Jump to content

Page:Champa.pdf/27: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
संशोधन गर्नाको लागि हाम्रो मोलतोल ठीक छैन । हाम्रो  
संशोधन गर्नाको लागि हाम्रो मोलतोल ठीक छैन । हाम्रो  
अंग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लण्डन
अङ्ग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लन्डन
हाँस्नेछ । हामी वमनवेदान्ती हौं । हामी अक्षरकीट हौं ।  
हाँस्नेछ । हामी वमनवेदान्ती हौँ । हामी अक्षरकीट हौँ ।  
शोपेरहाँर साहेबले मात्र शिक्षकवर्ग- हामीलाई चिनेका छन् ।"हा ! म  
शोपेनहारसाहेबले मात्र शिक्षकवर्ग– हामीलाई चिनेका छन् । हा ! म  
मूर्ख बंगाली विद्वत्ता र नेपाली बोक्रे प्रतियोगितामा बिग्रन गएँ ! म  
मूर्ख बङ्गाली विद्वत्ता र नेपाली बोक्रे प्रतियोगितामा बिग्रन गएँ ! म  
कस्तो मूर्ख !
कस्तो मूर्ख !


उनको संसारले उलटपुलट खायो । उनले चम्पालाई बोलाएर  
उनको संसारले उलटपुलट खायो । उनले चम्पालाई बोलाएर  
भने, "प्यारी कीचक ! मेरो इतिश्री  
भने, "प्यारी कीचक ! मेरो इतिश्री भयो । म बिग्रेँ । आयु चार
स्वाहा । व्यक्तित्व भए म मरेपछि पुनर्विवाह  
महिना छ । तिम्रो जीवन स्वाहा । व्यक्तित्व भए म मरेपछि पुनर्विवाह  
गरे । तिमी पढ । तिमीलाई पढन र बुझ्न व्यक्तित्व हासिल गर्नाको  
गरे । तिमी पढ । तिमीलाई पढ्न र बुझ्न व्यक्तित्व हासिल गर्नाको  
जरुरत छ । तिमीलाई म भुल्छु । तिमीसँग मेरो विवाहै भएको  
जरुरत छ । तिमीलाई म भुल्छु । तिमीसँग मेरो विवाहै भएको  
थिएन । म तिमीलाई प्रेमको आँखाले हेर्दिनँ । मलाई टि.बी.  
थिएन । म तिमीलाई प्रेमको आँखाले हेर्दिनँ । मलाई टि.बी.  
Line 16: Line 16:
आजाद भयौ ।"
आजाद भयौ ।"


चम्पा जानिनन् किन तर उनी रोइन्-बर्र । तीब्र सहानुभूतिले
चम्पाले जानिनन् किन तर उनी रोइन् बर्र तीव्र सहानुभूतिले  
साथीसँग छुट्टिने वेलामा राएझैँ ।……..
साथीसँग छुट्टिने बेलामा रोएझैँ ।


प्रेमको प्रारंभ भएको थिएन । केवल लोग्ने, पोइ या स्वामी  
प्रेमको प्रारम्भ भएको थिएन । केवल लोग्ने, पोइ या स्वामी  
भन्ने नामानुसार उनमा मान्नु पर्ने भन्ने भावनासम्म रहेको थियो तर  
भन्ने नामानुसार उनमा मान्नुपर्ने भन्ने भावनासम्म रहेको थियो तर  
त्यो आँसुदार, जल्दो, जाग्दो, वियोग ज्वलित भाव, त्यो मधुर आनन्दको  
त्यो आँसुदार, जल्दो, जाग्दो, वियोगज्वलित भाव, त्यो मधुर आनन्दको  
स्पन्दन, जो विकसित यौवनको सुगन्धको पल्कन हुन्छ- त्यो थिएन ।  
स्पन्दन, जो विकसित यौवनको सुगन्धको पल्कन हुन्छ त्यो थिएन ।  
न साधारण तवरले यस्तो चीज कुनै घरमा-कुनै सुवासीनी  
न साधारण तवरले यस्तो चीज कुनै घरमा कुनै सुवासीनी  
लोग्नेको विवाहित जीवनमा-पूर्वीय देशमा अक्सर-प्राप्य छ ।  
लोग्नेको विवाहित जीवनमा– पूर्वीय देशमा अक्सर प्राप्य छ ।  
विवाहलाई प्रेमको अन्त भन्ने पश्चिमा भनाइ त छँदै छ, तर प्रेमको  
विवाहलाई प्रेमको अन्त भन्ने पश्चिमा भनाइ त छँदैछ, तर प्रेमको  
शुरु नै नहुनु खास पूर्वीयता हो ।
शुरु नै नहुनु खास पूर्वीयता हो ।


