Jump to content

Page:Champa.pdf/21: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कुल रे ? …… पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ गर्छन् । काम गर्दैनन् । गरीबले घरको संस्कार घर्काउँछन् । आधार लिनुपर्छ बनोटको पो । के यो जूवा खेल्या हो र ?” यस्ता तर्क-वितर्..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कुल रे ? …… पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ गर्छन् काम गर्दैनन् गरीबले घरको संस्कार घर्काउँछन् । आधार लिनुपर्छ बनोटको पो । के यो जूवा खेल्या हो र ?
कुल रे ?पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ  
गर्छन्, काम गर्दैनन्, गरीबले घरको संस्कार घर्काउँछन् । आधार  
लिनुपर्छ बनोटको पो । के यो जुवा खेल्या हो र ?"


यस्ता तर्क-वितर्कमा रामकान्त बाबुले बिहाको चल्दो कुरा सुने । उनीलाई अलिकति रिस उठ्यो कि ठिटाहरू भनेर बाबुआमा जीवनारम्भीको कति कदर देखाउँछन् ।
यस्ता तर्क-वितर्कमा रामकान्तबाबुले बिहाको चल्दो कुरा सुने ।  
उनीलाई अलिकति रिस उठ्यो कि ठिटाहरू भनेर बाबुआमा जीवनारम्भीको  
कति कम कदर देखाउँछन् ।


उनले बुझ्ने, हेर्ने, अनुभव गर्ने विचार गरे । अंग्रेजहरू कति बेश ! प्रेमको बाटो त रोक्तैन् । यहाँ प्रेम भन्ने चीज नेपालो र हिन्दुस्तानीको कुनै पुस्तकले सच्चा तवरले अनुभव गरेन । “हरूको आँखा, हाम्रो जिन्दगी, वाह ! ………. हामी पुतली होइनौं क्या र ? अथवा चल्ला चल्ली ! ज्यापूले मोटो चल्ला मोटी चल्लीको ह्याकुलो छामेर एकै खर्पनमा हालिदियो, बस, फुल पारिहाल्छ नि मजाको ।”
उनले बुझ्ने, हेर्ने, अनुभव गर्ने विचार गरे । अङ्ग्रेजहरू
कति बेस ! प्रेमको बाटो त रोक्तैनन् । यहाँ प्रेम भन्ने चीज  
नेपालो र हिन्दुस्तानीको कुनै पुस्तकले सच्चा तवरले अनुभव गरेन ।  
"अरूको आँखा, हाम्रो जिन्दगी, वाह !हामी पुतली होइनौँ क्यार ?  
अथवा चल्लाचल्ली ! ज्यापूले मोटो चल्ला मोटी चल्लीको ह्याकुलो छामेर  
एकै खर्पनमा हालिदियो, बस, फुल पारिहाल्छ नि मजाको ।"


रामकान्त नवम श्रेणीमा पढ्दथे । खूब जेहेनदार थिए । खूब परिश्रमी पनि । उनको गुण्डोपन केवल बोक्रे थियो । तलाश, स्नान, पोशाकलाई प्रशस्त समय बिते पनि उनी व्यभिचारका विरोधी, चरित्रका पक्का, जेहेनका तीब्र, आँखा र कानका चलाख थिए । उनले प्रशस्त अंग्रेजी उपन्यास हेरेका थिए । प्रेमको रहस्य मैले जतिको अरूले जानेको छैन भन्ने उनको अन्तर चैतन्य थियो । भावी पत्नीको आदर्श उनले बनाइसकेका थिए । उनसाई अब कस्ती होला भन्ने समस्याले घनघोर बाधा गरिरहेको थियो ।
रामकान्त नवम श्रेणीमा पढ्दथे । खूब जेहेनदार थिए । खूब  
परिश्रमी पनि । उनको गुन्डोपन केवल बोक्रे थियो । तलाश, स्नान,  
पोशाकलाई प्रशस्त समय बिते पनि उनी व्यभिचारका विरोधी, चरित्रका पक्का,  
जेहेनका तीव्र, आँखा र कानका चलाख थिए । उनले प्रशस्त अङ्ग्रेजी
उपन्यास हेरेका थिए । प्रेमको रहस्य मैले जतिको अरूले जानेको  
छैन भन्ने उनको अन्तर चैतन्य थियो । भावी पत्नीको आदर्श उनले  
बनाइसकेका थिए । उनलाई अब कस्ती होली भन्ने समस्याले घनघोर बाधा  
गरिरहेको थियो ।


