Page:Laxmi nibandhasangraha.pdf/172: Difference between revisions
→Not proofread: Created page with "मलाई मानिसहरू 'सपनाखोरी' भन्ने नाम देलान्, यदि म भनूँ कि म मानव-भ्रातृत्वबाट एक कदम बढेर पशु र चराचुरुङ्डीहरूसँग र वनस्पतिसँग समेत भ्रातृभावमा स्पन्दित हुनलाई सभ्यताको शुरू सम्..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मलाई | मलाई मानिसहरु 'सपनाखोरी' भन्ने नाम देलाख्, यदि म भनूँ | ||
कि म मानव–भ्रातृत्वबाट एक कदम बढेर पशु र चराचुरुङ्गीहरुसँग र | |||
वनस्पतिसँग समेत भ्रातृभावमा स्पन्दित हुनलाई सभ्यताको सुरु | |||
सम्झन्छु । त्यो भारतले पाँच हजार वर्षअगाडि देखाएथ्यो । त्यसै कारण | |||
प्राचीनता मलाई प्यारो छ । त्यस भावमा म खेर जान्नँ, म सँग्लिन्छु, म | |||
विश्व जस्तो चौडापनमा आधारिन्छु, सङ्कुचित हुन्नँ, मेरा सहानुभूति | |||
सीमित हुँदैनन् । | |||
मैले अघि बताएँ हिंसामा मानव–जातिलाई भयङ्कर खतरा छ । | |||
साम्य नभएका असङ्गत सङ्कीर्णात्मक, विकीर्णात्मक, विवादात्मक भावना | |||
र ध्येयहरुमा छरिनु र सधैं रुनु बिसौं शताब्दीको अभाग छ । मानिस | |||
एकध्येयी नभएर मृदुल हुन्न, संगठनात्मक भ्रातृभावका मृदुल सहानुभूतिहरु | |||
यहाँ बल्किन्नन्, धार धारिन्छ, जीवन च्याँठले चुँडिंदा नसाहरु धोत्रिन्छन्, | |||
सबै सत्यध्येयी हुँदैनन् । मानवध्येयको ऐक्य त्यहाँ भावना गर्न सकिन्न | |||
जहाँ भ्रातृभावको विकास छैन, छापाका भङ्राटाउके झुटा सहानुभूतिहरु | |||
हामीलाई काम लाग्दैनन् । यो विशाल मानवशक्ति ध्रुव पाउँदैनन् । अनि | |||
खण्डन, मण्डन र संघर्षमा काटमारका प्रदर्शनीहरु देखाउँछ । अफ | |||
मान्छेले बुझेका छ्रनन्– ती समरहरु खटिरा हुन् । समष्टि शरीरमा | |||
फैलिएपछि मानव–रक्त नै विषाक्त बनेर जातिसंहार हुन सक्तछ । यी | |||
भीषण लक्षण हुन् । हामी यिनलाई एलोपेथिक इजाजले ठण्डा बनाउन | |||
चाहन्छौं ! मानवशक्तिले सत्यको र एक्यको दिशा पाएन, गडबडियो | |||
हामी मानवभावले उद्वेलित हुँदै, ध्वनित हुँदै काममा लाग्ने शिक्षा र | |||
प्रवृत्ति नपाई बाँदर–नजिकै हुन्छौं । | |||
यो जीवन एक वीणा हो जहाँ विवादहरु बजाउन दुःख हुन्छ । | |||
हामी मृदुलको कलाले आनन्द पाउँछौं । यी नसाहरुमा अवहेलना नराख, | |||
खिरखिरी लाग्ला । यो आँखामा ईर्ष्या नराख, विषको बाण रगतमा | |||
लाग्ला । यी ओठमा छल नराख, समयको आँखाले भेट्टाउला र गुम्सिएको | |||
मिथ्या बारुद झैं पड्केला । नकिच, उल्टिएला । यो मिहीनको कला हो, | |||
