Jump to content

Page:Champa.pdf/14: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बूढाले आखिर हारे ……. ज्योतिषी बाजे आइपुगे ……… भोलिपल्ट  
बूढाले आखिर हारे… ज्योतिषीबाजे आइपुगे… भोलिपल्ट  
चिना खुल्ने भए । तब चम्पालाई नाच्न लगाएर बूढीले एक सेतो  
चिना खुल्ने भए । तब चम्पालाई नाच्न लगाएर बूढीले एक सेतो  
नयाँ डबल हातमा राखेर उठाइन् ………. चम्पाको हाउभाउ अत्यन्त मनोहर  
नयाँ डबल हातमा राखेर उठाइन्… चम्पाको हाउभाउ अत्यन्त मनोहर  
थियो । बुहारीहरुले भने ठिक्क सिनेमा …..
थियो । बुहारीहरूले भने, "ठिक्क सिनेमा… "


बिचरी चम्पा बुझ्दैनथिन् राम्ररी बिहा भन्ने चीजको उत्तरदायित्व,  
बिचरी चम्पा बुझ्दैनथिन् राम्ररी बिहा भन्ने चीजको उत्तरदायित्व,  
महत्व, खतरा । उनी बरावर बिहा गरी वनमा खेल्थिन् । मजा हुन्थ्यो, नकली  
महत्व, खतरा । उनी बरावर बिहा गरी वनमा खेल्थिन् । मजा हुन्थ्यो नकली  
रुपमा । कुनै वस्तु, घटना कृत्रिमता या यथार्थ रुपभन्दा राम्रो र  
रूपमा । कुनै वस्तु, घटना कृत्रिमता या यथार्थ रूपभन्दा राम्रो र  
आनन्ददायक हुन्छ । वियोगात्मक घटना दुःखदायक हुन्छ तर रङ्गमञ्चमा ।  
आनन्ददायक हुन्छ । वियोगात्मक घटना दुःखदायक हुन्छ तर रङ्गमञ्चमा ।  
दुनियाँ त्यसैमा आनन्द मानेर हेर्न जान्छ । बिहा भन्ने चीज भयङ्कर  
दुनियाँ त्यसैमा आनन्द मानेर हेर्न जान्छ । बिहा भन्ने चीज भयङ्कर  
चीज हुन्छ । त्यसको भीषण नाटकमा वास्तविक स्वरुपले अभिनेत्रीको  
चीज हुन्छ । त्यसको भीषण नाटकमा वास्तविक स्वरूपले अभिनेत्रीको  
रुप धारण गर्दा दुलहीहरु रुन्छन् । यो व्यक्तित्वको स्वतन्त्रतालाई सीमित
रूप धारण गर्दा दुलहीहरू रुन्छन् । यो व्यक्तित्वको स्वतन्त्रतालाई सिमित
गर्ने वस्तु हो । यति गर्‍हुँगो, छुट्याउने, अन्धकारसँग जोड्ने,  
गर्ने वस्तु हो । यति गर्‍हुँगो, छुट्याउने, अन्धकारसँग जोड्ने,  
यत्रो भीषण यात्रा र खतरा छ । यसले कलमी गर्छ बिरुवाको, जो एक
यत्रो भीषण यात्रा र खतरा छ । यसले कलमी गर्छ बिरुवाको, जो एक
मृत्युको खतरा हो । परिर्वतन विरोधी पौधा मर्छन् । शैशवमा  
मृत्युको खतरा हो । परिर्वतनविरोधी पौधा मर्छन् । शैशवमा  
कोही कोही मात्र सप्रन्छन् । धेरै चढ्दो बढ्दो उमेरमा बिग्रन्छन्,  
कोहीकोही मात्र सप्रन्छन् । धेरै चढ्दोबढ्दो उमेरमा बिग्रन्छन्,  
बाङ्गिन्छन्, भाँडिन्छन् । अविरोधी पुतलीहरु घर भन्ने पराई जेलमा
बाङ्गिन्छन्, भाँडिन्छन् । अविरोधी पुतलीहरू घर भन्ने पराईजेलमा
पनि उत्तिकै चल्छन्, जस्तो माइतीमा । परिवर्तनानुसारी मनको विकाश  
पनि उत्तिकै चल्छन्, जस्तो माइतीमा । परिवर्तनानुसारी मन विकाश  
हुने फुल्छन् । तर बालखको जेलखानाको स्वरुपमा घर भन्ने  
हुने फुल्छन् पनि । तर बालकको जेलखानाको स्वरूपमा घर भन्ने  
यति भीषण वस्तु छ- यो अन्तर्दृष्टिरहित पुरुषको चैतन्यको पकडबाहिर  
यति भीषण वस्तु छ– यो अन्तर्दृष्टिरहित पुरुषको चैतन्यको पकडबाहिर  
छ ।
छ ।