“कन्या अत्यन्त उम्दा छन् बाबु ⁄ लाखमा रोजा ।” आमा रमादेवीले भनिन् । “को नि त्यस्तो समालोचना ल्याउने ? आलुपसलले भैंचालोको सवाईलाई कालिदास ठान्या जस्तो । पित्तको आँखामा मान्छेले जाँच्या बालुवा सब सुन सुन ।”
"कन्या अत्यन्त उम्दा छन् बाबू ! लाखमा रोजा ।" आमा रमादेवीले  
भनिन् । "को नि त्यस्तो समालोचना ल्याउने ? आलुपसलले भैँचालोको
सवाईलाई कालिदास ठान्या जस्तो । पिताको आँखामा मान्छेले जाँच्या  
बालुवा सब सुन सुन ।"


“होइन आमाले संझाइन्, सबले हेरिसकेको, बाबु ! तिमीहरू मात्र आँखा भा’ छौ, अब दुनियामा ? अरूका आँखा छैनन् क्या र ?
"होइन" आमाले सम्झाइन्, सबले हेरिसकेको, बाबू ! तिमीहरू  
मात्र आँखा भा छौ, अब दुनियाँमा ? अरूका आँखा छैनन् क्यार ?"


“अँगार, अँगार अरूका आँखा ……. काँच अरूका नजर, आमा !
"अँगार, अँगार अरूका आँखा काँच अरूका नजर, आमा !

Latest revision as of 11:42, 15 June 2025

This page has been proofread

कुल रे ?… पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ गर्छन्, काम गर्दैनन्, गरीबले घरको संस्कार घर्काउँछन् । आधार लिनुपर्छ बनोटको पो । के यो जुवा खेल्या हो र ?"

यस्ता तर्क-वितर्कमा रामकान्तबाबुले बिहाको चल्दो कुरा सुने । उनीलाई अलिकति रिस उठ्यो कि ठिटाहरू भनेर बाबुआमा जीवनारम्भीको कति कम कदर देखाउँछन् ।

उनले बुझ्ने, हेर्ने, अनुभव गर्ने विचार गरे । अङ्ग्रेजहरू कति बेस ! प्रेमको बाटो त रोक्तैनन् । यहाँ प्रेम भन्ने चीज नेपालो र हिन्दुस्तानीको कुनै पुस्तकले सच्चा तवरले अनुभव गरेन । "अरूको आँखा, हाम्रो जिन्दगी, वाह !… हामी पुतली होइनौँ क्यार ? अथवा चल्लाचल्ली ! ज्यापूले मोटो चल्ला मोटी चल्लीको ह्याकुलो छामेर एकै खर्पनमा हालिदियो, बस, फुल पारिहाल्छ नि मजाको ।"

रामकान्त नवम श्रेणीमा पढ्दथे । खूब जेहेनदार थिए । खूब परिश्रमी पनि । उनको गुन्डोपन केवल बोक्रे थियो । तलाश, स्नान, पोशाकलाई प्रशस्त समय बिते पनि उनी व्यभिचारका विरोधी, चरित्रका पक्का, जेहेनका तीव्र, आँखा र कानका चलाख थिए । उनले प्रशस्त अङ्ग्रेजी उपन्यास हेरेका थिए । प्रेमको रहस्य मैले जतिको अरूले जानेको छैन भन्ने उनको अन्तर चैतन्य थियो । भावी पत्नीको आदर्श उनले बनाइसकेका थिए । उनलाई अब कस्ती होली भन्ने समस्याले घनघोर बाधा गरिरहेको थियो ।

"कन्या अत्यन्त उम्दा छन् बाबू ! लाखमा रोजा ।" आमा रमादेवीले भनिन् । "को नि त्यस्तो समालोचना ल्याउने ? आलुपसलले भैँचालोको सवाईलाई कालिदास ठान्या जस्तो । पिताको आँखामा मान्छेले जाँच्या बालुवा सब सुन सुन ।"

"होइन" आमाले सम्झाइन्, सबले हेरिसकेको, बाबू ! तिमीहरू मात्र आँखा भा छौ, अब दुनियाँमा ? अरूका आँखा छैनन् क्यार ?"

"अँगार, अँगार अरूका आँखा काँच अरूका नजर, आमा !