीजस्ता लापरबाही थिएनन् र यो कुरा स्पष्टतया बहसबिना मालुम हुन्छ कि घडीको आविष्कारले मनुष्य जातिलाई हानिसिवाय केही गरेन ।
हामीहरुले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौँ । हाम्रो मगजमा मेसिनको अत्याचार बढ्यो र स्वतन्त्र अन्वेषण र प्राप्तिको मोहनीबाट सभ्य मानिस हरहमेशा वञ्चित छ । घडी विना विचार गर्ने व्यासजी बने, घडी लिएर विचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो । हामी आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका टिकटिकीसँग तालमा मिल्दछन् । हामी यन्त्र बनाउँछौं, उनीहरु मन्त्र बनाउँथे । जहाँ आधुनिक पुरुषहरुलाई पाङ्ग्रा र कमानीको तालिममा काम गर्नु पर्दछ, पहिलेका मान्छेहरु प्रकृतिका सङ्केत र सूचनाहरु पाएर विशालको तालिममा काम गर्दथे ।
प्राचीन युगमा मनुष्यहरु त्रिकालदर्शी हुनुका कारण यो एक हुन सक्तछ कि उनीहरु समयलाई यसरी टुक्रा पार्दैनथे र अनन्तको आह्वानलाई सानो टिकटिकीमा परिणत गर्दैनथे । हाम्रो आंशिक दृष्टि छ, उनीहरुको समष्टिरुपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा ऋषि