चम्पाको बिहाखेल रमाइलो क्रीडा थियो । तर अब बिहा हुने  
चम्पाको बिहा खेल रमाइलो क्रीडा थियो । तर अब बिहा हुने  
रे ? यसै साल । उनलाई एक किसिमको अनौठो डर लाग्न थाल्यो मन  
रे ! यसै साल । उनलाई एक किसिमको अनौठो डर लाग्न थाल्यो, मन  
तरङ्गिन लाग्यो । पोइले गहना, हीराका इस्टार, हजार रुपियाँको सारी  
तरङ्गिन लाग्यो । "पोइले गहना, हीराका इस्टार, हजार रुपियाँको सारी  
इत्यादि- पाउडर, सुनको किलीप, काँटा-अनि त के ?- ल्याउँछन् रे !  
इत्यादि, पाउडर, सुनको किलीप, काँटा अनि त के ल्याउँछन् रे !  
जस्तो फलानीको बिहामा । वेस । तर सितै ल्या होला त ? उसको पनि त  
जस्तो फलानीको बिहामा बेस । तर सित्तै ल्या होला त ? उसको पनि त  
मतलब होला नि ? हामीलाई दासी रे ! ऊँ ?  
मतलब होला नि, हामीलाई किन्या होला कि के हँ ? हामी दासी रे उँ ?  
हो ? हामी कमारी हो र ? अनि सासू हुन्छ रे ! हाम्री आमा त असल
हो ? हामी कमारी हो र ? अनि सासू हुन्छ रे ! हाम्री आमा त असल,
चौपट्ट असल । आँखामा हाले पनि नबिझाउने, ब्यारे ! तर अर्काकी  
चौपट्ट असल । आँखामा हाले पनि नबिझाउने, ब्यारे ! तर अर्काकी  
आमा ? छिःमाक परी भने नि ? कसै कसैकी आमा एकदम राम्री हुन्न  
आमा ? छिः माक परी भने नि ? कसै कसैकी आमा एकदम राम्री हुन्न  
वा ! यति बाक्लो आँखीभौँ बाबै ? अनि कोही कति दुच्छर हुन्छन् !
बा ! यति बाक्लो आँखीभौँ बाबै ? अनि कोही कति दुच्छर हुन्छन् !

Latest revision as of 16:08, 11 June 2025

This page has been proofread

बूढाले आखिर हारे… ज्योतिषीबाजे आइपुगे… भोलिपल्ट चिना खुल्ने भए । तब चम्पालाई नाच्न लगाएर बूढीले एक सेतो नयाँ डबल हातमा राखेर उठाइन्… चम्पाको हाउभाउ अत्यन्त मनोहर थियो । बुहारीहरूले भने, "ठिक्क सिनेमा… ।"

बिचरी चम्पा बुझ्दैनथिन् राम्ररी बिहा भन्ने चीजको उत्तरदायित्व, महत्व, खतरा । उनी बरावर बिहा गरी वनमा खेल्थिन् । मजा हुन्थ्यो नकली रूपमा । कुनै वस्तु, घटना कृत्रिमता या यथार्थ रूपभन्दा राम्रो र आनन्ददायक हुन्छ । वियोगात्मक घटना दुःखदायक हुन्छ तर रङ्गमञ्चमा । दुनियाँ त्यसैमा आनन्द मानेर हेर्न जान्छ । बिहा भन्ने चीज भयङ्कर चीज हुन्छ । त्यसको भीषण नाटकमा वास्तविक स्वरूपले अभिनेत्रीको रूप धारण गर्दा दुलहीहरू रुन्छन् । यो व्यक्तित्वको स्वतन्त्रतालाई सिमित गर्ने वस्तु हो । यति गर्‍हुँगो, छुट्याउने, अन्धकारसँग जोड्ने, यत्रो भीषण यात्रा र खतरा छ । यसले कलमी गर्छ बिरुवाको, जो एक मृत्युको खतरा हो । परिर्वतनविरोधी पौधा मर्छन् । शैशवमा कोहीकोही मात्र सप्रन्छन् । धेरै चढ्दोबढ्दो उमेरमा बिग्रन्छन्, बाङ्गिन्छन्, भाँडिन्छन् । अविरोधी पुतलीहरू घर भन्ने पराईजेलमा पनि उत्तिकै चल्छन्, जस्तो माइतीमा । परिवर्तनानुसारी मन विकाश हुने फुल्छन् पनि । तर बालकको जेलखानाको स्वरूपमा घर भन्ने यति भीषण वस्तु छ– यो अन्तर्दृष्टिरहित पुरुषको चैतन्यको पकडबाहिर छ ।

चम्पाको बिहा खेल रमाइलो क्रीडा थियो । तर अब बिहा हुने रे ! यसै साल । उनलाई एक किसिमको अनौठो डर लाग्न थाल्यो, मन तरङ्गिन लाग्यो । "पोइले गहना, हीराका इस्टार, हजार रुपियाँको सारी इत्यादि, पाउडर, सुनको किलीप, काँटा अनि त के ल्याउँछन् रे ! जस्तो फलानीको बिहामा बेस । तर सित्तै ल्या होला त ? उसको पनि त मतलब होला नि, हामीलाई किन्या होला कि के हँ ? हामी दासी रे उँ ? हो ? हामी कमारी हो र ? अनि सासू हुन्छ रे ! हाम्री आमा त असल, चौपट्ट असल । आँखामा हाले पनि नबिझाउने, ब्यारे ! तर अर्काकी आमा ? छिः माक परी भने नि ? कसै कसैकी आमा एकदम राम्री हुन्न बा ! यति बाक्लो आँखीभौँ बाबै ? अनि कोही कति दुच्छर हुन्छन् !