Jump to content

Page:Laxmi nibandhasangraha.pdf/170: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मान्छे के चाहन्छ ? सुख ! त्यो कहाँ छ ? परपीडनमा छैन । मेरा प्रहार मैउपर पर्दछन्‌ । यो स्वाद कृत्रिमको छकावट हो । हामी सत्यबाट तर्सेर आदतको गाँजा खान्छौं, भ्रमको माधुर्य मजा लाग्दछ । त..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मान्छे के चाहन्छ ? सुख ! त्यो कहाँ छ ? परपीडनमा छैन ।
मान्छे के चाहन्छ ? सुख ! त्यो कहाँ छ ? परपीडनमा छैन ।  
मेरा प्रहार मैउपर पर्दछन्‌ । यो स्वाद कृत्रिमको छकावट हो । हामी
मेरा प्रहार मैउपर पर्दछन् । यो स्वाद कृत्रिमको छकावट हो । हामी  
 
सत्यबाट तर्सेर आदतको गाँजा खान्छौं, भ्रमको माधुर्य मजा लाग्दछ ।  
सत्यबाट तर्सेर आदतको गाँजा खान्छौं, भ्रमको माधुर्य मजा लाग्दछ ।
तर दाँजेर हेर, मृदुले छोएका क्षणहरु क्रूरको पग्लिंदो रक्तस्वाद–
 
मानव–जिभ्रोमा ! त्यहाँ आसमान जमिन छ !
तर दाँजेर हेर, मृदुले छोएका क्षणहरू क्र्रको पर्गिलिदो रक्तस्वादमानव-जिश्चोमा ! त्यहाँ आसमान जमीन छ !
खाना त्यो हो, जसमा सबभन्दा कम परपीडन छ । धानलाई
पनि दुःख हुन्छ । फल हाँगाको हातले चढाएको भए पनि आफैँ नखसुञ्जेल
 
टिप्नु स्वार्थको हात लम्बाएजस्तो लाग्दछ । कोही क्रषिहरू बोटमनि
 
फल झर्नको आशामा चातक झैं बस्ताहन्‌ । उनलाई टिप्न गाह्रो लाग्दो
 
हो, कन्दमूल खोस्रने मन्त्रहरू होलान्‌, जस्तो समिधा काट्ने र भात
 
खाने । क्रषिहरू खानालाई सबै प्राणीको पेटमा चढाउँथे र अन्नलाई
 
विश्वहितैषी आत्मत्यागमा मन्त्र सुनाएर खाँदाहुन्‌। स्वार्थ घुसेको खाना


खाना त्यो हो, जसमा सबभन्दा कम परपीडन छ । धानलाई
पनि दुःख हुन्छ । फल हाँगाको हातले चढाएको भए पनि आफैं नखसुञ्जेल
टिप्नु स्वार्थको हात लम्बाए जस्तो लाग्दछ । कोही ऋषिहरु बोटमनि
फल झर्नको आशामा चातक झैं बस्ता हुन् । उनलाई टिप्न गाह्रो लाग्दो
हो, कन्दमूल खोस्रने मन्त्रहरु होलान्, जस्तो समिधा काट्ने र भात
खाने । ऋषिहरु खानालाई सबै प्राणीको पेटमा चढाउँथे र अन्नलाई
विश्वहितैषी आत्मत्यागमा मन्त्र सुनाएर खाँदा हुन् । स्वार्थ घुसेको खाना
अँध्यारो खाना हो ।
अँध्यारो खाना हो ।
क्रषिले आफ्नो बादलपारि घामको उज्यालो उच्चताबाट हेर्दा
संसार कस्तो कस्तो देखिंदो हो ? साङ्ग्रो, छोटो किचिरमिचिर दृश्यमा
सिल्मिलाउँदा जीवनहरू खालि 'खाँ ' खाँ ! खाँ !' गरेर मुख बाउँदै दाह्वा
किद्दै लुछाचुँडीलाई जीवन भनेर चिची र पापा पिल्सिदै गरिरहेको
घीनलाग्दो नाटक देखिंदो हो । दुनिया खाँ खाँ-मा छ । उता चोर्छ, उता
घूर्त्याइँ गर्छ, उता हत्या, मास्‌ सिंगाछ-कालका निमित्त ।
क्राषिको आत्माले भन्दो हो, 'हाय ! अन्धा जीव हो ! यो उचाइमा
अहिंसाको अमृत छ । यहाँ केही नखानु र नखोस्नुको मिहीन माधुर्य छ ।
यहाँ मृदुलको मन्दिर छ । सुनका घण्टीहरू बज्दछन्‌ ।'
आत्मौपम्य नै क्रषित्व हो । जब म दुःख दिन्छु म भुल्दछु कि


मलाई पनि दुःख हुन्छ । यस जीवनको प्यासी जादूमा मेरो विश्व ब्रह्म
ऋषिले आफ्नो बादलपारि घामको उज्यालो उच्चताबाट हेर्दा
छ। म अरूलाई मार्दा भुल्दछु कि उसलाई पनि त्यस्तै तिर्सना छ ।
संसार कस्तो–कस्तो देखिंदो हो ? साङ्ग्रो, छोटो किचिरमिचिर दृश्यमा
जीवनका निमित्त कृतज्ञ छैन, कृतघ्न बन्दछु । आफू त्यो चाहन्छु जो म
सिल्मिलाउँदा जीवनहरु खालि ‘खाँ ! खाँ !’ गरेर मुख बाउँदै दाह्रा
अरूबाट खोस्तछु । दिव्य दृष्टिमा खोस्ने मानिसलाई जीवनमा अधिकार
किट्दै लुछाचुँडीलाई जीवन भनेर चिची पापा पिल्सिंदै गरिरहेको
छैन मलाई
घीनलाग्दो नाटक देखिंदो हो । दुनियाँ खाँ खाँ–मा छ । उता
चोर्छ, उता धूर्त्याइँ गर्छ, उता हत्या, मासु सिंगार्छ–कालका निमित्त ।