तारहरु ठिकसँग छोऊ यसरी कि मृदुलको आत्मालाई दुःख नहोस्, यहाँ | |||
मृदुललाई बोलाउन सक्नुमा महिमा छ । | |||
म विश्वको सत्य त्यहाँ छुन्छु जहाँ जीवहरुलाई म सहानुभूति | |||
गर्दछु । जस्तो दिव्य करुणा गर्दछ । कीराहरु नमार्नू र कीटाणु नमार्नू | |||
म विश्वको सत्य त्यहाँ छुन्छु जहाँ | |||
Latest revision as of 21:54, 20 June 2025
मलाई मानिसहरु 'सपनाखोरी' भन्ने नाम देलाख्, यदि म भनूँ कि म मानव–भ्रातृत्वबाट एक कदम बढेर पशु र चराचुरुङ्गीहरुसँग र वनस्पतिसँग समेत भ्रातृभावमा स्पन्दित हुनलाई सभ्यताको सुरु सम्झन्छु । त्यो भारतले पाँच हजार वर्षअगाडि देखाएथ्यो । त्यसै कारण प्राचीनता मलाई प्यारो छ । त्यस भावमा म खेर जान्नँ, म सँग्लिन्छु, म विश्व जस्तो चौडापनमा आधारिन्छु, सङ्कुचित हुन्नँ, मेरा सहानुभूति सीमित हुँदैनन् ।
मैले अघि बताएँ हिंसामा मानव–जातिलाई भयङ्कर खतरा छ । साम्य नभएका असङ्गत सङ्कीर्णात्मक, विकीर्णात्मक, विवादात्मक भावना र ध्येयहरुमा छरिनु र सधैं रुनु बिसौं शताब्दीको अभाग छ । मानिस एकध्येयी नभएर मृदुल हुन्न, संगठनात्मक भ्रातृभावका मृदुल सहानुभूतिहरु यहाँ बल्किन्नन्, धार धारिन्छ, जीवन च्याँठले चुँडिंदा नसाहरु धोत्रिन्छन्, सबै सत्यध्येयी हुँदैनन् । मानवध्येयको ऐक्य त्यहाँ भावना गर्न सकिन्न जहाँ भ्रातृभावको विकास छैन, छापाका भङ्राटाउके झुटा सहानुभूतिहरु हामीलाई काम लाग्दैनन् । यो विशाल मानवशक्ति ध्रुव पाउँदैनन् । अनि खण्डन, मण्डन र संघर्षमा काटमारका प्रदर्शनीहरु देखाउँछ । अफ मान्छेले बुझेका छ्रनन्– ती समरहरु खटिरा हुन् । समष्टि शरीरमा फैलिएपछि मानव–रक्त नै विषाक्त बनेर जातिसंहार हुन सक्तछ । यी भीषण लक्षण हुन् । हामी यिनलाई एलोपेथिक इजाजले ठण्डा बनाउन चाहन्छौं ! मानवशक्तिले सत्यको र एक्यको दिशा पाएन, गडबडियो हामी मानवभावले उद्वेलित हुँदै, ध्वनित हुँदै काममा लाग्ने शिक्षा र प्रवृत्ति नपाई बाँदर–नजिकै हुन्छौं ।
यो जीवन एक वीणा हो जहाँ विवादहरु बजाउन दुःख हुन्छ । हामी मृदुलको कलाले आनन्द पाउँछौं । यी नसाहरुमा अवहेलना नराख, खिरखिरी लाग्ला । यो आँखामा ईर्ष्या नराख, विषको बाण रगतमा लाग्ला । यी ओठमा छल नराख, समयको आँखाले भेट्टाउला र गुम्सिएको मिथ्या बारुद झैं पड्केला । नकिच, उल्टिएला । यो मिहीनको कला हो, तारहरु ठिकसँग छोऊ यसरी कि मृदुलको आत्मालाई दुःख नहोस्, यहाँ मृदुललाई बोलाउन सक्नुमा महिमा छ ।
म विश्वको सत्य त्यहाँ छुन्छु जहाँ जीवहरुलाई म सहानुभूति गर्दछु । जस्तो दिव्य करुणा गर्दछ । कीराहरु नमार्नू र कीटाणु नमार्नू