Page:Laxmi nibandhasangraha.pdf/194: Difference between revisions
→Not proofread: Created page with "आफ्नो चकचकी देखाइरहेछ । खोस्नु, तान्नु, दाउ मार्नु नै जीवन छ! एक-एक किसिमका एक-एक डफ्फा एक-एक पक्षमा लागिरहेछन् र अदृष्टको हुकूममा आफ्नो भाग्यको फैसला पर्खिरहेछन् । झगडा छ तर भित्..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
आफ्नो चकचकी देखाइरहेछ । खोस्नु, तान्नु, दाउ मार्नु नै जीवन छ | आफ्नो चकचकी देखाइरहेछ । खोस्नु, तान्नु, दाउ मार्नु नै जीवन छ । | ||
एक–एक किसिमका एक–एक डफ्फा एक–एक पक्षमा लागिरहेछन् र | |||
अदृष्टको | अदृष्टको हुकुममा आफ्नो भाग्यको फैसला पर्खिरहेछन् । झगडा छ तर | ||
भित्रभित्र । मलाई तँलाईसम्मको मात्र । त्यसलाई अविदित भाग्यको | |||
हुकुमले रोकावट दिएर मेरो फैसलामा सब कुराको टुङ्गो हुन्छ भन्ने | |||
नियम राखिएको छ । | |||
जुवा लागेको बेलामा मानिसले आँखा देख्न छाड्दछ । हुन त | |||
जुवाडेका आँखा वडा तिखा हुन्छन् र भुइँमा कौडी पर्नुभन्दा अगि नै | |||
उसले दाउ देखिसक्तछ, तर ज्यादा निश्चय भएको बेलामा या ज्यादा | |||
तोड लागेको बेलामा जुवाडेले आफ्नो मनमा झल्केको दाउसिवाय अरु | |||
देख्तैन । एक–दुई कौडी घोप्टो–ठाडोसम्म बिलकुल नदेखिने बराबर हुन | |||
आउँछ । यस बखतमा कौडी हान्नेले बराबर पैसा सोहर्दछ र झगडाहरु | |||
चल्छन्, तर सबभन्दा मजाको बेला हुन्छ जब कौडी आड | |||
परेर या कोल्टिएर बस्तछ । भाग्यले पनि कहिले–कहिले निश्चित तवरले | |||
मुद्दाको फैसला गर्न नसके जस्तो थाहा हुन्छ र यता ढल्काऊँ कि उता | |||
ढल्काऊँ भन्ने दोधारैमा चट्ट कौडी हान्नेले कौडी मिल्काइहाले जस्तो | |||
बुझिन्छ । दुई दाउलाई आशा देखाएर नयाँ ढङ्गले उलटपुटल खाएका | |||
कौडीहरु दुई पक्षको द्वन्द्व युद्ध गराउँछन्, अनि खाल भरिन्छ, सबै मान्छे | |||
पटेर लाग्छन्, बहस चल्दछ, रन्कारन्की पर्दछ, अनेक आवाजहरु फैसला | |||
गरेर उठ्तछन् । | |||
जुवाको नाटकीय रोचकताका साथसाथै निखरा खेलको रुपमा पनि | |||
यसको मजा लिन सकिन्छ, यसका हानि–लाभबाट अलग रहेर खालि | |||
मनोरञ्जनको विषय गराउन पनि सकिन्छ । निष्कामको भावना लिन | |||
सक्ने जुवाडे सबभन्दा उत्तम दर्जाको हो । 'सुखदुःखे समे कुत्वा लाभालाभौ | |||
जयाजयौ' भन्न सके जुवाको सच्चा मजा पाइन्छ । मेरो यति गयो भन्ने | |||
अथवा उसको यति आयो भन्ने केही भावना नहोस् । आफ्नो आर्थिक | |||
अवस्थालाई संकट पर्ने गरिकन रुपियाँ नल्याइयोस् त्यति मात्र जतिले | |||
गुमे पनि हृदयमा धक्का नपरोस्, ओठले सुस्केरा नहालोस् र मुखले | |||
निदाउरो मालिन्य लिएर दर्शकका नजरमा टड्कारो उदासीनता | |||
