Page:Champa.pdf/21: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कुल रे ? | कुल रे ?… पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ | ||
गर्छन्, काम गर्दैनन्, गरीबले घरको संस्कार घर्काउँछन् । आधार | |||
लिनुपर्छ बनोटको पो । के यो जुवा खेल्या हो र ?" | |||
यस्ता तर्क-वितर्कमा | यस्ता तर्क-वितर्कमा रामकान्तबाबुले बिहाको चल्दो कुरा सुने । | ||
उनीलाई अलिकति रिस उठ्यो कि ठिटाहरू भनेर बाबुआमा जीवनारम्भीको | |||
कति कम कदर देखाउँछन् । | |||
उनले बुझ्ने, हेर्ने, अनुभव गर्ने विचार गरे । | उनले बुझ्ने, हेर्ने, अनुभव गर्ने विचार गरे । अङ्ग्रेजहरू | ||
कति बेस ! प्रेमको बाटो त रोक्तैनन् । यहाँ प्रेम भन्ने चीज | |||
नेपालो र हिन्दुस्तानीको कुनै पुस्तकले सच्चा तवरले अनुभव गरेन । | |||
"अरूको आँखा, हाम्रो जिन्दगी, वाह !… हामी पुतली होइनौँ क्यार ? | |||
अथवा चल्लाचल्ली ! ज्यापूले मोटो चल्ला मोटी चल्लीको ह्याकुलो छामेर | |||
एकै खर्पनमा हालिदियो, बस, फुल पारिहाल्छ नि मजाको ।" | |||
रामकान्त नवम श्रेणीमा पढ्दथे । खूब जेहेनदार थिए । खूब परिश्रमी पनि । उनको | रामकान्त नवम श्रेणीमा पढ्दथे । खूब जेहेनदार थिए । खूब | ||
परिश्रमी पनि । उनको गुन्डोपन केवल बोक्रे थियो । तलाश, स्नान, | |||
पोशाकलाई प्रशस्त समय बिते पनि उनी व्यभिचारका विरोधी, चरित्रका पक्का, | |||
जेहेनका तीव्र, आँखा र कानका चलाख थिए । उनले प्रशस्त अङ्ग्रेजी | |||
उपन्यास हेरेका थिए । प्रेमको रहस्य मैले जतिको अरूले जानेको | |||
छैन भन्ने उनको अन्तर चैतन्य थियो । भावी पत्नीको आदर्श उनले | |||
बनाइसकेका थिए । उनलाई अब कस्ती होली भन्ने समस्याले घनघोर बाधा | |||
गरिरहेको थियो । | |||
"कन्या अत्यन्त उम्दा छन् | "कन्या अत्यन्त उम्दा छन् बाबू ! लाखमा रोजा ।" आमा रमादेवीले | ||
भनिन् । "को नि त्यस्तो समालोचना ल्याउने ? आलुपसलले भैँचालोको | |||
सवाईलाई कालिदास ठान्या जस्तो । पिताको आँखामा मान्छेले जाँच्या | |||
बालुवा सब सुन सुन ।" | |||
"होइन आमाले | "होइन" आमाले सम्झाइन्, सबले हेरिसकेको, बाबू ! तिमीहरू | ||
मात्र आँखा भा छौ, अब दुनियाँमा ? अरूका आँखा छैनन् क्यार ?" | |||
"अँगार, अँगार अरूका आँखा | "अँगार, अँगार अरूका आँखा काँच अरूका नजर, आमा ! |
Latest revision as of 11:42, 15 June 2025
कुल रे ?… पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ गर्छन्, काम गर्दैनन्, गरीबले घरको संस्कार घर्काउँछन् । आधार लिनुपर्छ बनोटको पो । के यो जुवा खेल्या हो र ?"
यस्ता तर्क-वितर्कमा रामकान्तबाबुले बिहाको चल्दो कुरा सुने । उनीलाई अलिकति रिस उठ्यो कि ठिटाहरू भनेर बाबुआमा जीवनारम्भीको कति कम कदर देखाउँछन् ।
उनले बुझ्ने, हेर्ने, अनुभव गर्ने विचार गरे । अङ्ग्रेजहरू कति बेस ! प्रेमको बाटो त रोक्तैनन् । यहाँ प्रेम भन्ने चीज नेपालो र हिन्दुस्तानीको कुनै पुस्तकले सच्चा तवरले अनुभव गरेन । "अरूको आँखा, हाम्रो जिन्दगी, वाह !… हामी पुतली होइनौँ क्यार ? अथवा चल्लाचल्ली ! ज्यापूले मोटो चल्ला मोटी चल्लीको ह्याकुलो छामेर एकै खर्पनमा हालिदियो, बस, फुल पारिहाल्छ नि मजाको ।"
रामकान्त नवम श्रेणीमा पढ्दथे । खूब जेहेनदार थिए । खूब परिश्रमी पनि । उनको गुन्डोपन केवल बोक्रे थियो । तलाश, स्नान, पोशाकलाई प्रशस्त समय बिते पनि उनी व्यभिचारका विरोधी, चरित्रका पक्का, जेहेनका तीव्र, आँखा र कानका चलाख थिए । उनले प्रशस्त अङ्ग्रेजी उपन्यास हेरेका थिए । प्रेमको रहस्य मैले जतिको अरूले जानेको छैन भन्ने उनको अन्तर चैतन्य थियो । भावी पत्नीको आदर्श उनले बनाइसकेका थिए । उनलाई अब कस्ती होली भन्ने समस्याले घनघोर बाधा गरिरहेको थियो ।
"कन्या अत्यन्त उम्दा छन् बाबू ! लाखमा रोजा ।" आमा रमादेवीले भनिन् । "को नि त्यस्तो समालोचना ल्याउने ? आलुपसलले भैँचालोको सवाईलाई कालिदास ठान्या जस्तो । पिताको आँखामा मान्छेले जाँच्या बालुवा सब सुन सुन ।"
"होइन" आमाले सम्झाइन्, सबले हेरिसकेको, बाबू ! तिमीहरू मात्र आँखा भा छौ, अब दुनियाँमा ? अरूका आँखा छैनन् क्यार ?"
"अँगार, अँगार अरूका आँखा काँच अरूका नजर, आमा !