Jump to content

Page:Laxmi nibandhasangraha.pdf/186: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{x-larger|'''गौरीशंकर यात्रा'''}}}}
{{Right|{{x-larger|'''गौरीशंकर यात्रा'''}}}}


बालकको इन्द्रेनीपछि दौडिने र चन्द्रमा हातले पक्रन खोज्ने
बालकको इन्द्रेनीपछि दौडिने र चन्द्रमा हातले पक्रन खोज्ने  
तिर्सनाहरू सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हन्‌ । मानौं प्रकृतिमाताले
तिर्सनाहरु सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हुन् । मानौं प्राकृतिमाताले
हरहमेशा “लौ पुग त नानी' भन्ने उत्तेजनाले हाम्रो बालचरण ठड्याउँदै
हरहमेशा 'लौ पुग त नानी' भन्ने उत्तेजनाले हाम्रो बालचरण ठड्याउँदै  
र चलाउँदै गरिरहिछन्‌ । मनुष्य नवीनता र अन्वेषणका मोहनीका पछि
र चलाउँदै गरिरहिछन् । मनुष्य नवीनता र अन्वेषणका मोहनीका पछि  
लाग्दा अनेक-अनेक चमत्कारहरू प्राप्त गर्दछ । अझसम्म नपुगेका
लाग्दा अनेक–अनेक चमत्कारहरु प्राप्त गर्दछ । अझसम्म नपुगेका  
उच्चताहरू हातलागी गर्नामा हामीहरू हरहमेशा अनौठा आनन्द अनुभव
उच्चताहरु हातलागी गर्नामा हामीहरु हरहमेशा अनौठा आनन्द अनुभव  
गर्दछौं । अविदितले सदा आमन्त्रण गरिरहेछ र अजेयले सधैँ हामीलाई
गर्दछौं । अविदितले सदा आमन्त्रण गरिरहेछ र अजेयले सधैं हामीलाई  
नवीन जीतबाजीको प्रेरणा दिइरहेछ । हामी त्यहाँ पुग्न चाहन्छौं जहाँ
नवीन जितबाजिको प्रेरणा दिइरहेछ । हामी त्यहाँ पुग्न चाहन्छौं जहाँ  
कोही पुगेका थिएनन्‌ । त्यो चीज ल्याउन चाहन्छौं जो कसैले ल्याएका
कोही पुगेका थिएनन् । त्यो चिज ल्याउन चाहन्छौं जो कसैले ल्याएका  
थिएनन्‌, त्यो शक्ति देखाउन चाहन्छौँ जो कसैले देखाएका थिएनन्‌
थिएनन्, त्यो शक्ति देखाउन चाहन्छौं जो कसैले देखाएका थिएनन् ।  
अगम्यको प्रेरणाले हाम्रा पयर सजीव वनाइरहेछ, अगोचरले हाम्रा आँखा
अगम्यको प्रेरणाले हाम्रो पयर सजीव बनाइरहेछ, अगोचरले हाम्रा आँखा  
आकर्षित हुन्छन्‌, अनिर्वचनीयले हाम्रो भाषा नवीन सिर्जना र विस्तार
आकर्षित हुन्छन्, अनिर्वचनीयले हाम्रो भाषा नवीन सिर्जना र विस्तार  
पाउँछ; अजेय शिखरहरूले हरहमेशा हाम्रो आत्मालाई स्वर्गको झल्का
पाउँछ; अजेय शिखरहरुले हरहमेशा हाम्रो आत्मालाई स्वर्गको झल्को
देखाएर स्वर्गाह्वान गरिरहेछन्‌
देखाएर स्वर्गाह्वान गरिरहेछन्


