Page:Laxmi nibandhasangraha.pdf/192: Difference between revisions
→Not proofread: Created page with "बढिरहेछ, या पछाडि हटिरहेको छ भन्त मुश्किल पर्छ । यो खेल विवेकलाई त सहजै नाघ्छ र अव्यक्त अदृश्यको देशमा घुसाइहाल्छ, प्रतिक्षण सपना देखिन्छन्, अव्यक्त आशाहरू खँदिलो हुन चाहन्छन्..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बढिरहेछ, या पछाडि हटिरहेको छ | बढिरहेछ, या पछाडि हटिरहेको छ भन्न मुस्किल पर्छ । यो खेल विवेकलाई | ||
त सहजै नाघ्छ र अव्यक्त अदृश्यको देशमा घुसाइहाल्छ, प्रतिक्षण सपना | त सहजै नाघ्छ र अव्यक्त अदृश्यको देशमा घुसाइहाल्छ, प्रतिक्षण सपना | ||
देखिन्छन्, अव्यक्त आशाहरु खँदिलो हुन चाहन्छन् । भाग्यमानी त्यही | |||
हो, जसले उड्दो क्षेणको मुटु भेट्टायो । क्षणलाइ ठाउँमा पक्रन सक्नु नै | |||
सफलता हो । जुवा नखेल्ने कितापकीरो बेकार आँखा दुखाइरहेछ । ज्ञान | |||
हो, जसले उड्दो | भनेको कौडीको पल्टाइमा रहन्छ । जीवनसँग नगाँसिएका कुराहरु ज्ञानका | ||
सफलता | सामग्री हुन सक्तैनन् । ज्यादाजसो मानवीय शिक्षामा यान्त्रिकता छ । | ||
मानिस जीवनको आँखाले पढ्दैनन् । जुवामा नाटकभन्दा रोचक सजीवता | |||
भनेको कौडीको पल्टाइमा रहन्छ । जीवनसँग नगाँसिएका | रहन्छ । यहाँ जीवनको वास्तविक मोहनी सोह्र कौडीमा खेलिरहेको | ||
हुन्छ । चार–चार दिशाका द्वारपाल झैं चार दाउहरु बसेका हुन्छन् । | |||
सामग्री हुन | कुनै अदृश्य विधिले क्षण–क्षणमा नयाँ इच्छा प्रकट गर्दछ, सोह्र कौडीभित्रमा | ||
अनेकौं हृदयलाई जय–विजय र आशा–निराशाहरुको उलटपुलटको | |||
मानिस जीवनको आँखाले | |||
रहन्छ । यहाँ जीवनको | |||
हुन्छ । | |||
कुनै अदृश्य विधिले | |||
अनेकौं हृदयलाई | |||
सञ्चालन गर्छ । | सञ्चालन गर्छ । | ||
मेरा एक | मेरा एक विद्वान् गुरुजी जुवा फुक्नसाथ खालमा उपस्थित हुन्थे | ||
र | र बिहान–बेलुका भात खानको फुर्सतसिवाय लिंदैनथे, यद्यपि अरु बेलामा | ||
राति तीन बजेदेखि बेलुका एघार बजेसम्म उनलाई पढ्नु र पढाउनुको | |||
जीवन थियो । मलाई आश्चर्य लाग्दथ्यो कि उनी किन | जीवन थियो । मलाई आश्चर्य लाग्दथ्यो कि उनी किन जुवामा त्यस्तो | ||
चाख लिख्छन् । एक–दुई रुपियाँ बराबर राख्तथे तर रातभर पनि एक | |||
चाख | ठाउँमा बसेर या त उभिरहन्थे या त मुसुमुसु हाँसिरहेका हुन्थे । मैले | ||
एक दिन सोधें, 'किन, मास्टरजी यस्तो जुवामा सोख राख्नुहुन्छ ?' उनले | |||
ठाउँमा बसेर या त | जवाफ दिए कि 'यो पनि जीवनको एक तमाशा हो ।' त्यस दिनदेखि | ||
मैले जुवालाई राम्ररी बुझें, मलाई यसको नाटकीयता र जीवनसँगको | |||
एक दिन सोधें, 'किन, मास्टरजी यस्तो | सम्बन्ध खुल्दै गयो र आफ्ना अनुभवहरुद्वारा मिलेका तर्कहरु अहिले | ||
मैले | |||
सम्बन्ध खुल्दै गयो र आफ्ना | |||
लेख्तछु । | लेख्तछु । | ||