नदखाओस् । थोरै लिन तर त्यसको सर्वोत्तम उपयोग गरेर सबभन्दा धेरै | |||
मनोरञ्जन प्राप्त गर्न सकियोस् । जुवा थैलोको महत्वमा रहँदैन, तर | |||
यसको मजा लिन सकिन्छ, यसका | |||
मनोरञ्जनको विषय गराउन पनि सकिन्छ । निष्कामको भावना लिन | |||
सक्ने जुवाडे सबभन्दा उत्तम दर्जाको हो । | |||
अथवा उसको यति आयो भन्ने केही भावना | |||
अवस्थालाई संकट पर्ने | |||
गुमे पनि हृदयमा धक्का | |||
निदाउरो मालिन्य लिएर दर्शकका नजरमा | |||
टड्कारो | |||
उदासीनता | |||
मनोरञ्जन प्राप्त गर्न | |||
Latest revision as of 10:32, 21 June 2025
आफ्नो चकचकी देखाइरहेछ । खोस्नु, तान्नु, दाउ मार्नु नै जीवन छ । एक–एक किसिमका एक–एक डफ्फा एक–एक पक्षमा लागिरहेछन् र अदृष्टको हुकुममा आफ्नो भाग्यको फैसला पर्खिरहेछन् । झगडा छ तर भित्रभित्र । मलाई तँलाईसम्मको मात्र । त्यसलाई अविदित भाग्यको हुकुमले रोकावट दिएर मेरो फैसलामा सब कुराको टुङ्गो हुन्छ भन्ने नियम राखिएको छ ।
जुवा लागेको बेलामा मानिसले आँखा देख्न छाड्दछ । हुन त जुवाडेका आँखा वडा तिखा हुन्छन् र भुइँमा कौडी पर्नुभन्दा अगि नै उसले दाउ देखिसक्तछ, तर ज्यादा निश्चय भएको बेलामा या ज्यादा तोड लागेको बेलामा जुवाडेले आफ्नो मनमा झल्केको दाउसिवाय अरु देख्तैन । एक–दुई कौडी घोप्टो–ठाडोसम्म बिलकुल नदेखिने बराबर हुन आउँछ । यस बखतमा कौडी हान्नेले बराबर पैसा सोहर्दछ र झगडाहरु चल्छन्, तर सबभन्दा मजाको बेला हुन्छ जब कौडी आड परेर या कोल्टिएर बस्तछ । भाग्यले पनि कहिले–कहिले निश्चित तवरले मुद्दाको फैसला गर्न नसके जस्तो थाहा हुन्छ र यता ढल्काऊँ कि उता ढल्काऊँ भन्ने दोधारैमा चट्ट कौडी हान्नेले कौडी मिल्काइहाले जस्तो बुझिन्छ । दुई दाउलाई आशा देखाएर नयाँ ढङ्गले उलटपुटल खाएका कौडीहरु दुई पक्षको द्वन्द्व युद्ध गराउँछन्, अनि खाल भरिन्छ, सबै मान्छे पटेर लाग्छन्, बहस चल्दछ, रन्कारन्की पर्दछ, अनेक आवाजहरु फैसला गरेर उठ्तछन् ।
जुवाको नाटकीय रोचकताका साथसाथै निखरा खेलको रुपमा पनि यसको मजा लिन सकिन्छ, यसका हानि–लाभबाट अलग रहेर खालि मनोरञ्जनको विषय गराउन पनि सकिन्छ । निष्कामको भावना लिन सक्ने जुवाडे सबभन्दा उत्तम दर्जाको हो । 'सुखदुःखे समे कुत्वा लाभालाभौ जयाजयौ' भन्न सके जुवाको सच्चा मजा पाइन्छ । मेरो यति गयो भन्ने अथवा उसको यति आयो भन्ने केही भावना नहोस् । आफ्नो आर्थिक अवस्थालाई संकट पर्ने गरिकन रुपियाँ नल्याइयोस् त्यति मात्र जतिले गुमे पनि हृदयमा धक्का नपरोस्, ओठले सुस्केरा नहालोस् र मुखले निदाउरो मालिन्य लिएर दर्शकका नजरमा टड्कारो उदासीनता नदखाओस् । थोरै लिन तर त्यसको सर्वोत्तम उपयोग गरेर सबभन्दा धेरै मनोरञ्जन प्राप्त गर्न सकियोस् । जुवा थैलोको महत्वमा रहँदैन, तर