Jump to content

Page:Laxmi nibandhasangraha.pdf/199: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं
बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं  
दुई सय पुगेछ, तब थोत्रा मोहरहरूको सम्भावना परीक्षा गरेर पञ्चानब्बे-
दुई सय पुगेछ, तब थोत्रा मोहरहरुको सम्भावना परीक्षा गरेर पञ्चानब्बे–
पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौँ
पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौं


एक जना महाशय जूवा खेल्छन्‌, तर रोज रुपियाँका निमित्त ।
एक जना महाशय जुवा खेल्छन्, तर रोज रुपियाँका निमित्त ।  
एक रुपियाँ हात लाग्यो कि उनी उठे । 'सन्तो्ष परम सुखम्‌ ।' काम
एक रुपियाँ हात लाग्यो कि उनी उठे । 'सन्तोषं परम् सुखम् ।' काम  
नगरीकन रोज रुपियाँ कमाउनु पनि ठूलो अक्कल हो । एक रुपियाँ
नगरिकन रोज रुपियाँ कमाउनु पनि ठुलो अक्कल हो । एक रुपियाँ  
रोजको कमाएपछि म्याट्रिक, आइ.ए.ले जागीर खाएजत्तिकै भैहाल्यो नि !
रोजको कमाएपछि म्याट्रिक, आइ. ए. जागिर खाए जत्तिकै भैहाल्यो नि !  
लहडको राज्यमा डिट्ठाङ्वी पाउनु पनि त एक रोजका निमित्त ठूलो सौख
लहडको राज्यमा डिठ्ठाङ्गी पाउनु पनि त एक रोजका निमित्त ठुलो सौख  
हो । दिन-दिनै सरकारिया अङ्डाले काम गरेर रुपियाँ दिन्छ । कार्तिकको
हो । दिन–दिनै सरकारिया अड्डाले काम गरेर रुपियाँ दिन्छ । कार्तिकको  
याममा दिनभरि कठाङ्ग्रिदो हातले खेलेर पाँच बजे त रित्तो हात बटारदै
याममा दिनभरि कठाङ्ग्रिंदो हातले खेलेर पाँच बजे त रित्तो हात बटार्दै
घर फर्किहाल्नुपर्छ । तर यहाँ खतराको कुमारीचोक बुझाइसकियो
घर फर्किहाल्नु पर्छ । तर यहाँ खतराको कुमारीचोक बुझाइ सकियो ।  
एउटा सङ्लो खौँदिलो चहकदार लालमोहर लागेको (वा सेतो मोहर
एउटा सङ्लो खँदिलो चहकदार लालमोहर लागेको (वा सेतो मोहर  
लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की
लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की  
हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । मानिसहरू
हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । मानिसहरु
जूवा हार्छन्‌, साङ्ग्रो घाँटीमा ज्यादा मकै पक्रिने बन्दरमुट्ठे जस्ता बनेर
जुवा हार्छन्, साङ्गो घाँटीमा ज्यादा मकै पक्रिने बन्दरमुठ्ठे जस्ता बनेर  
थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै ज्यादा काम लाग्छ । अब
थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै ज्यादै काम लाग्छ । अब  
एक पेट मिठाई खाए पनि भयो, जीवनसंग्रामको सम्झनाले गुलियो
एक पेट मिठाई खाए पनि भयो, जीवनसङ्ग्रामको सम्झनाले गुलियो  
तीतो भएन । अथवा कन्तुरमा लगेर खसालिदेङ । जसमा सित्तै आएका
तितो भएन । अथवा कन्तुरमा लगेर खसालिदेऊ । जसमा सितैं आएका  
पैसाहरू भविष्यलाई बटुलिन्छन्‌ अथवा दुई छाक खरीद गर । अब
पैसाहरु भविष्यलाई बटुलिन्छन् अथवा दुई छाक खरिद गर । अब  
गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको
गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको  
सिद्धान्त यही थियो । हन पनि कति राम्रो र कति सजिलो, एक रुपियाँसम्म
सिद्धान्त यही थियो । हुन पनि कति राम्रो र कति सजिलो, एक रुपियाँसम्म  
नआउने कुनै जूवाको दिन हुँदैन । पाँच रुपियाँ तिहार, एक रुपियाँ
नआनउने कुनै जुवाको दिन हुँदैन । पाँच रुपियाँ तिहार, एक रुपियाँ  
कोजाग्रत, एक चैते दशैं, एक: दुई रुपियाँ भोटो देखाउने जूवा, अरू पर्व-
कोजाग्रत, एक चैते दशैं, एक–दुई रुपियाँ भोटो देखाउने जुवा, अरु पर्व–
पर्वमा जस्तो ट्धूनिसिया विजयमा इत्यादि मेहनतविना थोरै आउनुमा
पर्वमा जस्तो ट्युनिसिया विजयमा इत्यादि मेहनतविना थोरै आउनुमा  
पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा गरेजस्तो लाग्छ । अरू रुपियाँ
पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा गरे जस्तो लाग्छ । अरु रुपियाँ  
हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक
हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक  
दुःखहरूसँग गाँसिएर महीनाको एकबाजि उब्जन्छन्‌ । तर राम्रो मोल
दुःखहरुसँग गाँसिएर महिनाको एकबाजि उब्जन्छन् । तर राम्रो मोल  
जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो
जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो  
मौरीलाई निरादारको दृष्टिले हेर्दैन ।
मौरीलाई निरादारको दृष्टिले हेर्दैन ।


