Jump to content

Page:Laxmi nibandhasangraha.pdf/169: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
, केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै
छ केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै  
लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत
लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत  
अवस्थामा अझ आउँदै छ । तर म अप्राकृत छु । परमेश्वर मेरो साथ
अवस्थामा अझ आउँदैछ । तर म अप्राकृत छु । परमेश्वर मेरो साथ  
हरहमेशा दिँदैनन्‌ । म आफ्नो मैलो र घीनलाग्दोपनातिर व्यूँझिन चाहन्नेँ
हरहमेशा दिंदैनन् । म आफ्नो मैलो र घीनलाग्दोपनातिर ब्युँझिन चाहन्नँ ।  
मलाई आदतले त्यसै लगिरहेछ ?
मलाई आदतले त्यसै लागिरहेछ ?


अहिले ती लुकेका भावनाहरू कहाँ-कहाँबाट खानेखुसी गर्न
अहिले ती लुकेका भावनाहरु कहाँ–कहाँबाट खानुखुसी गर्न  
आउँछन्‌ । मेरो जिभ्रो भद्दा र खस्रो लाग्दछ, दाँतमा टोकूँ-टोकुँपनको
आउँछन् । मेरो जिभ्रो भद्दा र खस्रो लाग्दछ, दाँतमा टोकूँ–टोकूँपनको
क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्‌, मलाई राल स्वार्थको
क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्, मलाई राल स्वार्थको  
पग्लिँदो स्वाद आएर थुकुँ-थुकुँ जस्तो लाग्छ, मलाई प॒खालिन मन
पग्लिँदो स्वाद आएर थुकूँ–थुकूँ जस्तो लाग्छ, मलाई पखालिन मन  
लाग्छ, कहीं गएर चोबलिउँ जस्तो । चालामा खिरखिरी पैदा हुन्छ मानौं
लाग्छ, कहीं गएर चोबलिऊँ जस्तो । चालामा खिरखिरी पैदा हुन्छ मानौं  
यो सडिरहेछ- कोरीको शरीर जस्तो ! म के अरू चीज चाहन्छु, अरू
यो सडिरहेछ– कोरीको शरीर जस्तो ! म के अरु चिज चाहन्छु, अरु
जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरू वन-पोखरी चराहरूबाट
जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरु वन–पोखरी चराहरुबाट
घ्वनित हुन्छन्‌ । मृत्युका चिम्लँदा आँखाहरू मलाई सराप्छन्‌
ध्वनित हुन्छन् । मृत्युका चिम्लँदा आँखाहरु मलाई सराप्छन्
कोही भन्छन्‌ “तैँले अमृतको स्वादसँग विषको स्वाद साटिस्‌ ।
स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस्‌ । तँ
मृदुलको मोहनीबाट वञ्चित छस्‌ ।'


मलाई शिर झुकाउन मन लाग्छ मानौं सारा दुनियाँको जीवनमा
कोही भन्छन्, 'तैंले अमृतको स्वादसँग विषको स्वाद साटिस् ।  
रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ म पापी हुँ भन्ने मलाई थाहा
स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस् तँ
छ। तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुघार र सफाइ
मृदुलको मोहनीबाट वञ्चित छस् '
छन्‌ भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु


बाघको बच्चालाई पैताला चटाएको उखान मानव-प्रकृतिलाई
मलाई शिर झुकाउन मन लाग्छ । मानौं सारा दुनियाँको जीवनमा
लाग्दछ । म आफ्नो जीवन भन्दै संसार चुस्ता-चुस्तै नृशंस हुन सक्तछु ।
रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ । म पापी हुँ भन्ने मलाई थाहा
संसारमा समर हुन्‌ केटाकेटीलाई मासु-रगतका परिकार चढाउने
तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुधार र सफाइ
आदतहरूबाट आएको जस्तो लाग्दछ मान्छे अरूहरूसँग आफ्नो खाना
छन् भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु
मिलाउँछ र आफ्ना आँसुहरूले उद्धार माग्दछ


म अहिले बुभ्दछु- मैले भूल गरेको थिएँ । 'योग्यको अतिजीविता'
बाघको बच्चालाई पैताला चटाएको उखान मानव–प्रकृतिलाई
सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंसक हुन सक्तैन । मेरो कमजोरीले
लाग्दछ । म आफ्नो जीवन भन्दै संसार चुस्ता–तुस्तै नृशंस हुन सक्तछु ।
हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर
संसारमा समर हुनु केटाकेटीलाई मासु–रगतका परिकार चढाउने
च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजीक
आदतहरुबाट आएको जस्तो लाग्दछ । मान्छे अरुहरुसँग आफ्नो खाना
पुच्याउँदैनन्‌ । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले-कहिले
मिलाउँछ र आफ्नो आँसुहरुले उद्धार माग्दछ ।
 
म अहिले बुझ्दछु– मैले भुल गरेको थिएँ । 'योग्यको अतिजीविता'  
सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंस्रक हुन सक्तैन । मेरो कमजोरीले  
हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर  
च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजिक
पुर्‍याउँदैनन् । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले–कहिले
तर्सिन्छ ।
तर्सिन्छ ।
{{nop}}
{{nop}}

Latest revision as of 21:38, 20 June 2025

This page has not been proofread

छ केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत अवस्थामा अझ आउँदैछ । तर म अप्राकृत छु । परमेश्वर मेरो साथ हरहमेशा दिंदैनन् । म आफ्नो मैलो र घीनलाग्दोपनातिर ब्युँझिन चाहन्नँ । मलाई आदतले त्यसै लागिरहेछ ?

अहिले ती लुकेका भावनाहरु कहाँ–कहाँबाट खानुखुसी गर्न आउँछन् । मेरो जिभ्रो भद्दा र खस्रो लाग्दछ, दाँतमा टोकूँ–टोकूँपनको क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्, मलाई राल स्वार्थको पग्लिँदो स्वाद आएर थुकूँ–थुकूँ जस्तो लाग्छ, मलाई पखालिन मन लाग्छ, कहीं गएर चोबलिऊँ जस्तो । चालामा खिरखिरी पैदा हुन्छ मानौं यो सडिरहेछ– कोरीको शरीर जस्तो ! म के अरु चिज चाहन्छु, अरु जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरु वन–पोखरी र चराहरुबाट ध्वनित हुन्छन् । मृत्युका चिम्लँदा आँखाहरु मलाई सराप्छन् ।

कोही भन्छन्, 'तैंले अमृतको स्वादसँग विषको स्वाद साटिस् । स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस् । तँ मृदुलको मोहनीबाट वञ्चित छस् ।'

मलाई शिर झुकाउन मन लाग्छ । मानौं सारा दुनियाँको जीवनमा रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ । म पापी हुँ भन्ने मलाई थाहा छ । तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुधार र सफाइ छन् भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु ।

बाघको बच्चालाई पैताला चटाएको उखान मानव–प्रकृतिलाई लाग्दछ । म आफ्नो जीवन भन्दै संसार चुस्ता–तुस्तै नृशंस हुन सक्तछु । संसारमा समर हुनु केटाकेटीलाई मासु–रगतका परिकार चढाउने आदतहरुबाट आएको जस्तो लाग्दछ । मान्छे अरुहरुसँग आफ्नो खाना मिलाउँछ र आफ्नो आँसुहरुले उद्धार माग्दछ ।

म अहिले बुझ्दछु– मैले भुल गरेको थिएँ । 'योग्यको अतिजीविता' सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंस्रक हुन सक्तैन । मेरो कमजोरीले हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजिक पुर्‍याउँदैनन् । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले–कहिले तर्सिन्छ ।