Page:Laxmi nibandhasangraha.pdf/171: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बाघले हामीलाई खान्छ भनेर हामी बोको | बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौं । तर | ||
मानवता त्यहाँ | मानवता त्यहाँ सुरु हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुट्तछ । बाघ | ||
खालि हतियार हो, उसमा दोष छैन । तर विवेक र ज्ञानको बक्सिससँग | खालि हतियार हो, उसमा दोष छैन । तर विवेक र ज्ञानको बक्सिससँग | ||
हामीले जवाफदेही काँधमा चढायौं । तर हामी अनन्तको अदालतलाई | हामीले जवाफदेही काँधमा चढायौं । तर हामी अनन्तको अदालतलाई | ||
प्रमाण पेश गरिरहेछौं, आफू बन्धनमा पर्ने | प्रमाण पेश गरिरहेछौं, आफू बन्धनमा पर्ने प्रमाणहरु खोज्ने मानिस | ||
कति अन्धो होला ? | कति अन्धो होला ? | ||
जहाँ हिंसा | जहाँ हिंसा टुङ्गिन्छ, त्यहाँ मानिसलाई आँखा र अमृत दिइएको | ||
छ । हिंसा सत्यको आत्मघाती क्रिया हो । मासु नखानु मात्र, नमार्नु मात्र | छ । हिंसा सत्यको आत्मघाती क्रिया हो । मासु नखानु मात्र, नमार्नु मात्र | ||
अहिंसा होइन । म जब फूलका कोपिला टिप्न काँप्तछु, तब ब्राह्मण | अहिंसा होइन । म जब फूलका कोपिला टिप्न काँप्तछु, तब ब्राह्मण | ||
जस्तो हुन्छु । इस्लामले तरवारको नोकबाट | जस्तो हुन्छु । इस्लामले तरवारको नोकबाट सत्य–समर्थन गर्न खोज्दछ । | ||
क्रिस्तानी 'पवित्र सरम' मा आत्मविरोधी उपहास छ । धर्मको शब्द सुन्दै | क्रिस्तानी 'पवित्र सरम' मा आत्मविरोधी उपहास छ । धर्मको शब्द सुन्दै | ||
आत्माले | आत्माले मानिहाल्नु पर्दछ, त्यहाँ हिंसाको जरुरत छैन । हामी ब्राह्मण | ||
क्षत्रियलाई तल्लो दर्जाको | क्षत्रियलाई तल्लो दर्जाको सत्य समर्थन सुम्पन्छौं । तर हामी आँसु, पुकारा | ||
र दीनताद्वारा आफ्नो सत्य | र दीनताद्वारा आफ्नो सत्य राख्तछौं । | ||
हिंसा नपञ्छाई मनुष्यको शैशव | हिंसा नपञ्छाई मनुष्यको शैशव सकिंदैन । हाम्रो सच्चा विकास | ||
त्यहाँ | त्यहाँ सुरु हुन्छ, जहाँ संसार भ्रातभावमा आइपुग्दछ । सभ्यता सुरु | ||
भएकै छैन । हामीले जीवनको कदर गर्न सकेका छैनौं । हाम्रो | भएकै छैन । हामीले जीवनको कदर गर्न सकेका छैनौं । हाम्रो | ||
भ्रातृभावात्मक स्थिति भएपछि मात्र सच्चा उन्नति | भ्रातृभावात्मक स्थिति भएपछि मात्र सच्चा उन्नति सुरु हुन्छ । अहिले | ||
हामीहरु संकीर्ण–विकीर्ण छौं, एक विश्व–मानव–संस्था अझ उघ्रिएको | |||
छैन । शक्ति छरिन्छ, एकध्येयी बन्दैन । त्यहाँ जातिलाई डर छ । हामी | छैन । शक्ति छरिन्छ, एकध्येयी बन्दैन । त्यहाँ जातिलाई डर छ । हामी | ||
हजारतर्फ खिचिन्छौं र विरोधी बन्छौं । मानवजाति टुक्रिन्छ, | हजारतर्फ खिचिन्छौं र विरोधी बन्छौं । मानवजाति टुक्रिन्छ, | ||
गाँसिन्न । | गाँसिन्न । | ||
कोही–कोही भन्दछन्, 'समर प्राकृत कुरा हो । जीवनको नियम | |||
हो । सर्वोत्तम | हो । सर्वोत्तम शक्तिहरुको प्रकाशन हो । यो विना जीवन रहँदैन ।' मानौं | ||