हामी त्यस देशका यात्री छौँ, जहाँ कोही पुगेका छैनन्‌ । नचिनिएका
हामी त्यस देशका यात्री छौं, जहाँ कोही पुगेका छैनन् । नचिनिएका  
कुराबाट ज्ञानको मोहनी आउँदछ, र दर्शन नपाएका मन्दिरतिर हामीहरू
कुराबाट ज्ञानको मोहनी आउँदछ, र दर्शन नपाएका मन्दिरतिर हामीहरु
हरहमेशा ढुङ्गा भएको बाटोमा पनि मोहनी देख्तछौं । मानवात्मा सुत्न
हरहमेशा ढुङ्गा भएको बाटोमा पनि मोहनी देख्तछौं । मानवात्मा सुत्न  
चाहँदैन; उठ्न, खोज्न र जित्न चाहन्छ । मलाई सुन झल्किने चुलीहरूमा
चाहँदैन; उठ्न, खोज्न र जित्न चाहन्छ । मलाई सुन झल्किने चुलीहरमा
यात्री हुँदा स्वर्गको खोजमा हिंडेजस्तो लाग्दछ । नेपाली शिखरहरू अनौठो
यात्री हुँदा स्वर्गको खोजमा हिंडेजस्तो लाग्दछ । नेपाली शिखरहरु अनौठो  
भाषणले बोलिरहेछन्‌ । त्यहाँ सत्यको सुन्दर स्वर्ण मोहनी प्रतिदिन
भाषणले बोलिरहेछन् । त्यहाँ सत्यको सुन्दर स्वर्ण मोहनी प्रतिदिन  
झल्किरहेछ । म पहाड गन्दिनँ यदि शिखर नै मेरो ध्येय छ भने ।
झल्किरहेछ । म पहाड गन्दिनँ यदि शिखर नै मेरो ध्येय छ भने ।  
अन्वेषित धुवहरू मेरा यात्राका विलासहरू छन्‌, म समुद्रको पीधमा
अन्वेषित ध्रुवहरु मेरा यात्राका विलासहरु छन्, म समुद्रको पिंधमा
मोती खोज्न चाहन्छु । सडकको ढुङ्गाले मलाई टुना लगाउँदैन ।
डुबेर मोती खोज्न चाहन्छु । सडकको ढुङ्गाले मलाई टुना लगाउँदैन ।  
चीजमा मोहनी नाच्तछन्‌ । संसारका सबभन्दा ठूला चुलीहरू
नौला चिजमा मोहनी नाच्तछन् । संसारका सबभन्दा ठुला चुलीहरु

Latest revision as of 10:04, 21 June 2025

This page has not been proofread

गौरीशंकर यात्रा

बालकको इन्द्रेनीपछि दौडिने र चन्द्रमा हातले पक्रन खोज्ने तिर्सनाहरु सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हुन् । मानौं प्राकृतिमाताले हरहमेशा 'लौ पुग न त नानी' भन्ने उत्तेजनाले हाम्रो बालचरण ठड्याउँदै र चलाउँदै गरिरहिछन् । मनुष्य नवीनता र अन्वेषणका मोहनीका पछि लाग्दा अनेक–अनेक चमत्कारहरु प्राप्त गर्दछ । अझसम्म नपुगेका उच्चताहरु हातलागी गर्नामा हामीहरु हरहमेशा अनौठा आनन्द अनुभव गर्दछौं । अविदितले सदा आमन्त्रण गरिरहेछ र अजेयले सधैं हामीलाई नवीन जितबाजिको प्रेरणा दिइरहेछ । हामी त्यहाँ पुग्न चाहन्छौं जहाँ कोही पुगेका थिएनन् । त्यो चिज ल्याउन चाहन्छौं जो कसैले ल्याएका थिएनन्, त्यो शक्ति देखाउन चाहन्छौं जो कसैले देखाएका थिएनन् । अगम्यको प्रेरणाले हाम्रो पयर सजीव बनाइरहेछ, अगोचरले हाम्रा आँखा आकर्षित हुन्छन्, अनिर्वचनीयले हाम्रो भाषा नवीन सिर्जना र विस्तार पाउँछ; अजेय शिखरहरुले हरहमेशा हाम्रो आत्मालाई स्वर्गको झल्को देखाएर स्वर्गाह्वान गरिरहेछन् ।

हामी त्यस देशका यात्री छौं, जहाँ कोही पुगेका छैनन् । नचिनिएका कुराबाट ज्ञानको मोहनी आउँदछ, र दर्शन नपाएका मन्दिरतिर हामीहरु हरहमेशा ढुङ्गा भएको बाटोमा पनि मोहनी देख्तछौं । मानवात्मा सुत्न चाहँदैन; उठ्न, खोज्न र जित्न चाहन्छ । मलाई सुन झल्किने चुलीहरमा यात्री हुँदा स्वर्गको खोजमा हिंडेजस्तो लाग्दछ । नेपाली शिखरहरु अनौठो भाषणले बोलिरहेछन् । त्यहाँ सत्यको सुन्दर स्वर्ण मोहनी प्रतिदिन झल्किरहेछ । म पहाड गन्दिनँ यदि शिखर नै मेरो ध्येय छ भने । अन्वेषित ध्रुवहरु मेरा यात्राका विलासहरु छन्, म समुद्रको पिंधमा डुबेर मोती खोज्न चाहन्छु । सडकको ढुङ्गाले मलाई टुना लगाउँदैन । नौला चिजमा मोहनी नाच्तछन् । संसारका सबभन्दा ठुला चुलीहरु