जुवा खेल्नु खराब हो भन्ने जो पनि जान्दछ, तर दुनियाँले खराब | |||
ठहराइएको चिजहरुमा पनि औपदेशिकता पाउने विचारशील मनुष्यको | |||
लक्षण हो । सहानुभौतिक दृष्टिले हेर्दा डकैती र चोरीमा पनि नैतिक | |||
लक्षण हो । सहानुभौतिक दृष्टिले हेर्दा डकैती र चोरीमा पनि | सामग्रीहरु प्रशस्त मात्रामा पाइन्छन् र संसारले सबभन्दा दुष्ट भनेर | ||
'छिः छिः दुरदुर' गरेका मान्छेमा पनि त्यत्तिका गुणहरु पाइन सक्तछन् | |||
कि मामुली कट्टर तर्सेर उठ्तछ ! त्यस्तै जुवा खेल्नु खराब सम्झिएको | |||
छः तर जुवाभित्र पनि अनेक किसिमका उपदेशहरु पाइन्छन् । हामी | |||
कि | |||
Latest revision as of 10:28, 21 June 2025
बढिरहेछ, या पछाडि हटिरहेको छ भन्न मुस्किल पर्छ । यो खेल विवेकलाई त सहजै नाघ्छ र अव्यक्त अदृश्यको देशमा घुसाइहाल्छ, प्रतिक्षण सपना देखिन्छन्, अव्यक्त आशाहरु खँदिलो हुन चाहन्छन् । भाग्यमानी त्यही हो, जसले उड्दो क्षेणको मुटु भेट्टायो । क्षणलाइ ठाउँमा पक्रन सक्नु नै सफलता हो । जुवा नखेल्ने कितापकीरो बेकार आँखा दुखाइरहेछ । ज्ञान भनेको कौडीको पल्टाइमा रहन्छ । जीवनसँग नगाँसिएका कुराहरु ज्ञानका सामग्री हुन सक्तैनन् । ज्यादाजसो मानवीय शिक्षामा यान्त्रिकता छ । मानिस जीवनको आँखाले पढ्दैनन् । जुवामा नाटकभन्दा रोचक सजीवता रहन्छ । यहाँ जीवनको वास्तविक मोहनी सोह्र कौडीमा खेलिरहेको हुन्छ । चार–चार दिशाका द्वारपाल झैं चार दाउहरु बसेका हुन्छन् । कुनै अदृश्य विधिले क्षण–क्षणमा नयाँ इच्छा प्रकट गर्दछ, सोह्र कौडीभित्रमा अनेकौं हृदयलाई जय–विजय र आशा–निराशाहरुको उलटपुलटको सञ्चालन गर्छ ।
मेरा एक विद्वान् गुरुजी जुवा फुक्नसाथ खालमा उपस्थित हुन्थे र बिहान–बेलुका भात खानको फुर्सतसिवाय लिंदैनथे, यद्यपि अरु बेलामा राति तीन बजेदेखि बेलुका एघार बजेसम्म उनलाई पढ्नु र पढाउनुको जीवन थियो । मलाई आश्चर्य लाग्दथ्यो कि उनी किन जुवामा त्यस्तो चाख लिख्छन् । एक–दुई रुपियाँ बराबर राख्तथे तर रातभर पनि एक ठाउँमा बसेर या त उभिरहन्थे या त मुसुमुसु हाँसिरहेका हुन्थे । मैले एक दिन सोधें, 'किन, मास्टरजी यस्तो जुवामा सोख राख्नुहुन्छ ?' उनले जवाफ दिए कि 'यो पनि जीवनको एक तमाशा हो ।' त्यस दिनदेखि मैले जुवालाई राम्ररी बुझें, मलाई यसको नाटकीयता र जीवनसँगको सम्बन्ध खुल्दै गयो र आफ्ना अनुभवहरुद्वारा मिलेका तर्कहरु अहिले लेख्तछु ।
जुवा खेल्नु खराब हो भन्ने जो पनि जान्दछ, तर दुनियाँले खराब ठहराइएको चिजहरुमा पनि औपदेशिकता पाउने विचारशील मनुष्यको लक्षण हो । सहानुभौतिक दृष्टिले हेर्दा डकैती र चोरीमा पनि नैतिक सामग्रीहरु प्रशस्त मात्रामा पाइन्छन् र संसारले सबभन्दा दुष्ट भनेर 'छिः छिः दुरदुर' गरेका मान्छेमा पनि त्यत्तिका गुणहरु पाइन सक्तछन् कि मामुली कट्टर तर्सेर उठ्तछ ! त्यस्तै जुवा खेल्नु खराब सम्झिएको छः तर जुवाभित्र पनि अनेक किसिमका उपदेशहरु पाइन्छन् । हामी