Jump to content

Page:Champa.pdf/28: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
देखिन् । उनलाई भयंकर विचारहरूले घचघच्याउन लागे । मौन  
देखिन् । उनलाई भयङ्कर विचारहरूले घचघच्याउन लागे । मौन  
वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो  
वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो  
के होला ? ……..
के होला ? … एक किसिमको अस्पष्ट डर । वैधव्य ? … चुरापोते
नभएको । श्रृङ्गारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो
गोधूली मुहार वैधव्य सेतो चन्दन र जपमाला लिएको वैधव्य !
जीवनमा उनलाई श्रृङ्गारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।


एक किसिमको अस्पष्ट डर । वैधव्य ? ……. चुरा पोते
चम्पालाई बराबर केके उकुसमुकुस भएझैँ हुन्थ्यो उनी  
नभएको । श्रृंगारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो
गोधूली मुहार वैधव्य-सेतो चन्दन र जपमाला लिएको वैधव्य !
जीवनमा उनलाई श्रृंगारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।
 
चम्पालाई बराबर के के उकुसमुकुस भएझैँ हुन्थ्यो-उनी  
बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता  
बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता  
पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्-
पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्  
भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित  
भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित  
कुमारी सुगन्ध बहिरहेको थियो-शायद यो च्याखुराहरूको जुनेली  
कुमारी सुगन्ध बहिरहेको थियो शायद यो च्याखुराहरूको जुनेली  
चैतले बुझ्नसक्दथ्यो ! यस वेला, यस बैंसमा भँवरा मीठो हुन्छ !  
चेतले बुझ्न सक्तथ्यो ! यस वेला, यस बैँसमा भँवरा मीठो हुन्छ !  
कानमा मधुर प्रशंसा, त्यो थिएन ।  
कानमा मधुर प्रशंसा, त्यो थिएन । कोही तिमी यती राम्री छ्यौ भनेर
स्वामीजी टोखामा भर्ना भएका  
कानेखुसी गर्नेसम्म पनि थिएनन् । स्वामीजी टोखामा भर्ना भएका  
थिए । चम्पा केही वस्तुको अभावले चटपटाउँ थिइन् पनि । केही चीजको  
थिए । चम्पा केही वस्तुको अभावले छटपटाउँथिन् पनि । केही चीजको  
भावले सशंक पनि । उनको कसूरविना केही चीजसँग गाँसिएर उनको  
भावले सशङ्क पनि । उनको कसुरविना केही चीजसँग गाँसिएर उनको  
जीवनलाई पनि टि.बी. लागेको थियो ।
जीवनलाई पनि टि.बी. लागेको थियो ।


चम्पा सोचिन्, "के मेरो जीवनको सौगात यत्ति हो ?  
चम्पाले सोचिन्– "के मेरो जीवनको सौगात यत्ति हो ?  
यो रुप, यो रंग, यो निशाना ?" स्वामीले बिदाइमा दिएको वचन उपर
यो रूप, यो रङ्ग, यो निराशा ?" स्वामीले बिदाइमा दिएको वचनउपर
उनले गौड गरिन् । आजाद भयौ ! …… आजादी भन्या के होला ?
उनले गौड गरिन्– "आजाद भयौ !आजादी भन्या के होला ?"
  … उनले एउटा केटाकेटीद्वारा माष्टरसँग सोध्न पठाइन् ।उसले माने  
  … उनले एउटा केटाकेटीद्वारा मास्टरसँग सोध्न पठाइन् । उसले माने  
बताइदियो, "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन,  
बताइदियो– "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन,  
जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।
जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।


उनले बुझिन् स्वामीजले उनलाई अमलेख गरिदिएका रहेछन्
उनले बुझिन् स्वामीजीले उनलाई अमलेख गरिदिएका रहेछन्  
तर यो अमलेखीको माने चान्द्र शासनमा कमाराकमारीलाई थाहा नभएझैँ  
तर यो अमलेखीको माने चन्द्रशासनमा कमाराकमारीलाई थाहा नभएझैँ  
उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो आग्राह्य ।
उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो– आग्राह्य ।


चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला "
चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला !"


त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा  
त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा  
हेर्न झन्-झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।
हेर्न झन् झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।

Latest revision as of 21:05, 15 June 2025

This page has been proofread

देखिन् । उनलाई भयङ्कर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? … एक किसिमको अस्पष्ट डर । वैधव्य ? … चुरापोते नभएको । श्रृङ्गारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृङ्गारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।

चम्पालाई बराबर केके उकुसमुकुस भएझैँ हुन्थ्यो । उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन् भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित कुमारी सुगन्ध बहिरहेको थियो । शायद यो च्याखुराहरूको जुनेली चेतले बुझ्न सक्तथ्यो ! यस वेला, यस बैँसमा भँवरा मीठो हुन्छ ! कानमा मधुर प्रशंसा, त्यो थिएन । कोही तिमी यती राम्री छ्यौ भनेर कानेखुसी गर्नेसम्म पनि थिएनन् । स्वामीजी टोखामा भर्ना भएका थिए । चम्पा केही वस्तुको अभावले छटपटाउँथिन् पनि । केही चीजको भावले सशङ्क पनि । उनको कसुरविना केही चीजसँग गाँसिएर उनको जीवनलाई पनि टि.बी. लागेको थियो ।

चम्पाले सोचिन्– "के मेरो जीवनको सौगात यत्ति हो ? यो रूप, यो रङ्ग, यो निराशा ?" स्वामीले बिदाइमा दिएको वचनउपर उनले गौड गरिन्– "आजाद भयौ !… आजादी भन्या के होला ?"

… उनले एउटा केटाकेटीद्वारा मास्टरसँग सोध्न पठाइन् । उसले माने 

बताइदियो– "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।

उनले बुझिन् स्वामीजीले उनलाई अमलेख गरिदिएका रहेछन् तर यो अमलेखीको माने चन्द्रशासनमा कमाराकमारीलाई थाहा नभएझैँ उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो– आग्राह्य ।

चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला !"

त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन् झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।