रामकान्तले पुस्तक जलाएर जपमाला लिए । उनी शान्त, मौन  
रामकान्तले पुस्तक जलाएर जपमाला लिए । उनी शान्त, मौन  
रहन्थे । डाक्टर आउँथे, जान्थे, हेर्ने विचानहरू । आमाका आँखा  
रहन्थे । डाक्टर आउँथे, जान्थे, हेर्ने-विचार्नेहरू । आमाका आँखा  
हरहमेशा भिज्दथे । दिदी बहिनीका पनि । तर रामकान्त सारा पुरुष, स्त्री,  
हरहमेशा भिज्दथे । दिदीबहिनीका पनि । तर रामकान्तले सारा पुरुष, स्त्री,  
घरबार, वस्तुलाई परदेशी ठहर्‍याए । अब उनको आत्मा ईश्वर-चिन्तनमा
घरबार, वस्तुलाई परदेशी ठहर्‍याए । अब उनको आत्मा ईश्वरचिन्तनमा
अविघ्न तवरल मग्न हुन चाहन्थ्यो । चम्पाले निकट वैधव्यको सपना
अविघ्न तवरल मग्न हुन चाहन्थ्यो । चम्पाले निकट वैधव्यको सपना

Latest revision as of 20:59, 15 June 2025

This page has been proofread

संशोधन गर्नाको लागि हाम्रो मोलतोल ठीक छैन । हाम्रो अङ्ग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लन्डन हाँस्नेछ । हामी वमनवेदान्ती हौँ । हामी अक्षरकीट हौँ । शोपेनहारसाहेबले मात्र शिक्षकवर्ग– हामीलाई चिनेका छन् । हा ! म मूर्ख बङ्गाली विद्वत्ता र नेपाली बोक्रे प्रतियोगितामा बिग्रन गएँ ! म कस्तो मूर्ख !

उनको संसारले उलटपुलट खायो । उनले चम्पालाई बोलाएर भने, "प्यारी कीचक ! मेरो इतिश्री भयो । म बिग्रेँ । आयु चार महिना छ । तिम्रो जीवन स्वाहा । व्यक्तित्व भए म मरेपछि पुनर्विवाह गरे । तिमी पढ । तिमीलाई पढ्न र बुझ्न व्यक्तित्व हासिल गर्नाको जरुरत छ । तिमीलाई म भुल्छु । तिमीसँग मेरो विवाहै भएको थिएन । म तिमीलाई प्रेमको आँखाले हेर्दिनँ । मलाई टि.बी. लाग्यो । धर्मले त्यो टि.बी. तिमीलाई सल्काउन खोज्दछ, चम्पा ! तिमी सक्छ्यौ, चाहन्छ्यौ भने पर सर । आजदेखि तिमी मबाट आजाद भयौ ।"

चम्पाले जानिनन् किन तर उनी रोइन् बर्र तीव्र सहानुभूतिले साथीसँग छुट्टिने बेलामा रोएझैँ ।

प्रेमको प्रारम्भ भएको थिएन । केवल लोग्ने, पोइ या स्वामी भन्ने नामानुसार उनमा मान्नुपर्ने भन्ने भावनासम्म रहेको थियो तर त्यो आँसुदार, जल्दो, जाग्दो, वियोगज्वलित भाव, त्यो मधुर आनन्दको स्पन्दन, जो विकसित यौवनको सुगन्धको पल्कन हुन्छ – त्यो थिएन । न साधारण तवरले यस्तो चीज कुनै घरमा – कुनै सुवासीनी लोग्नेको विवाहित जीवनमा– पूर्वीय देशमा अक्सर प्राप्य छ । विवाहलाई प्रेमको अन्त भन्ने पश्चिमा भनाइ त छँदैछ, तर प्रेमको शुरु नै नहुनु खास पूर्वीयता हो ।

रामकान्तले पुस्तक जलाएर जपमाला लिए । उनी शान्त, मौन रहन्थे । डाक्टर आउँथे, जान्थे, हेर्ने-विचार्नेहरू । आमाका आँखा हरहमेशा भिज्दथे । दिदीबहिनीका पनि । तर रामकान्तले सारा पुरुष, स्त्री, घरबार, वस्तुलाई परदेशी ठहर्‍याए । अब उनको आत्मा ईश्वरचिन्तनमा अविघ्न तवरल मग्न हुन चाहन्थ्यो । चम्पाले निकट वैधव्यको सपना