Page:Laxmi nibandhasangraha.pdf/201: Difference between revisions
→Not proofread: Created page with "जुँघा ७ म के लेखूँ के लेखूँ जस्तो भएर विचारशूत्य क्षणमा घोरिइरहेको वेलामा आदती तबरले मेरा बायाँ हातका बूढी र चोर औंला माथिल्लो ओठका ती मर्दमर्यादास्वरूप रोमागुच्छ तह लाउने काममा..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
जुँघा | {{x-larger|'''जुँघा'''}} | ||
म के लेखूँ के लुखूँ जस्ता भएर विचारशून्य क्षणमा घोरिइरहेको | |||
बेलामा आदती तवरले मेरा बायाँ हातका बुढी र चोर औंला माथिल्लो | |||
ओठका ती मर्दमर्यादास्वरुप रोमगच्छ तह लाउने काममा पुगेछन्, | |||
जसलाई 'जुँघा मुसार्नु' भन्दछन् । मैले के भावले जँघामा ताउ लागन | |||
लागें म भन्न सक्तिनँ, न त म मनोवैज्ञानिक छु । तर जब मगज रित्तो | |||
भएर आत्मबल र आत्मतेजको कमीमा मर्दको आत्मा सचेत भएर | |||
आउँछ; तब आफूलाई आश्वासन दिने एक मर्दाना तवर सायद यो रहेछ | |||
कि जुँघालाई सम्याउनु ! | कि जुँघालाई सम्याउनु ! | ||
यो | यो कागज–कलम, मसीका क्षेत्रमा पनि लडाइँ छ, यहाँ पनि | ||
वीरताको आवश्यकता छ । मलाई संसारका मगजसँग लडेर जितेर | |||
वीरताको आवश्यकता छ । मलाई संसारका मगजसँग लडेर जितेर | रोटी र नाम दुवै कमाउनु पर्दछ । मैले लेखेका कुरामा छिः छिः गरिदेलान् | ||
भन्ने त्रास हरहमेशा भित्र छिपेर सावधानी दिइरहेछ । यो जोडतोडको | |||
रोटी र नाम दुवै | दुनियाँमा म पछि पर्न चाहन्न । प्रख्याति र आत्मप्रदर्शनको मिठो ऐंडीले | ||
मर्दको पयर संसारमा अघि बढाइरहेछ । मेरो मगज अहिले रित्तो छ, | |||
भन्ने त्रास हरहमेशा भित्र छिपेर सावधानी दिइरहेछ । यो जोडतोडको | मिही भावनाहरु शून्य छन्, कविताको गन्ध पनि हृदयमा छैन । अहिले | ||
म यो बोधो चिच्याहटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा | |||
दुनियाँमा म पछि पर्न | मगजको कारखानालाई शून्य जस्तो बनाएर बिच–बिचमा पैदा गर्दछिन् । | ||
कति कपाल कन्याएँ, तर व्यर्थ भयो, मगजका जादुगरी गिर्खाहरु कुनै | |||
मर्दको पयर संसारमा अघि बढाइरहेछ । मेरो मगज अहिले रित्तो छ, | विषयमा झल्कँदै, रुनझुनाउँदै जाग्रत हुन सकेनन् । मउपर एक उराठ | ||
मिही | बदली लागेजस्तो भयो, जसमा बिजुली छैन । तब पुरुषले आफ्नो | ||
पुरुषर्थको चिह्न नपाउँदा आफ्नो तेज र तागतको कमीमा सचेत भएर | |||
म यो बोधो चिच्याहटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा | आउँदा अर्को चिज के सम्झियोस् बरा ! ओठमाथिको जुँघासिवाय ? | ||
मगजको कारखानालाई | |||
कति कपाल कन्याएँ, तर व्यर्थ भयो, मगजका | |||
विषयमा झल्कँदै, | |||
बदली लागेजस्तो भयो, जसमा बिजुली छैन । तब पुरुषले आफ्नो | |||
आउँदा अर्को | |||
तपाईंले याद गर्नु भएको होला– जब पूर्णवयस्क युवकलाई कसैले | |||
नामर्दको शब्दले गाली गर्दछ, तब अरु आड नपाएर आफ्ना औंलाद्वारा |
Latest revision as of 11:02, 21 June 2025
जुँघा
म के लेखूँ के लुखूँ जस्ता भएर विचारशून्य क्षणमा घोरिइरहेको बेलामा आदती तवरले मेरा बायाँ हातका बुढी र चोर औंला माथिल्लो ओठका ती मर्दमर्यादास्वरुप रोमगच्छ तह लाउने काममा पुगेछन्, जसलाई 'जुँघा मुसार्नु' भन्दछन् । मैले के भावले जँघामा ताउ लागन लागें म भन्न सक्तिनँ, न त म मनोवैज्ञानिक छु । तर जब मगज रित्तो भएर आत्मबल र आत्मतेजको कमीमा मर्दको आत्मा सचेत भएर आउँछ; तब आफूलाई आश्वासन दिने एक मर्दाना तवर सायद यो रहेछ कि जुँघालाई सम्याउनु !
यो कागज–कलम, मसीका क्षेत्रमा पनि लडाइँ छ, यहाँ पनि वीरताको आवश्यकता छ । मलाई संसारका मगजसँग लडेर जितेर रोटी र नाम दुवै कमाउनु पर्दछ । मैले लेखेका कुरामा छिः छिः गरिदेलान् भन्ने त्रास हरहमेशा भित्र छिपेर सावधानी दिइरहेछ । यो जोडतोडको दुनियाँमा म पछि पर्न चाहन्न । प्रख्याति र आत्मप्रदर्शनको मिठो ऐंडीले मर्दको पयर संसारमा अघि बढाइरहेछ । मेरो मगज अहिले रित्तो छ, मिही भावनाहरु शून्य छन्, कविताको गन्ध पनि हृदयमा छैन । अहिले म यो बोधो चिच्याहटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा मगजको कारखानालाई शून्य जस्तो बनाएर बिच–बिचमा पैदा गर्दछिन् । कति कपाल कन्याएँ, तर व्यर्थ भयो, मगजका जादुगरी गिर्खाहरु कुनै विषयमा झल्कँदै, रुनझुनाउँदै जाग्रत हुन सकेनन् । मउपर एक उराठ बदली लागेजस्तो भयो, जसमा बिजुली छैन । तब पुरुषले आफ्नो पुरुषर्थको चिह्न नपाउँदा आफ्नो तेज र तागतको कमीमा सचेत भएर आउँदा अर्को चिज के सम्झियोस् बरा ! ओठमाथिको जुँघासिवाय ?
तपाईंले याद गर्नु भएको होला– जब पूर्णवयस्क युवकलाई कसैले नामर्दको शब्दले गाली गर्दछ, तब अरु आड नपाएर आफ्ना औंलाद्वारा