त्यस बेलासम्म जिउनको
ऋषिको आत्माले भन्दो हो, ‘हाय ! अन्धा जीव हो ! यो उचाइमा
अहिंसाको अमृत छ । यहाँ केही नखानु र नखोस्नुको मिहीन माधुर्य छ ।
यहाँ मृदुलको मन्दिर छ । सुनका घण्टीहरु बज्दछन् ।’


अधिकार
आत्मौपम्य नै ऋषित्व हो । जब म दुःख दिन्छु म भुल्दछु कि
 
मलाई पनि दुःख हुन्छ । यस जीवनको प्यासी जादुमा मेरो विश्व र ब्रह्म
छ, जबसम्म
। म अरुलाई मार्दा भुल्दछु कि उसलाई पनि त्यस्तै तिर्सना छ । म
 
जीवनका निमित्त कृतज्ञ छैन, कृतघ्न बन्दछु । आफू त्यो चाहन्छु जो म
अरुबाट खोस्तछु । दिव्य दृष्टिमा खोस्ने मानिसलाई जीवनमा अधिकार
 
छैन । मलाई त्यस बेलासम्म जिउनको अधिकार छ, जबसम्म म  
परजीवनको आदर गर्न सामर्थ्य देखाउँछ । तब यो जीवन चोरी हो,
परजीवनको आदर गर्न सामर्थ्य देखाउँछु । तब यो जीवन चोरी हो,  
डकैती हो, तर यसलाई सत्य र धर्मको तत्त्वमा बलिदान दिएर पखालिने
डकैती हो, तर यसलाई सत्य र धर्मको तत्वमा बलिदान दिएर पखालिने  
मौका नदिएको भए म मुर्दा भइसक्ने थिएँ ।
मौका नदिएको भए म मुर्दा भइसक्ने थिएँ ।
 
{{nop}}
सुस्तरी श्वास फेर“१६१

Latest revision as of 21:39, 20 June 2025

This page has not been proofread

मान्छे के चाहन्छ ? सुख ! त्यो कहाँ छ ? परपीडनमा छैन । मेरा प्रहार मैउपर पर्दछन् । यो स्वाद कृत्रिमको छकावट हो । हामी सत्यबाट तर्सेर आदतको गाँजा खान्छौं, भ्रमको माधुर्य मजा लाग्दछ । तर दाँजेर हेर, मृदुले छोएका क्षणहरु र क्रूरको पग्लिंदो रक्तस्वाद– मानव–जिभ्रोमा ! त्यहाँ आसमान जमिन छ !

खाना त्यो हो, जसमा सबभन्दा कम परपीडन छ । धानलाई पनि दुःख हुन्छ । फल हाँगाको हातले चढाएको भए पनि आफैं नखसुञ्जेल टिप्नु स्वार्थको हात लम्बाए जस्तो लाग्दछ । कोही ऋषिहरु बोटमनि फल झर्नको आशामा चातक झैं बस्ता हुन् । उनलाई टिप्न गाह्रो लाग्दो हो, कन्दमूल खोस्रने मन्त्रहरु होलान्, जस्तो समिधा काट्ने र भात खाने । ऋषिहरु खानालाई सबै प्राणीको पेटमा चढाउँथे र अन्नलाई विश्वहितैषी आत्मत्यागमा मन्त्र सुनाएर खाँदा हुन् । स्वार्थ घुसेको खाना अँध्यारो खाना हो ।

ऋषिले आफ्नो बादलपारि घामको उज्यालो उच्चताबाट हेर्दा संसार कस्तो–कस्तो देखिंदो हो ? साङ्ग्रो, छोटो किचिरमिचिर दृश्यमा सिल्मिलाउँदा जीवनहरु खालि ‘खाँ ! खाँ !’ गरेर मुख बाउँदै दाह्रा किट्दै लुछाचुँडीलाई जीवन भनेर चिची र पापा पिल्सिंदै गरिरहेको घीनलाग्दो नाटक देखिंदो हो । दुनियाँ खाँ खाँ–मा छ । उता चोर्छ, उता धूर्त्याइँ गर्छ, उता हत्या, मासु सिंगार्छ–कालका निमित्त ।

ऋषिको आत्माले भन्दो हो, ‘हाय ! अन्धा जीव हो ! यो उचाइमा अहिंसाको अमृत छ । यहाँ केही नखानु र नखोस्नुको मिहीन माधुर्य छ । यहाँ मृदुलको मन्दिर छ । सुनका घण्टीहरु बज्दछन् ।’

आत्मौपम्य नै ऋषित्व हो । जब म दुःख दिन्छु म भुल्दछु कि मलाई पनि दुःख हुन्छ । यस जीवनको प्यासी जादुमा मेरो विश्व र ब्रह्म छ । म अरुलाई मार्दा भुल्दछु कि उसलाई पनि त्यस्तै तिर्सना छ । म जीवनका निमित्त कृतज्ञ छैन, कृतघ्न बन्दछु । आफू त्यो चाहन्छु जो म अरुबाट खोस्तछु । दिव्य दृष्टिमा खोस्ने मानिसलाई जीवनमा अधिकार छैन । मलाई त्यस बेलासम्म जिउनको अधिकार छ, जबसम्म म परजीवनको आदर गर्न सामर्थ्य देखाउँछु । तब यो जीवन चोरी हो, डकैती हो, तर यसलाई सत्य र धर्मको तत्वमा बलिदान दिएर पखालिने मौका नदिएको भए म मुर्दा भइसक्ने थिएँ ।