संसार खालि असत्य हो । मानौं भ्रम नै सत्य हो । मानौं मृत्युको | संसार खालि असत्य हो । मानौं भ्रम नै सत्य हो । मानौं मृत्युको | ||
उपासना नै जीवन हो । कोही | उपासना नै जीवन हो । कोही भन्दछन्, 'समर प्राकृत हुनाको कारण | ||
मानव | मानव अन्तर्गत्का विरोधी व्यक्तिविषयी भावनाहरु र ध्येयहरु हुन्, | ||
हामी तिनलाई भेट्न सक्तैनौं ।' व्यक्तित्व इत्यादि भिन्नता छ भन्ने म | हामी तिनलाई भेट्न सक्तैनौं ।' व्यक्तित्व इत्यादि भिन्नता छ भन्ने म | ||
जान्दछु, तर त्यसमा मौलिक विरोध रहनु अप्राकृतपना हो । सब देखावटी | जान्दछु, तर त्यसमा मौलिक विरोध रहनु अप्राकृतपना हो । सब देखावटी | ||
विरोधहरु एक तत्वका हाँगा हुन् र एक तत्वमा सास्य लिन्छन्, तब | |||
समरहरु टुङ्गिन नसक्नु हाम्रो अर्धविकासको लक्षण हो । | |||
{{nop}} | {{nop}} |
Latest revision as of 21:52, 20 June 2025
बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौं । तर मानवता त्यहाँ सुरु हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुट्तछ । बाघ खालि हतियार हो, उसमा दोष छैन । तर विवेक र ज्ञानको बक्सिससँग हामीले जवाफदेही काँधमा चढायौं । तर हामी अनन्तको अदालतलाई प्रमाण पेश गरिरहेछौं, आफू बन्धनमा पर्ने प्रमाणहरु खोज्ने मानिस कति अन्धो होला ?
जहाँ हिंसा टुङ्गिन्छ, त्यहाँ मानिसलाई आँखा र अमृत दिइएको छ । हिंसा सत्यको आत्मघाती क्रिया हो । मासु नखानु मात्र, नमार्नु मात्र अहिंसा होइन । म जब फूलका कोपिला टिप्न काँप्तछु, तब ब्राह्मण जस्तो हुन्छु । इस्लामले तरवारको नोकबाट सत्य–समर्थन गर्न खोज्दछ । क्रिस्तानी 'पवित्र सरम' मा आत्मविरोधी उपहास छ । धर्मको शब्द सुन्दै आत्माले मानिहाल्नु पर्दछ, त्यहाँ हिंसाको जरुरत छैन । हामी ब्राह्मण क्षत्रियलाई तल्लो दर्जाको सत्य समर्थन सुम्पन्छौं । तर हामी आँसु, पुकारा र दीनताद्वारा आफ्नो सत्य राख्तछौं ।
हिंसा नपञ्छाई मनुष्यको शैशव सकिंदैन । हाम्रो सच्चा विकास त्यहाँ सुरु हुन्छ, जहाँ संसार भ्रातभावमा आइपुग्दछ । सभ्यता सुरु भएकै छैन । हामीले जीवनको कदर गर्न सकेका छैनौं । हाम्रो भ्रातृभावात्मक स्थिति भएपछि मात्र सच्चा उन्नति सुरु हुन्छ । अहिले हामीहरु संकीर्ण–विकीर्ण छौं, एक विश्व–मानव–संस्था अझ उघ्रिएको छैन । शक्ति छरिन्छ, एकध्येयी बन्दैन । त्यहाँ जातिलाई डर छ । हामी हजारतर्फ खिचिन्छौं र विरोधी बन्छौं । मानवजाति टुक्रिन्छ, गाँसिन्न ।
कोही–कोही भन्दछन्, 'समर प्राकृत कुरा हो । जीवनको नियम हो । सर्वोत्तम शक्तिहरुको प्रकाशन हो । यो विना जीवन रहँदैन ।' मानौं संसार खालि असत्य हो । मानौं भ्रम नै सत्य हो । मानौं मृत्युको उपासना नै जीवन हो । कोही भन्दछन्, 'समर प्राकृत हुनाको कारण मानव अन्तर्गत्का विरोधी व्यक्तिविषयी भावनाहरु र ध्येयहरु हुन्, हामी तिनलाई भेट्न सक्तैनौं ।' व्यक्तित्व इत्यादि भिन्नता छ भन्ने म जान्दछु, तर त्यसमा मौलिक विरोध रहनु अप्राकृतपना हो । सब देखावटी विरोधहरु एक तत्वका हाँगा हुन् र एक तत्वमा सास्य लिन्छन्, तब समरहरु टुङ्गिन नसक्नु हाम्रो अर्धविकासको लक्षण हो ।