Jump to content

Page:Champa.pdf/53: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"खुब नवेश्येजस्ती छु भन्ठानेकी होली- ए सहरिया पाडी !"
छौँ र ?"


"म केको वेश्ये त ? उसै जिब्रो फट्कार्न पाइन्छ त
"खूब नबेस्से जस्ती छु भन्ठानेकी होली ए शहरिया पाडी !"
अर्काले नबिराईकन ? सुन्नेले के भन्लान् ?"


"सबले देखिराख्या छन् आँखाले । सब सुनिराख्या छन्
"म केको बेस्से त ? उसै जिभ्रो फट्कार्न पाइन्छ त
कानले । असल छ भन्ठान्नुभाहोला महारानीसाब !"
अर्काले नबिराइकन ? सुन्नेले के भन्लान् ?"


"कसैका आँखा फुट्या होवैनन् कसैका कान फुट्या
"सबले देखिराख्या छन् आँखाले सबले सुनिराख्या छन्
होवैनन्, ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।"
कानले असल छु भन्ठान्नुभा होला महारानीसाब !"


"लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेका
"कसैका आँखा फुट्या होवैनन्, कसैका कान फुट्या  
वचन । मेरा आँखा फुट्या छन् रे ? मेरा कान फुट्या छन् रे !
होवैनन् ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।"
मेरा आँखा पित्तले कुहिएर झर्‍याछन् रे ! बाबा ! यो कुन सहरियाकी
पाडी आइलागेकी हो नि ? मेरी आमाले यसरी गाली गर्‍या थिइन
मलाई ! मेरी सौताले यसरी सराप्या थिइन् नि मलाई !


बस, रडाको चल्यो आइन् जेठी जेठानी । आइन् माहिली
सासूले डाँको छोडिदिइन्—
देउरानी पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी ।


"यो केको रढाको हो ! मध्यरातमा ?"
"लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेको
वचन । मेरा आँखा फुट्या छन् रे, मेरा कान फुट्या छन् रे !
मेरा आँखा पित्तले कुहिएर झर्‍या छन् रे ! बाबा ! यो कुन शहरियाकी
पाडी आइलागेकी हो नि ! मेरी आमाले यसरी गाली गर्‍या थिइनन्
मलाई ! मेरी सौताले यस्तो सराप्या थिइन नि मलाई !"


तब बेली वृत्तान्त चले ।
बस, रडाको चल्यो । आइन् ज्येठी ज्येठानी । आइन् माहिली
देवरानी । पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी ।
 
"यो केको रडाको हो ए ! मध्यरातमा ?"
 
तब बेलीवृत्तान्त चले ।


"तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?"
"तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?"


"मैले केही पनि भन्या छैन । पहाडियाका छोरी त कस्तो  
"मैले केही पनि भन्या छैन । पहाडीयाका छोरी त कस्तो  
आजमाउन जान्ने हुँदा रान् "
अजमाउन जान्ने हुँदा रान् !"


चम्पा ‘रान्’ शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि  
चम्पाले "रान्" शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि  
सासूको ब्रह्माण्ड झन् अखन्डा जल्यो । घरदेखि सब स्त्रीका अधिकारबाट  
सासूको ब्रह्माण्ड झन् अखण्ड जल्यो । घरदेखि जब स्त्रीका अधिकारबाट  
वञ्चित भएको ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको वेलामा
वञ्चित भएको, ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको बेलामा
आँखा देख्न मुस्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो  
आँखा देख्न मुश्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो  
खोजिरहेको थियो । उनको जिब्रो आज अरू ज्यादा तिखो तथा कस्टिक थियो ।
खोजिरहेको थियो । उनको जिभ्रो आज अरू समयभन्दा ज्यादा तिखो  
तथा कस्टिक थियो ।


सासू झन्‌-झन् डाँको छाड्न लागिन् त्यससँग एक छानामनि  
सासू झन्झन् डाँको छोड्न लागिन्, त्यससँग एक छानामनि  
वास गर्न किमार्थ सक्तिन थिइन् रे ! पूर्वजन्मकी सौता बदला लिन  
बास गर्न किमार्थ सक्तिनथिन् रे ! पूर्वजन्मकी सौता बदला लिन  
बुहारी भएर आएकी रे पण्डितजीले दुवै बुहारीलाई बेसरी हप्काए
बुहारी आएकी रे ! पण्डितजीले सबै सासूबुहारीलाई बेस्सरी हप्काए,

Latest revision as of 11:54, 20 June 2025

This page has been proofread

छौँ र ?"

"खूब नबेस्से जस्ती छु भन्ठानेकी होली ए शहरिया पाडी !"

"म केको बेस्से त ? उसै जिभ्रो फट्कार्न पाइन्छ त अर्काले नबिराइकन ? सुन्नेले के भन्लान् ?"

"सबले देखिराख्या छन् आँखाले । सबले सुनिराख्या छन् कानले । असल छु भन्ठान्नुभा होला महारानीसाब !"

"कसैका आँखा फुट्या होवैनन्, कसैका कान फुट्या होवैनन् ए, पित्तले कुह्या आँखा मात्र पहेँलो देख्छ सबैतिर ।"

सासूले डाँको छोडिदिइन्—

"लौ बाबा ! मैले सहन सकिनँ नि बाबा ! यस चोथालेको वचन । मेरा आँखा फुट्या छन् रे, मेरा कान फुट्या छन् रे ! मेरा आँखा पित्तले कुहिएर झर्‍या छन् रे ! बाबा ! यो कुन शहरियाकी पाडी आइलागेकी हो नि ! मेरी आमाले यसरी गाली गर्‍या थिइनन् मलाई ! मेरी सौताले यस्तो सराप्या थिइन नि मलाई !"

बस, रडाको चल्यो । आइन् ज्येठी ज्येठानी । आइन् माहिली देवरानी । पसी वसुन्धरी वाइपा । उठे बाजे रमाकान्त अधिकारी ।

"यो केको रडाको हो ए ! मध्यरातमा ?"

तब बेलीवृत्तान्त चले ।

"तैँले सासूसँग त्यसरी मुख लाग्न हुन्छ चोथाले ?"

"मैले केही पनि भन्या छैन । पहाडीयाका छोरी त कस्तो अजमाउन जान्ने हुँदा रान् !"

चम्पाले "रान्" शब्दमा यति नराम्रो तिखो जोड दिइन् कि सासूको ब्रह्माण्ड झन् अखण्ड जल्यो । घरदेखि जब स्त्रीका अधिकारबाट वञ्चित भएको, ज्वलित, दलित चम्पालाई झनक्क रिस उठेको बेलामा आँखा देख्न मुश्किल भयो । उनको व्यक्तित्वले मोचनको बाटो खोजिरहेको थियो । उनको जिभ्रो आज अरू समयभन्दा ज्यादा तिखो तथा कस्टिक थियो ।

सासू झन्झन् डाँको छोड्न लागिन्, त्यससँग एक छानामनि बास गर्न किमार्थ सक्तिनथिन् रे ! पूर्वजन्मकी सौता बदला लिन बुहारी आएकी रे ! पण्डितजीले सबै सासूबुहारीलाई बेस्सरी हप्काए,