जूबा जहर पनि होइन, अमृत पनि होइन, यो लहड हो । जूवा
जुवा जहर पनि होइन, अमृत पनि होइन, यो लहड हो । जुवा
खेल्नु खेलको निमित्त, मोज लिनु मजाका निमित्त । सभ्य संसार पनि
खेल्नु खेलको निमित्त, मोज दिनु मजाका निमित्त । सभ्य संसार पनि

Latest revision as of 10:44, 21 June 2025

This page has not been proofread

बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं दुई सय पुगेछ, तब थोत्रा मोहरहरुको सम्भावना परीक्षा गरेर पञ्चानब्बे– पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौं ।

एक जना महाशय जुवा खेल्छन्, तर रोज रुपियाँका निमित्त । एक रुपियाँ हात लाग्यो कि उनी उठे । 'सन्तोषं परम् सुखम् ।' काम नगरिकन रोज रुपियाँ कमाउनु पनि ठुलो अक्कल हो । एक रुपियाँ रोजको कमाएपछि म्याट्रिक, आइ. ए. जागिर खाए जत्तिकै भैहाल्यो नि ! लहडको राज्यमा डिठ्ठाङ्गी पाउनु पनि त एक रोजका निमित्त ठुलो सौख हो । दिन–दिनै सरकारिया अड्डाले काम गरेर रुपियाँ दिन्छ । कार्तिकको याममा दिनभरि कठाङ्ग्रिंदो हातले खेलेर पाँच बजे त रित्तो हात बटार्दै घर फर्किहाल्नु पर्छ । तर यहाँ खतराको कुमारीचोक बुझाइ सकियो । एउटा सङ्लो खँदिलो चहकदार लालमोहर लागेको (वा सेतो मोहर लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । मानिसहरु जुवा हार्छन्, साङ्गो घाँटीमा ज्यादा मकै पक्रिने बन्दरमुठ्ठे जस्ता बनेर थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै ज्यादै काम लाग्छ । अब एक पेट मिठाई खाए पनि भयो, जीवनसङ्ग्रामको सम्झनाले गुलियो तितो भएन । अथवा कन्तुरमा लगेर खसालिदेऊ । जसमा सितैं आएका पैसाहरु भविष्यलाई बटुलिन्छन् अथवा दुई छाक खरिद गर । अब गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको सिद्धान्त यही थियो । हुन पनि कति राम्रो र कति सजिलो, एक रुपियाँसम्म नआनउने कुनै जुवाको दिन हुँदैन । पाँच रुपियाँ तिहार, एक रुपियाँ कोजाग्रत, एक चैते दशैं, एक–दुई रुपियाँ भोटो देखाउने जुवा, अरु पर्व– पर्वमा जस्तो ट्युनिसिया विजयमा इत्यादि मेहनतविना थोरै आउनुमा पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा गरे जस्तो लाग्छ । अरु रुपियाँ हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक दुःखहरुसँग गाँसिएर महिनाको एकबाजि उब्जन्छन् । तर राम्रो मोल जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो मौरीलाई निरादारको दृष्टिले हेर्दैन ।

जुवा जहर पनि होइन, अमृत पनि होइन, यो लहड हो । जुवा खेल्नु खेलको निमित्त, मोज दिनु मजाका निमित्त । सभ्य संसार पनि